नैतिक कथा : प्रेम

~सङ्कलन : अज्ञात~

युवतीले भगवानसँग सोधिछन्, ‘हे ईश्वर ! प्रेम के हो र ?’ जवाफले सबैको आँखा खुल्छ । त्यसपछि भगवानले भनेछन्, ‘बगैँचामा जाऊ अनि त्यहाँबाट एउटा सुन्दर फूल टिपेर ल्याऊ ।

त्यसपछि उनी नजिकै रहेको बगैँचामा गइन् । त्यहाँ उनलाई एउटा फूल राम्रो लाग्यो र मन पनि पर्‍यो । तर उनी त्यो भन्दा अझै राम्रो फूल पाउन चाहन्थिन् । त्यसैले झनै सुन्दर फूल खोज्न बगैँचाको कुनाकाप्चा चाहारिन् । तर उनले त्यो भन्दा मन पर्ने कुनै फूल भेटिनन् ।

त्यसपछि फरक्क फर्किएर त्यही फूल भएको ठाउँमा आइन् । तर, दुर्भाग्य त्यो फूल अरु नै कसैले टिपिसकेछ । त्यसपछि उनलाई पछुतो लाग्यो । दुस्खी भइन्, अनि कुनै पनि फूल नटिपी रित्तो हात फर्किइन् ।

फर्किएपछि उनले भगवानलाई केहीबेर अघिको घटनाबारे बेलिबिस्तार लगाइन् । सबैकुरा सुनिसकेपछि भगवानले भने, ‘यही हो प्रेम ।’ जब तिमीलाई त्यो फूल मन पर्‍यो तिमीले अझै राम्रो पाउने लालच देखायौ । जब त्यो पनि तिमीबाट गुम्यो, तब तिमीलाई त्यसको महत्वबोध भयो ।

त्यसैले जब तिमीले कुनै व्यक्तिमाथि वा कुनै चिजमाथि अचम्मको भावनात्मक आकर्षण महसुस गर्छौ, त्यसलाई आफूबाट कहिल्यै टाढा जान नदेऊ ।

शिक्षा : लालच नगरि चिजको महत्व बुझ्न पर्छ ।

This entry was posted in नैतिक कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.