गजल : ठुलो परेको देशमा

~एकादेशको गगनराज~

म बस्छु संकट हा ठुलो परेको देशमा ।
प्रेम र सद् भाबका आँखा फुलो परेको देशमा।

भोका,अनिँदा सबै अनाथ टुहुरा ,नाङ्गा,
सग्लो को नै पो बमले दुलो परेको देशमा।

साँच्नु पर्दैन प्यारी स्वप्ना उज्यालो देख्नने,
खडेरीले पो पल्-पल् झुलो परेको देशमा।

नौलो खबर् यो हैन ज्यान धारमा राखनु,
के नराखौँ रगतको कुलो परेको देशमा।

दैब! पठाई संकट् बस्छौ ‘गगन’माथि ,
शान्ति,मानबता बाँड्ने चुल्हो परेको देशमा।

एकादेशको गगनराज
गजलशिविर, राजधानी

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.