~तोषल दाहाल‘अल्पभाषी’~
फाल्गुणको महिना, मध्यान्हको समय,सल्लाका बोटहरु सबै मौन थिए। सतिबयरका पातहरु खङ्गरङ्ग थिए। तल फेदिमा नागवेली बन्दै बगिरहेको पिखुवाँ खोलाले पनि मेरो मन तान्नै सकिरहेको थिएन । एउटा चौतारीको सानो छाहारीमा बसेकी थिएँ । अचानक एउटा नौजवान युवक परैदेखि दुबै हातले टाउको थिच्दै ढुन्मुनिदै आएर मेरो अगाडि चौरीमा पछारिन्छ। म त्यो जवानलाई जडहा सोचेर घृणित नजरले उसको मुहार नियाल्छुँ । उसको मुहारबाट त्यस्तो कुनै दुर्गन्ध आएको हुदैन। त्यसपछि मलाई दयाँ पलाउछ । “एउटा मानवलाई परेको बेला अर्को मानवले सक्दो सहयोग गर्नुपर्छ । ’’ यो हितोपदेश सम्झिएर म आफ्नो ब्यागबाट पानीको बोतल निकाल्छु अनि त्यो जवानलाई छर्किदिन्छु । म एक्लैले उसलाई छहारीसम्म लान सक्दिन त्यसैले त्यही चौरीमा आफ्नो छाता ओढाएर ओझेल पारीदिन्छु , आफ्नो सलको सप्कोले हम्किएर हावाँ दिन्छुँ । केही समय पछि उसले आंखा खोल्दछ म पानीमा केही ग्लुकोज मिसाउछुँ र पिलाईदिन्छुँ । ऊ उठ्छ, उत्सुक नयनहरुले मलाई नियाल्छ । भर्खरै उसको जीवनमा घटेका घटनाहरुको बारेमा म बाट थाहाँ पाएपछि मेरो नामपनि सोध्छ अनि प्रसन्न मुद्धामा हर्षबिभोर भएर भन्दछ “धन्य ईश्वर, तोषू तिमीले आज सारै ठुलो गुण लगाएकी छौ । तिमी त मेरो एउटा महत्वपूर्ण ब्यक्ति बनेकी छौ, म तिमीबाट ज्यादै प्रभावित भएँ । तोषू म तिमीलाई बिहे गरेर तिमीलाई आफ्नो बनाउन चाहान्छुँ ।’’
उसको यो प्रस्ताव एउटा बासनात्मक तिर थियो, जसले मेरो आत्मिक प्रेमको धनुषलाई टुक्राटुक्रा पारेर टुक्राउन सक्ने थियो । त्यो तिरलाई छल्दाछल्दै पनि त्यो तिरको प्रहारले गर्दा मेरो दिलभित्र रहेको बिशाल प्रश्नको झुप्पोबाट केही प्रश्नका दानाहरु छरिन्छन् ।
– के एउटा नवँ केटा र केटी बीच यो बाहेक अन्य कुनै निकट सम्बन्ध गास्न सकिन्दैन र ?
– यो ब्यक्ति भोलि फेरि यसैगरि लड्यो अनि अर्की म जस्तै युवतिले उठाएर मानविय सेवाँ गरीन् भने……?
– मानविय सेवाँमा पनि श्वार्थ हुन्छ र ?
– फेरी यो प्रश्ताव स्विकार गरेपछि भोलिदेखि म यस्तै मानविय सेवाँ गर्न नपाउने गरी अनुबन्धित त हुन्न ?
यिनै प्रश्नका दानाहरुलाई खेलाउदै खेलाउदै म मौन भएर आफ्नो गन्त्तब्यतिर अगाडि बढ्दछुँ । उसले तोषू ! तोषू !!!! भनेर बोलाएको मेरा कानहरुले सुन्छन् तर पनि मेरा जोडिएका दुई ओठहरु एकआपसबाट छुट्टीनै मान्दैनन् ……………..।।
-दावाँ, भोजपुर