~देवराज पौडेल~
छोडी बालक काखको घर तिमी, जान्छौ विदेशी हुन।
आमा बा पनि वृद्ध हेर अहिले, क्यार्छौ नसक्छौ रुन।।
फर्कौला कसरी स्वदेश अहिले, सम्झी अती रुन्छ मन्
पीडामा अहिले विदेश रहने, रोगी सँगै भोक झन्।
पक्कै सम्झिरहे स्वदेश जहिले, हामी झनै सम्झिने
नेपाली पनि छौँ दुखी र पिरमा, सम्झी यसै बल्झिने
होला ठीक भनी बसौँ समयमै, देला र पीडा कति?
हामी छौ सहयोग गर्न घरमा, मिल्दै छिमेकी जति।
आ छोरा नभनी मरिन्छ कि कतै, आमा सधैँको डर।
भन्छौ लाश उठाउँदै छु कसरी फर्कूँ म आमा घर?
खन्दै लाख चिहान एक पलमा, पुर्दै छ झारै सरी।
कोरोना यसतो नभन्नु फरकी, बुझ्दै नबुझ्ने गरी।
देवराज पौडेल
नायब सुब्बा
महान्यायाधिवक्तको कार्यालय,सिंहदरबार, काठमाडौं ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )