~सङ्कलन : अज्ञात~
एकजना बादशाह आफ्नो कुकुरको साथ डुंगामा यात्रा गरिरहेका थिए । नाउँमा अन्य यात्रुहरुको साथमा एकजना दार्शनिक पनि थिए । कुकुरको लागि डुंगाको यात्रा पहिलोपटक थियो । यसर्थ, कुकुर केही डराइरहेको थियो । कुकुर यताउता गर्दै दौडिरहेको थियो ताकि केही दुर्घटना हुनेवाला छ । उसको गतिविधिले कसैले पनि चयनले बस्न पाएका थिएनन् ।
डुंगाको नाविक कुकुरका कारण केही यात्रुले गर्नसक्ने अस्वभाविक गतिविधिका कारण डुंगा डुब्न सक्ने सम्भावनाबाट त्रसित थियो । कुकुरले यस्तै गतिविधि जारी राखेपछि बादशाह पनि कुकुरसँग रिसाइरहेका थिए ।
यत्तिकैमा डुंगामा सवार दार्शनिकले राजालाई बिन्ती गरे, ‘सरकार १ यदि हजुरको आदेश हुन्छ भने म यो कुकुरलाई तह लगाउन सक्थेँ कि रु’ बादशाहले तत्काल अनुमति दिए ।
दार्शनिकले दुई यात्रुको सहारा लिएर कुकुरलाई उचालेर नदामा फ्याँकिदिए । कुकुर एकछिन पानीमा पौडियो र हायलकायल हुँदै जीवन जोगाउन डुंगानेर आयो । दार्शनिकले कुकुरलाई तानेर डुंगामा राख्यो । लगत्तै कुकुर एउटा कुनामा गएर घरपालुवा बाख्राजस्तै शान्तसँग बस्यो ।
सबै यात्रुहरुसँग बादशाह पनि कुकुरको अचानक फेरिएको व्यवहार देखेर आश्चर्यचकित भए । बादशाहले दार्शनिकलाई सोधे, ‘यो पहिला त छटपटाइरहेको थियो, सबैलाई हैरान बनाएको थियो, अहिले अचानक कसरी बदलियो रु’
दार्शनिकले जवाफ दिए, ‘आफैंले दुःखको स्वाद नचाखेसम्म कसैले पनि अरुको दुःख बुझ्न सक्दैन । यो कुकुरलाई जब मैले पानीमा फ्याँकेँ, तब मात्र यसले पानीको शक्ति र डुंगाको उपयोगिता बुझ्यो ।
शिक्षा : आफैंले दुःखको स्वाद नचाखेसम्म कसैले पनि अरुको दुःख बुझ्न सक्दैन।