~नवराज शमीर~
चन्द्रमानको अफिसको छेउमा एउटा खाजा पसल थियो । त्यो पसललाई मानिसहरु अरु पसललाइ भन्दा फरक नजरले हेर्थे । पसले सहुनीलाई सबैले रमलादेबीको नाउले चिन्थे। उनकी एक्ली छोरी सबिना हदै सुन्दरी थिई । चन्द्रमानले सविनालाई हदै मन पराउथ्यो । सायद उ शिक्षा कार्यालयमा सरुवा भएर गएको एक बर्ष पुगेको हुदो हो एउटा अचम्मको घटना घटेथ्यो । सबिनालाइ उसकै हेड मास्टरले बलत्कार गर्न खोजेछ । चन्द्रमानले क्रोधलाइ थाम्न सकेन । प्रहरी कार्यालयमा गएर हात छोडि दिएछ । हेड मास्टरलाई आखामा चोट लाग्यो । उ कुनै पार्टिसग जोडिएको रहेछ उनका कार्यकताले चन्द्रमानको कार्यकक्ष घेराउ गरे । उनी कार्यालयको एकाउण्टेन्ट , उ देखि उसको हाकिम पहिल्यै देखि बेखुशी थियो । खाजा शिर्षकको तीन लाख रकम बाढेर खाउ भन्ने हाकिमको प्रस्ताब उसले कहिल्यै स्वीकारेन । यहि कारण उ चन्द्रमानलाइ लघार्ने अबसर खोज्दैथ्यो । गजबको निहु भेट्यो उसले ! उसले चन्द्रमानको बारेमा नराम्रो टिप्पणी उठाएर बिभागमा पठाइ दियो । चन्द्रमान्लाइ केही दिनमै डोल्पा सरुवा गरियो । राज्यको ढुकुटिमा जम्मा हुनु पर्ने तीन लाख ककसले मिलेर खाए कसैलाइ केही थहा भएन ।
सबिनालाई आफ्नो बनाउने चन्द्रमानको सपना त्यसै तुहियो । चन्द्रमानले चाहेर पनि केही गर्न सकेन । डोल्पा हिड्नु एक दिन अगाडि राती अबेर सम्म प्रेम पत्र लेखेरै बितायो उसले। प्रेम पत्र लेखेर मात्र के गर्नु सबिनालाइ दिन भtने उसलाइ आट नै आएन ! उ सरुवा भएर डोल्पा गयो । चन्द्रमान डोल्पबाट केही समय पछि पाल्पा सरुवा भयो । पाल्पा पुगे पछि सायद एक हप्ता नबित्दै काठमाण्डौबाट शिक्षा कार्यालयमै काम गर्ने एउटा साथिले फोन गरेर उसलाइ शोध्यो –
” ऐ एउटा कुरा थहा छ तलाइ ?”
” के कुरा हो भन न !”
” तेरो सबिना त मालपोतको सुब्बासग सुईकी नि !”
“हो र ? कहिले ?”
“दुईदिन भयो !”
यो समाचारले चन्द्रमानलाइ केही क्षण स्तब्ध जस्तै बनायो । यो बार्तालाप हुदा बेलुकाको सात बज्दै थियो । चन्द्रमान निमा ग्याबुको पसलमा ह्वीस्किको चुस्किसगै सुकुटी चपाउदै थियो ।
‘साले सुब्बाको हुन लेख्या रैछ…….मैले टाउको ठोकेर के गर्नु !’
यसो भन्दै उसले बाकी ह्वीस्की ग्लासमा खन्याएर स्वाट पारेथ्यो ।पसले साहुनी,रमलादीबीसग चन्द्रमानको सारै कुरा मिल्थ्यो । उ रमलादेबीकै पसलमा महिनावारीमा खाना खान्थ्यो। त्यसबेला पच्चिस सय रुपयामा महिना भर खाना खान पाइथ्यो र हप्ताको एक पटक खसिको मासुसग भात दिने चलन थियो । अरुसग खाना खाइरहेको बेला पसले साहुनीले भने सुटुक्क चन्द्रमानको भागमा आन्द्राभुडिको भुटन हाल्देर जान्थिन । चन्द्रमान र पसले साहुनी राती अबेर सम्म गफ गरेर बस्थे । सबिना र भाडा साफ गर्ने बज्यै ती दुईजनाको कुरा छेउमा बसेर सुनिरहेका हुन्थे ।
“त्यसबेला सबिना भरखर चार बर्ष कि थिई , एक रात एउटा भयानक घटना घट्यो बाबू !”
कुराकानिको क्रममा एकरात पसले साहुनीले बिगतका बृतान्त बताउदै चन्द्रमानसग भनिन ।
” कस्तो घटना साहुनी ?”
