~सुरेन्द्र थेगिम~
जो-जो जँहा भएपनि लेखिदैछ सपना
आँखा खुल्लै राखेपनि देखिदैछ सपना
सुक्खा मरुभूमिमा भेडा चराऊदै गर्दा
पसिनाको थोपामा नि भेटिदैछ सपना
दुखद खबर आउँछ परदेशबाट
ठूला-ठूला मेशिनमा चेपिदैछ सपना
बिनाशुल्क देख्न मिल्ने भएरपनि होला
अचेल तातो घाममा सेकिदैछ सपना
अब कहिल्यै पनि देखिदैन होला फेरी
आज बाट सधैँलाई छेकिदैछ सपना
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )