समीक्षा : गोपीनारायण प्रधान र ‘कविको मृत्यु’ शीर्षक कविता- भाव, भाषा शैली- एक अध्ययन

~देवब्रत घिमिरे~

पूर्वोत्तर भारतका एकजना सशक्त कवि गोपीनारायण प्रधानको जन्म ७ जनवरी १९३५ मा नागरी फार्म चियाबारी दार्जिलिङमा मङ्गलमान प्रधान तथा लक्ष्मी प्रधानका कोखबाट भएको थियो। प्रधानले नेपाली विषयमा स्नातकोत्तरसम्मको शिक्षा प्राप्त गरी पूर्वाञ्चल भारतको विशेष गरेर मेघालयमा रही त्यहाँको शिक्षा र नेपाली भाषा साहित्यलाई कर्मक्षेत्र बनाएका हुन्। संधै आफ्नो जतीय पहिरणमा सजिएर हिँड्नु कवि प्रधानको एउटा छुट्टै व्यक्तित्व रहेको देखिन्छ। उनले १९६०को दशकदेखि नै नेपाली कविता साहित्यमा सेवा पुर्यालउँदै आएका हुन् भन्ने तथ्य पाइन्छ। आफ्नो शिक्षा समाप्त गरेपछि प्रधानले शिलाङको सेन्ट एन्थनी कलेज नेपाली विभागका विभागाध्यक्षको पद सम्हालेर धेरै वर्षसम्म शिक्षा क्षेत्रमा सेवा पुर्याकएका थिए र सन् १९९६ मा उक्त पदबाट अवकाश ग्रहण गरेका थिए। कवि प्रधान आजीवन विभिन्न साहित्यिक, सामाजिक अनुष्ठानसित जडित रही जाति र भाषाको सेवा गर्ने एकजना अद्वितीय व्यक्तित्व हुन्। जीवनमा भेग्नु परेका व्यथा, पीडा, दुःख, आक्रोश, विद्रोह आदि उनका कवितामा मुखरित भएका पाइन्छन्। असम पूर्वाञ्चलको नेपाली साहित्यलाई दीर्घकालीन सेवा पुर्यातउने एकजना मूर्धन्य व्यक्तित्व गोपीनारायण प्रधान ५ जनवरी २०१२ को दिन पञ्चतत्त्वमा विलिन भए। सन् १९५४ देखि नै विभिन्न पत्र-पत्रिकाहरूमा उनका कविताहरू प्रकाशित भएका पाइन्छन्।
हालसम्म प्राप्त प्रधानका प्रकाशित कृतिहरू हुन्-

(१) साइलक आइरहेछ (सन् १९७५), (कविता संङ्कलन)।
(२) यस्तो भूल पो गरेंछु (सन् १९७८), (कविता संङ्कलन)।
(३) आकाशले पनि ठाउँ खोजिरहेछ (सन् २००७), (कविता संङ्कलन)।

कवि गोपीनारायण प्रधान उत्तरपूर्वाञ्च्ल भारतका एक सशक्त कवि हुन्। उनले उत्तर पूर्वाञ्चालको नेपाली कविता साहित्यमा प्रगतिशील भावधारामा कविता रचेर यस यस भेगमा उक्त प्रवृत्तिको प्रवर्तन तथा सम्वर्द्धन पनि गरेका पाइन्छ। उनका कविताहरूमा जीनका कटु यथार्थ तथा भोगाइहरू प्रतिबिम्बित भएका पाइन्छन्। उनका सशक्त सुगठित कविताहरूले परम्परागत रूपमा हाम्रा समाजमा चलिआएका रूढिबुढीमाथि धारिलो व्यङ्ग्य तथा तिनको घोर विरोध गरी ती अन्धपरम्पराहरूलाई निर्मूल पार्ने सङ्केधत दिएका हुन्छन्। यस्तै समाजमा व्याप्त अन्धोपरम्पराप्रतिको विरोध तथा प्रगतिशील विचारधारा बोकेको कविता हो- कविको मृत्यु।