“प्रहरीले घर घेरा हाल्यो !”
“अनि ?”
चन्द्रमान झनै उत्सुक भयो । यस पटक सबिना र बज्यैले पनि छक्क मानेर पसले साहुनीलाइ हेरेका थिए । पसले साहुनी बोल्दै गैइन –
“सबिनाको बालाइ प्रहरीले पक्रेर लगे !”
“के आरोपमा ?”
“खै त्यसबेला अ त भन्थे ! पछि पो थहा पाए अ त भनेको त अन्तरास्ट्रिय तत्व पो रहेछ !”
चन्द्रमानले आश्चर्य मानेर शोध्यो –
“के उहाँ कुनै भुमिगत पार्टिमा लाग्नु भाथ्यो ?”
“खै कहिले काही नेताहरुसग भेट्नु हुन्थ्यो !”
“त्यसै त पक्रनु नपर्ने हो !”
लामो सुस्केरा हालेर पसले साहुनीले भनिन –
“खै बाबू ,प्रहरीहरुले खान्तलासी गरेर किताबहरु र पर्चा लिएर गए । ती सबै उहाले भकारिमा धान भित्र लुकाउनु भएको रहेछ !”
“के सम्बन्धी रहेछन नि ती पर्चा र पुस्तकहरु ?”
“पन्चायती ब्यबस्था ढाल्नु पर्छ भन्ने बारे रहेछ । बि पी कोइरालाको विशेष मान्छेले राख्न दिएको थियो रे !”
पसले साहुनीको भनाइ मुताबिक सबिनाको बा लाई राजकाज मुद्दा लगाएर आजन्म कैद तोकेर नखु कारागारमा राखिएछ । के त्यस पछि सबिनाको बा फेरि कहिल्यै आएनन त ?
पसले साहुनीको भनाइ मुताबिक २०४६ सालको आन्दोलन हुनु भन्दा अगाडि एकरात अचानक उनको श्रीमान कोठामा दाखिल भए ।
“आम्मा तपाईं ! सरकारले छोडिदियो ?”
रमलादेबीले एकै स्वासमा उज्यालो र हर्षित मुद्रामा शोधेकी थिई ।
“म जेलबाट भगेर आएको !”
पसले साहुले ठिङ उभिएर कठोर मुद्रामा यसो भनेथ्यो ।यो वाक्यले रमलादेबीको चेहरामा झ्याप्प अध्यारो छायो । तुन्तै पसले साहुले केही गम्भीर भावमा शोधेको थियो –
“खै कहाँ छे हाम्री छोरी ?”
रमलादेबीले हातको ईसाराद्वारा खाटमा निदाई रहेकी सविनालाई देखाएकी थिई । पसले साहु तत्कालै सविनालाई माया गर्न लम्केको थियो ।उसले सविनालाई म्वाई खाएथ्यो ।
“मलाइ केही पैसाको जोडजाम गरिदेउ !”
सविनालाई माया गरिसकेर पसले साहुले रमलादेबीसग यसो भनेको थियो ।
“किन ? केको लागि चाहियो ?
“मैले आजै भीमफेदी पुग्नु पर्छ । साथिहरु पर्खिरहेका छन त्यहा मलाइ !”
“नाई नजानु न ! अब छोडी दिनुस राजनीती साजनीती !”
रमलादेबीले अनुरोध गरिन ।
“अब पक्रे भने मार्छन ति सामन्तीहरुले ! खै निकाल पैसा ! म हिडि हाल्छु !
“अनि कहिले आउने अब ?”
रमलादेबीले गह भरी आँसु पारेर शोधिन ।
“पन्चायती ब्यबस्था ढल्छ अनि आउछु !”
यो वाक्य पसले साहुले गम्भीर र कठोर भाव शैलीमा भनेको थियो । रमलादेबीले भावाबेशमा पसले साहुलाइ अन्कमाल गरिन । छातिमा शीर बिसाएर सुकसुकाइन । बोलिन –
“यतिका रात मैले कस्तो सकसमा काटे ! आजको रात यहि बिताउनुस ! बरु भोलि सखारै हिड्नु भए हुन्छ !”
पसले साहुले रमलादेबीलाइ आफ्नो बलिस्ठ बाहुले जोडले कसेर छातिमा टास्यो । उसले भित्रबाट उमडेर आएको पीडालाइ सकि नसकी निल्यो र सम्झाउन खोजे झै गरेर भन्यो –
“रमला , राजनीती गर्नेको आफ्नो भन्ने केही हुदैन ! सबै देश र जनताको हुन्छ ! यो देशमा बहुदलीय ब्यबस्था आए पछि मात्र म बाहिर आउछु !”
