कविता : मुक्ति, एक कविता

~नरेश शाक्य~

हिलो मै फुलोस् त्यो कमल
तर म त्यसलाई टिप्न चाहन्छु,
काँडामा नै होस् त्यो फूल
तर म त्यसलाई चुँड्न चाहन्छु,
हजार हजार विषधर नागहरूको
कठोर पहरामा नै होस् त्यो स्वर्णफल
तर म त्यसलाई छिन्न चाहन्छु,
संतप्त मानव-हृदयका अभ्युत्थानका लागि
देवगणद्वारा श्रापित नै किन हुन नपरोस्
तर मुक्तिको त्यो न्यानो र सुनौला फिलुङ्गो
चोर्न चाहन्छु ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.