कविता : यस्तो कविता कसैले नलेख्नु

~स्वागत नेपाल~

बिन्दु
महासिन्धु
पौडिनु, कमिला-रहर ।

छिचिमिरा कल्पनाहरू
झ्याउँ-झ्याउँती
केही उचाइमा
पुग्छन्-खस्छन्
महङ्गा सपनाहरू ।

झन्
झीर गोलीगाँठोमा
नत्र आँखामा
जिब्रो नाक वा गुह्येश्वरमा
रोपेर लगाम हुकुमी छाप
मर्नु बाँच्नु
बाँच्नु मर्नु
जे मन छ – गर्नू
छैन, फूल रोप्नू
तर यस्तो कविता
कसैले नलेख्नू ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.