कविको मृत्यु गद्यकविता शैलीमा लेखिएको एउटा लामो कविता हो। यसमा जम्मा एक सय छवटा पङ्‌क्तिहरू छन्। कविताका पङ्‌क्तिहरूमा विष्मयादिवोधक (!)चिन्ह धेरै ठाउँमा प्रयोग भएको पाइन्छ, जसले कविताको भावलाई सघाउ पनि पुर्यााएको देखिन्छ, प्रश्न चिन्ह(?) तथा अल्प विराम(,)को पनि प्रयोग गरिएको पाइन्छ, कवितामा पूर्णविराम(।)को प्रयोग भने कतै पनि भएको पाइन्न। उक्त कविता वर्णनात्मक शैलीमा लेखिएको भए पनि वर्णनात्मकताले नै यसको यसको भावलाई अझ ओजश्वी् तुल्याएको पाइन्छ।
कविको मृत्यु, महाकवि लक्ष्मीप्रसाद देवकोटा नारायण घाटमा आफ्नो अन्तिम निःश्वास पर्खेर बसिरहेका अवस्थालाई केन्द्र गरी रचिएको कविता हो। यस कविताको थालनीमा कविले काठमाडौको वाग्मती नदीको गह्नाउने किनारमा स्थित नारायण घाटको उल्लेख गरेका छन्। उक्त ठाउँमा मृतकहरूको अन्तिम संस्कार गर्ने घाट छ अनि मर्न लागेकाहरूलाई लगेर राख्ने एउटा घर छ।

यही स्थानमा मृत्यु शय्यामा परी मर्न लागेका मानिसहरूलाई तथा भर्खरै मरेका मृतशरीरमा झिंगाका घुइरो लागिरहेका छन्। यो ठाउँमा गरिबीको रापले पिरोलिएकाहरू मैला लुगामा बेह्रिएर ऐया…. आथा … मरेजस्ता चिहानमा सुनाउने मन्त्र पाठ गरिरहेका छन् अर्थात् अनेकन विलौनाहरू पोखिरहेका छन्। कोही स्वर निकालेर आफ्ना वेदना उछिट्ट्याइरहेका छन्, कोही सुस्ताइरहेछन् त कोही ओइलाइरहेछन्।

यस घाटमा आफ्ना मृत्यु पर्खेर बसेका मानिसहरूको आ-आफ्नै किसिमको दर्द तथा निरिह अवस्था छ। कसैको वाक्य बसेको छ अर्थात बोली वन्द भएको छ, कसैको घाँटी मात्र घर्‌घर् बजिरहेको छ, कोही केही पनि नबोली चकमन्न भई सुतिरहेका छन्, कोही छट्पटाउँदै मडारिरहेका छन् भने कोही बेहोश भई लडिरहेका छन्।

यी सबैलाई रूङ्न भनी आएका मानिसहरू चिन्तारूपी अग्नि र विरक्तिले पिल्सिसकेका छन्। धेरै दिनको पर्खाइ र चिन्ताले हैरान भएर तिनीहरू झोंक्रिरहेका छन्। यहाँ मर्न भनी आएका तथा घिटघिटो मात्र रही अन्तिम घडी गनिरहेका मानिसहरूले उनीहरूलाई केही समयको निम्ति साथ दिइरहेका छन् तर यसको कुनै निश्चिनतता छैन। उनीहरूको अन्त्य अहिले वा भरे हुन सक्छ वा भोलि, पर्सि। उनीहरू यहाँ एउटै साझा चितामा जल्न आएका छन् औ खरानी हुन आएका छन् तर कहिले, कुन घडीमा उनीहरूले पर्खिएको मुहूर्त आउने हो, त्यसबारे भने कसैलाई पनि थाहा छैन।

