~टि माया राइ~
शहीदको रगतले सिंचीत भूमि गर्वले चुम्नु भन्छ
बलिदानको पाठ इतिहास साक्षी हिम्मत भर्नु भन्छ
उद्देश्य उच्च चन्द्र र सूर्य जनहितको मन्त्र फुक्छ,
क्रान्तिकारी पाइला रोकिन्न अगाडी बढी नै रहन्छ ।
विकल्प खोज्ने मस्तिष्क पनि शहीदकै बोल बोल्छ
अँध्यारो हुन्छ चारै तीर आफ्नो सुखलाई जलाउँछ
आमा बाबाको आँसुले नरोकेको कल्ले रोक्न सक्छ
नियाली हेर स्वतन्त्रताको गाँसमा शहीदकै भोक बस्छ
बाबा आमा धन्य हुन शहीदका कसरी मन बुझाउँछन्
क्रन्दन छुपाउँदै छोराछोरी वीरताको वंश बढाउछ्न
सहयात्री बिना यात्रा जीवनको कसरी सहज पार्छन्
पासोको डोरीमा शहीदहरू आफ्नो निशानी चढाउँछन्
रैतीबाट नागरिक बन्न सबल सोच तिनैले डोर्याए
सामन्ती सो चलाइ बहिष्कार गर्न सबैलाई अह्राए
भोक तिर्खा आफ्नो बिर्सेर जनचेतनालाई फैलाए
बन्दुकको गोली छातीमा थापी शहीदलाई जन्माए
-आश्फोर्ड, केन्ट
युनाइटेड किङडम
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )