~प्रवेश वस्ती~
औंसीको रातमा चन्द्रमा देखेँ कसरी भनुँ
तिमीलाई बिर्सीयर सारा पिडा भुलेँ कसरी
घाटमा लगि तिम्रा सारा यादहरु जलाउँदै गर्दा
जल्दै गरेको चिताबाट लाश उठ्यो कसरी भनुँ
एकान्त यो रातमा तिमीसँगका दिनहरु सम्झिँदा
आकाशका सबै तारा खसे कसरी भनुँ
तिम्रो यादहरुलाई सम्झिएर आँखाबाट आँशु झार्दा
मेरो जिन्दगीमा बाढी आयो कसरी भनुँ
धुवाँमा उडाउँदै गर्दा तिम्रो यादहरुलाई
संसारसारा धुवाँले नै ढाक्यो कसरी भनुँ
(स्रोत : रचनाकार स्वयंले यसै सङ्ग्रहालयको ‘नयाँ रचना पठाउनुहोस्’ बाट सम्प्रेषण गरिएको ।)