~अम्बर गुरुङ~
ऊ पनि त कोही पराई त होइन,
रातै रगत बग्छ रङ्गको पानी होइन ।
ऊ पनि त मान्छे बेमुलुकको होइन,
अँगालोमा लेऊ हामी भिन्न होइन ।
झोपडीको जीवन उसको सबकुछ होइन,
भोको नाङ्गो बस्नु उसको भूल होइन ।
तब एउटै आकाश किन बेग्लै सहवास,
किन सास भिन्नै किन एउटै बतास ।
ऊ पनि त मान्छे हृदयहीन त होइन,
उसको आँसु पुछ मैला पानी होइन ।
उसको रुखो जीवन आँधीबित्र खोज,
यौवनमा फुल्ने गरिब फूललाई सोध ।
रीति र रिवाज त बन्छ र बिग्रन्छ,
प्रीति जसको ठूलो हृदयले छुटिन्छ ।
ऊ पनि त मान्छे कुने भूल होइन,
उसको दिल नतोड दिल शूल होइन ।