~डा. सन्तोष दुलाल~
मेरो मुटु कापेको छ, मेरा गोडाहरू थर्थराएका छन्,
मेरा हातहरू लेख्न खोज्दा लरबराएका छन्,
अनि मेरा नसाहरू रोकिई भावना विहीन भएका छन्,
म निसंदेह स्तब्ध भएको छु!
मानवताविहीन र निर्ममताको पर काष्ठ रुकुम घटना!
हजारौँ वर्षदेखि अछुत र तिरस्कार कहिले सम्म,
बुद्धको पवित्र जन्मभूमिमा सामाजिक द्वेष, भेदभाव र उत्पीडन कहिले सम्म,
अनि संस्कृति, परम्परा र धर्मका नाममा घृणा, हिंसा, र क्रूरता कहिले सम्म,
आधुनिक मानव शब्यता र यस वैज्ञानिक युग नै निसंदेह कुरिकुरी लज्जित भएको छ!
अहिस्णुता, व्यभिचारी र त्रासदी रुकुम घटना!
प्रकृतिले सृष्टि गरेका एकै जातका वनस्पति वा प्राणीहरू बिच, छुवाछुत र विभेद कहाँ?
वर्ण र बनावट त केवल केही जिनद्वारा सृजित फेनोटाइपिक विविधता प्रकृतिमा, छुवाछुत र विभेद कहाँ?
अनि आनुवंशिक ९९.९% मिल्ने दुरुस्तै मानव जातिमा, छुवाछुत र विभेद किन?
शाश्वत प्रकृति र विज्ञान नै छुत–अछुत पहिचान गर्न असमर्थ छ,
अनि समाजमा छुवाछुत र विभेद किन?
– डा. सन्तोष दुलाल (पिएच. डी.)
(स्रोत : रचनाकारले साहित्य सङ्ग्रहालयको फेस्बुक पेजमा प्रेषित )