यसरी प्राण पखेरू उडाउन त्यहाँ थुपारिएका अभागीहरूमध्ये महाकवि देवकोटा महाअभागी हुन्। विश्वाहग्निमा दन्केर नेपाली झञ्जावीर काव्य रच्ने, मृत्युको जुँघा उखेल्ने, आँधीको हनुमान, सरस्वती नाचेका शीर, पार्वती कल्पना र मीनाक्षी दृष्टि हुने एक विश्वोप्रतिभा साथै फलेको बटवृक्ष सुकेझैं लाग्छ कविलाई। कविलाई देवकोटाको यस्तो विजोग र करूण स्थिति देखेर आश्चेर्य लाग्दछ। महाकविको शरीरमा केवल हाड र छाला मात्र छन्, गाला भित्र भास्सिएका छन्, आँखा फुस्रा भएका छन्, हिलो मैलाको दहजस्तै निष्प्राण छ उनको शरीर औ प्रत्येक सास फेराइमा कष्टपूर्ण हाः हाः गर्दै एउटा दुर्वल, दुखित तथा दयनीय चित्कार गरिरहेछन्। महाकविको यस्तो करूण अवस्था देखेर कविको हृदयमा पनि ठेस लाग्दछ, कवि भन्छन् यस्तो विजोग त दैव अर्थात् ईश्वहरले देख्दैन, दैवले देखे पनि कसरी हेर्छ? महाकविको यस्तो विजोग छ जो कवि वर्णन गर्न सक्दैनन्। उनको कलमले त्यो दयनीय अवस्थाको वर्णन लेख्न नै सक्दैन भन्छन्।

कवि मृत्युशय्यामा परेका देवकोटालाई सम्बोधन गर्दै भन्छन्- तिमीले पशुपति प्रभुको काखमा पापी क्यान्सरको पीडाबाट मुक्त हुन आएको भन्यौ। तिमीले यो क्रुर रोगबाट बचाउन मानिसहरूले दिएको रगत धरै दिन लिन मन लागेन र मर्न आएको भन्यौ। तिमीलाई कति अबुझहरूले नास्तिक भनेछन् तर तिमीजस्तो पशुपतिको काखमा मर्नखोज्ने मान्छे नास्तिक हुनै सक्दैन। तिमी कविमात्र थियौ अरू केही थिएनौ अर्थात् देवकोटा सांसारिक प्रपञ्चबाट कोशौं टाडा थिए। कवि भन्छन्, तिमीले आफूलाई अभागी बनाएर हामी तथा तिम्रो ईर्ष्या गर्नेसमेतलाई धनी तुल्ययौ। अघि नबुझेकाहरूले पनि तिमी मरेपछि तिम्रा आस्तिकताबारे बुझे, कतिले बुझ पचाए भने कुरो बेगेलै हो। यस संसारमा महान् महान कवि-कलाकारहरू आफू ढलेर अरुलाई उठाइरहेछन्। कवि अझ भन्छन् ,यस धरतीमा आफ्नो अस्तित्व बिर्सिदिने, सत्कर्ममा उत्सर्ग हुने मानिसको अभाव हुँदैन रहेछ तर दुनियाँले यस कुरालाई बुझ्न गाह्रो छ। कवि वर्मान सामाजिक व्यवस्था तथा मानिसहरूको कपटी, स्वार्थी भावनाप्रति धारिलो व्यङ्ग्य कस्दै भन्छन्- यो दुनियाको हेराइ,सोचाइ आदि सोझो छैन। यहाँ होलाई होइन र होइनलाई हो पारिन्छ। यहाँ जित्नेसमेत हार्नुपर्छ। आजको समाजमा बाघको छाला ओड्ने अर्थात्, मिथ्या ढोंग रच्नेहरूको पनि कमी छैन। मानिसहरू ढोंग देखाउन खानेकुरो जुठो पारी आधा खाएर नालामा फ्याँक्दछन् भने अर्कातिर कति कति मानिसहरू खान नपाएर भोक भोकै मरिरहेका छन्। यहाँ नीचको मान हुन्छ तर मान्छेको अपमान हुन्छ। मानिसहरूका क्रुरता तथा स्वार्थी प्रवृत्तिको कारण मान्छेले मान्छेलाई माग्ने बनाएको छ औ बनाएको छ थाङ्ने। खानेहरूले खाइरहेका छन् अनि भोको भोक भोकै मरिरहेका छन्। आर्थिक व्यवधानले व्यप्त छ आजको समाज। कवि देवकोटालाई सम्बोधन् गर्दै भन्छन् -मान्छेले मान्छेलाई बौलाहा बनाएको छ तर तिमीले त अन्तर खोलेर गायौ, तिमीलाई बौलाहा भन्नेलाई झटारो कस्यौ औ तिमीले हाम्रो-जातिको निम्ति रगत सुकायौ।