“मेरो माया लाग्दैन ?”
रमलादेबीले पसले साहुको अनुहारमा हेर्दै बरर आशु खसालेर शोधिन । पसले साहुले दुई हत्केलाले रमलादेबीको चेहरा समाएर आखामा आँखा जुधाउदै भन्यो –
“रमला,मलाइ कमजोर नबनाउ ! तिमी प्रजातन्त्र सेनानी भीम नारानकी श्रीमती हौ ! मगला भाउजुले गणेशमान दाइलाइ हौसल्लाह दिए जस्तो मलाइ पनि हौसल्ला देउ !”
यस पछि आखाका आँसु पुछ्दै रमला हतारिदै भित्र कोठामा गैइन । केही क्षणमा हातमा पैसाको एक बिटा बोकेर आइन ।
” ल लिनोस , यो पैंतालीस हजार !”
“यो देशले तिम्रो योगदान भुल्ने छैन रमला !”
हातको पैसा लिए पछि यसो भन्दै पसले साहुले रमलादेबीको निधारमा चुम्बन गरिदियो ।
२०४६ सालमा देशै भर ठूलो जन आन्दोलन भयो । कयौ मानिसले ज्यान गुमाए । एक दलीय पन्चायती ब्यबस्था समाप्त भयो र बहुदलीय ब्यबस्था स्थापना भयो । नेपाली काग्रेस बहुमत प्राप्त गरि सत्तामा पुग्यो । देसमा बहुदलीय ब्यबस्था स्थापना भए पछि आफ्नो श्रीमान भीम नारान आउला भन्ने आश रमलादेबीमा थियो तर उनी आएनन । उनी कहाँ लापता भए कसैलाइ थहा भएन । ईतिहास लेख्नेले पनि उनलाइ सम्झेनन । पार्टीले पनि यकिनका साथ केही भन्न सकेन । भीम नारान – एउटा प्रजातन्त्र सेनानी , उसकि श्रीमती रमलादेबी – पसले साहुनी !
” छोरी , त्यो सुब्बा सारै असल छ ! तलाइ असाध्यै माया गर्छ ! उसलाइ नछोड !”
एक रात पसले सहुनी र छोरी सबिना बिच मालपोतमा कार्यरत एउटा सुब्बाको बारेमा कुराकानि भएथ्यो जसले सबिनालाइ ज्यानै फालेर माया गर्थ्यो ।
” मम्मी , उ सरुवा भएर भोलि सुर्खेत जादैछ !”
“उसले तलाइ लेखेको प्रेम पत्र मैले पढे छोरी ! त उसैसग जा नानी !”
” तपाइलाइ एक्लै छोडेर कसरी जाउ ?”
सविनाले गह भरी आँसु पारेर पसले साहुनीलाइ हेरीन ।
” म सघर्षको प्रतीक हु ! म प्रजातन्त्रको योद्धा भीम नारानकी अर्धाङिनी हु ! मेरो चिन्ता नली ! जा छोरी आफ्नो घर बसा !”
भोलि पल्ट ,सविनालाइ बिदा गर्दै पसले साहुनी रमलादेबीले भनिन –
“मलाइ गर्व छ छोरी तैले असल मान्छे रोजिस ! मेरो श्रीमान, भीम नारान जो आदर्शको राजनीती गर्नु हुन्थ्यो , तेरो श्रीमान उहाको सपना साकार पार्ने एउटा योद्धा हो !”
सविनाले थपिन –
“सुब्बा साहेब उच्च नैतिक बल भएको एक सच्चा रास्ट्र सेवक हुनुहुन्छ !”
रमलादेबी मुस्काइन । तब गर्बसाथ बोलिन –
“ज्वाइलाइ भन्दे , सगरमाथा जस्तो उच्च शीर कहिल्यै नझुकोस !”
“मम्मी उहाँ भ्रस्टाचारी बनेर बाच्नु भन्दा बरु सेरिएर मर्छु भन्नू हुन्छ !”
“म गर्व गर्छु मेरो ज्वाईमा ! उ मर्द हो ! वास्तविक मर्द !”
यति बार्तालाप पछि सुड्केस उठाएर सविना ट्याक्सिमा चढिन । रमलादेबीलाइ हेरिन । रमलादेबी हात हल्लाएर मुस्काई रहेकी थिइन । प्रजातन्त्रका योद्धा भीम नारानकी श्रीमती – पसले साउनी !!
–. समाप्त .–
(स्रोत : रचनाकार स्वयंले यसै सङ्ग्रहालयको ‘नयाँ रचना पठाउनुहोस्’ बाट सम्प्रेषण गरिएको ।)