~प्रकाश लामिछाने~
हिजोसम्म झुस्स थियौ, खस्रा थिए छाला ।
प्रधानमन्त्री भएपछि, चिल्ला भएछन गाला ।
देश हाम्ले हाँक्न पाए, के के गर्छौँ भन्थ्यौ,
अैले चाबी अन्तै भन्छौ, कस्ले खोल्छ ताला?
गाउँ डुल्न थालेका छौ, गरिबका घर खोज्दै,
तिम्लाइ ख्वाको रिण तिर्ने, छ कि छैन चाला?
कैले जान्छौ रारा मुगु, कैले महोत्तरी,
देखि तिम्लाई उज्याला छन्, अनुहार ति काला ।
निमेषभरको झिल्को हैन, चाहियो बल्ने दियो,
मात्र तिम्रो दर्शनले के, गरिबी त्यो जाला?
२०६९ असोज २९
(स्रोत : रचनाकारको ब्लगबाट सभार)