प्रगतिशील विचारधारामा कलम चलाउने कवि प्रधानले परम्परागत धारणा तथा अन्धविश्वासले व्यप्त समाजको कुरीतिको विरोध गर्दछन्। परमपरागत अन्धविश्वाासले ग्रस्त समाजको अन्धो परम्पराअनुरूप महाकवि लक्ष्मीप्रसाद देवकोटालाई उनको जीवनको अन्तिम घडीमा नारायण घाट पुर्या्इएको थियो। उनले त्यस घडी भोग्न परेको उत्पिडन देखी कवि भावी देवकोटाहरूलाई मर्ने घरमा नलगिदिने तथ तिनीहरूलाई त्यहाँ पपुर्याउउनबाट रोक्ने आह्वान गर्छन्। अबका कवि-कलाकारहरूले आफ्नो मर्ने बेला आएको चाल नपाउन्, उनीहरूको मृत्यु आफ्ना परिवारका सदस्यहरूको साथमा आफनै घरमा होस् तथा पशुपति कै नाममा होस् भन्ने कामना गर्दछन्।

कवि देवकोटाको त्यो दयनीय अवस्था देखेर भन्छन् कि मृत्यु सय्यामा परेका देवकोटा तथा मृत्युपछिको उनको शरीरको दर्शन उनकै घरमा सबैलाई मिलोस्। पलपल उनको महत्त्व होस्। उनलाई आत्मीयजन ता शुभचिन्तकहरूले भेट्न पाउन् औ उनीबाट आशीर्वाद लिन पाउन्। त्यस घाटमा जस्तो झुत्राचिथरा नभई सफा लुगाले उनको शरीर ढकियोस् तथा उनका वरिपरि निरन्तर उनलाई टहल गर्ने मानिस् भइरहून्। बरू उनलाई तासको लुगाले नसजाओस् अनि चन्दनको काठले उनको शवलाई नजलाइयोस्।

यसरी आजीवन नेपाली भाषा र साहित्यलाई आफ्नो जीवन मानेर स्वयम्‌लाई उत्सर्ग गर्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनको अन्तिम क्षण भने सन्तोषजनक हुन नसकेको देखी कविको हृदय द्रवीभूत हुनगयो। यसैको फलस्वरूप कवि प्रधानले कवि-कलाकारहरूको उचित कदर हुन पर्ने तथा सामाजिक अन्धविश्वाोसहरूमा सुधार ल्याउन पर्ने कुरालाई यस कवितामार्फत बुलन्द गरेका पाइन्छ।

कवि गोपीनारायण प्रधानको भाषा प्रधानजस्तै सरल, सरज, सहज तथा श्रुति माधुर्य रहेका पाइन्छन्। गद्य कविताको शैलीमा रचित उक्त कविताको भाव र भाषा दुवैमा तादात्मय रहेको पाइन्छ। उनका प्राय कविताहरू छन्दमुक्त गद्य शैलीमा संरचित छन्। यस कवितामा प्रयुक्त कविको भाषा र जनभाषामा कुनै फरक पाइन्न। उनको यो कविता साधारण पाठकलाई ध्यानमा राखेर नै रचिएको पाइन्छ। यसरी सरल भाषामा गहन विचार व्यक्त गर्न सक्नु गोपिनारायण प्रधानको कविको काव्यिक वैशिष्ठ्य मान्न सकिन्छ।

पूर्वोत्तर क्षेत्रीय भाषा केन्द्र, आसाम, भारत

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.