~सौगात भुर्तेल~
आज म बेचइएको दिन ,म त्यहि बेला बेचिएँ
जुन बेला भाईले भाई मार्दै थियो ।
म त्यहि बेला बेचिएँ
जुन बेला स्वाभिमान हार्दै थियो ।
म त्यहि बेला बेचिएँ
जुन बेला धर्म र जातमा लडाईयो ।
म त्यहि बेला बेचिएँ ।
जुन बेला स्वार्थकाे सिङ्घासनको लागि देशको नक्सा घटाईयो ।।
पहिला म कालापानिको तिरमा बसेर
मेरो रङ्गिन सँसारको कल्पना गर्थेँ ।
अँह म यतिसम्म हराए छु पत्तै भएन, यहाँ आफ्नै अस्मिता कल्पना भएछ ।
मेरो जात नेपाली मेरो रगत नेपाली
कहाँ को भनि मलाई नसोध।
पुर्वको हुँ कि म पश्चिम उतर दक्षिण मेरो स्वाधीनतामा गोलि नठोक ।।
घुम्ने मेच माथिको अन्धो मान्छेले आमा बेच्यो या खेद्यो दृश्य गुमनाम भो ।
भुतको बिरताले, बर्तमानको दलालले, भविश्य बदनाम भो ।
जब म नजाने भनि रोदनमा रुमलिएको थिएँ
विश्वले आकाशरुपि आँखा ले देख्यो ।
तर बिडम्बना मेरो अखण्डता मा प्रहार गर्दा न मेरा छोराहरुले देखे न त सौतनिकाले नै।।
म एता लुट्टिरहँदा दुताबासमा रत्यौलि मनाएका खब्बरले म निराश थिएँ ।
नरहौँ पनि कसरी जुन आफ्नो घरमा आफ्नै अश्तित्व खोज्दा निशासिँया।
बिलासको लालसले बानेकोछु दास म ।
एक्काले लात हान्छ बास्साले हात तान्छ जोक्कर बनेको छु तास मा ।।
कुन लेक हो म खै को हो र यो लिम्पियधुरा
कुन देश हो म आफ्नै हातले घाटि थिचि भनछन् खै को होर यो बबुरा।
अबसरबादिहरुले अबसर छोडेनन् रक्षकहरुले मौनता कहिल्यै तोडेनन् ।
म अन्तिम शास सम्म पनि घायल भएर मरणका निम्ति तड्पिरहँदा बचाउन मलाई डाक्टरले नै खोजेनन् ।
शब्दका बारुदले केहिका कानका जालि फुटे होला तर बिरताका मुल कहिले फुटेनन् ।
महाकालि बनी बगेका मेरा आँशु कहिले बुझेनन् कहिले सुकेनन् ।।
भूमेः गरीयसी माता,स्वर्गात उच्चतर:पिता ।
जननी जन्मभूमिश्च स्वर्गात अपि गरीयसी ।।
सौगात भुर्तेल
धरान बिजयपुर
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाइएको । )