मनोन्यास : माले

~रुजन न्यौपाने~

खै कसरि हो मालेको ढाडमा गहिरो घाऊ भएछ । घाउबाट दुर्गन्ध फैलिएको छ सँगसँगै पिपको धारा बगिरहेको रहेछ ।

मालेलाई सबैले कहिले मरे हुन्थ्यो जस्तो गर्दैछन् । एताबाट ऊता लखेटिनु पर्छ उताबाट एता । सबैको पिटाई , दपेटाई खप्नु पर्छ । आफ्नो शरिरमा भएको घाउले आफैंलाई कति गहिरो पिडा दिएको हुँदो हो, त्यसमाथि पनि सबैको पिटाई पनि खानु नै छ । बर्खा मौसम कतै ओत लागेर बस्न पाएको छैन, घाउमा पानिले झन झन थप गहिरो पिडा थप्दै छ ।

अस्ति बिहान सयौं यजमानहरुको मा दिन भरि राम राम भन्दै जटिल संस्कृत पढ्ने बाहुनले आफुले उचाल्न सक्ने भन्दा ठुलो ढुङ्गा खोजेर मालेलाई हिर्काउदै गर्दा म बिहान सबैरैको कालो चिया बनाउँदै थिएँ । बाहुन र माले आमुन्ने सामुन्ने बाट आ-आफ्नो तिरबाट बाटोमा हिड्दै थिए, के दोश थियो र मालेको तेसरि तेति ठुलो ढुङ्गाले हिर्काउनु पर्ने ? शरिरमा भएको गहिरो घाउ देखेर साहानुभुति देखाउनुको सट्टा उल्टै ठुलो ढुंगाले हिर्काउनु पर्ने रहेछ?

माले कुकुर कति मस्तले हाम्रो बरण्डामा सुतिरहेको थियो कुनैदिनको रातमा ।

सम्भोगरत अबस्थामा, जबकि कुकुरहरुले आफुले चाहेर पछि आफ्नो यौनाङ्गहरुलाई एक अर्काको मिलनबाट छुट्टाउन नसक्ने रहेछन् । सँगैको छिमेकि बारिवाला दाईले झन ठुलो ढुङ्गाले त्यस अबस्थामा सम्भोगरत अबस्थामा हिर्कायो । एकपटक सोचौं न, त्येहि बेदना आफुमा पर्दा कस्तो हुन्छ होला? ऊसले ठुला ठुला ढुङ्गाहरुले निर्मम तरिकाले निरन्तर बर्साद गरिर्हयो ति कुकुरहरु माथि । अन्तत मैले सहन नसकेर गोरु बेचेको नाता पर्ने दाईलाई कडा बचन गरें । त्यसपछि पनि न उसलाई हिनताबोध भयो न म सँग रिसायो मैले केहि बुझ्न सकिन । चाहे जे सुकै होस अब मलाई ति दाईप्रति कुनै भातृभाब छैन । ऊसले जसलाई जे पनि गर्न सक्छ कि ऊसको मुटु तेति दरिलो छ ।

मेरो अप्रत्यक्ष डरले हाम्रो घरमा बस्ने बिद्मार्थि युबकहरुले चाँहि झटपट तेसरि कुनैपनि कुकुरलाई कुट्न सक्दैनन् । आखिर कुट्नु नै किन पर्यो र ? हामिलाई बाँच्न मन लाग्छ , खुसि हुन मन लाग्छ भने बाँकि अरु प्राणीहरुलाई पनि तेहिनै हो नि होईनर ?

आजभन्दा दश दिन अगाडि घाउ फैलिन थाले पछि मैले फेसबुकमार्फत थाहा पाएको परोपकारि संस्थालाई उपचारको लागि पहल गरें । ऊनिहरुको कार्य ब्यस्तताले मलाई प्रतिउत्तर दिन पाएनन् होला । आज फेेरि चिया बनाउन लाग्दा , मृत्युको मुखमा भएको, गलित शरिर लिएर अझैपनि पुरानै जोसमा हिडिरहेको मालेलाई देखेपछि आखा अलिकति रसायो , हतार हतार अनुरोध गरें उपचारको लागि । यसपटक प्रतिउत्तर पाएकि “भोलि उपचारको लागि आऊछन्” ।

आशा गर्छु भोलि आउँछन् , मालेलाई ठिक हुन्छ ।

ऊ बिरामि(घाऊ) भएपछि फेरि हाम्रो घरको बरण्डामा आएर सुतेको छैन , जति पानिमा भिजेपनि फेरि ऊसले त्यो बेन्चमा आएर सुतेको छैन, पहिले एउटा माईक पनि लुतो आएको दिनपछि फेरि कहिलै बरण्डामा आएर फेरि सुतेन ….. सबै कुकुरहरुको स्वभाब अनि ज्ञान र बिबेक समान हुन्छ ….

आखिर ऊ किन फेरि हाम्रो बरण्डामा आएर सुत्दैन, थाहा छ कसैलाई ? मलाई थाहा छ ।

सच्चा प्रेम अनि भक्ति !!!

This entry was posted in मनोवाद / स्वगत and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.