~गोविन्द गिरी प्रेरणा~
लघुकथा आख्यानको लघुतम स्वरूप हो। तर लघुकथाको परिमाषा वा परिचय कृतिपय अवस्थामा कतिपय जिम्मेवार विद्वान्हरूले अङ्ग्रेजीको सर्ट स्टोरी (Short Story) माई नै भन्ने गरेर अद्यापि गर्ती गरिरहेको पाइन्छ । तर वास्तवमा सोझो अनुवादको हिसाबले हेर्दा ‘सर्ट स्टोरी’ को अर्थ ‘लघुकथा’ देखिए पनि अभिप्रायको हिसाबले कथा-कहानी भनेर जसलाई भनिन्छ, अङ्ग्रेजीको ‘लघुकथा’ अर्थात् ‘सर्ट स्टोरी’ हो । हामीले “लघुकथा’ भन्ने गरेको आख्यानको लघुतम रूप अङ्ग्रेजीको ‘सर्ट स्टोरी’ होइन ।
हामीले ‘लघुकथा’ का रूपमा चिन्ने गरेको यस लघुतम आख्यानको स्वरूपलाई अङ्ग्रेजीमा ‘सर्ट सर्ट स्टोरी’ (Short Short Story) भनिन्छ । अमेरिकी विद्वान् रोगर जी. गुडम्यानले ७५ औेष्ठ लघुरचनाहरूमा लेखेका छन्- “बीसौं शताब्दीको व्यस्तताले लामा उपन्यासहरूलाई ताछतुछ पार्न थाल्यो । पढ्ने समय छैन, अतः सङ्क्षेपमा ग्रहण गर’ यसले लघुकथा (सर्ट स्टोरी) झन्-झन् लोकप्रिय भयो । यो चक्रकै क्रममा हामीले अतिलघुकथा (सर्ट सर्ट स्टोरी) पत्ता लगायौं- लघुतम, अत्यन्त माझिएको कथ्य, पौराणिक नीतिकथा र किस्साभन्दा चुस्त र विकसित ।”
अर्का विश्वविख्यात अमेरिकी विद्वान् इर्भिङ हावले ‘सर्ट सर्ट स्टोरी’ लाई उनले सम्पादन गरेको लघुतम कथाको सङ्कलन एन एन्थोलोजी अफ द सर्टेंस्ट स्टोरिजमा ‘सर्ट सर्ट्स’ नाम दिएका छन् र सो पुस्तकको शीर्षक नै सर्ट सर्ट्स (Short Shorts) राखेकाछन्। उनको तर्क छ- “एउटा कुरा त स्पष्टै छ, अतिलघुकथा लघुकथाभन्दा आकारमा छोटै हुन्छ। तर पनि २५०० शब्दसम्मको लघु आख्यानलाई अतिलघुकथा भन्ने सुझाव दिन सकिन्छ। यस्ता अतिलघुकथा जसबाट आँखाको एक झप्काइ, एउटा शीघ्र प्रतिक्रियाजस्ता आनन्द अंथंवा दृष्टि जे पाउँछौं त्यही नै तिनको विशेषता हो। यो लेखन विशेष गरी निर्भीक हुनुपर्छ।
लघुकथा कथाको सङ्क्षेपीकृत रूप होइन । छोटो हुँदैमा त्यसलाई लघुकथा भन्न मिल्दैन । लघुकथाको स्वरूप र संरचना बेग्लै हुन्छ । लघुकथा सबै आवश्यक अङ्गहरूले पूर्ण एक मौलिक र स्वतन्त्र विधा हो।
हिन्दी साहित्यकोशमा लक्ष्मीनारायण लालले लेखेका छन्- “लघुकथा र कथा-कहानीमा तात्त्विक दृष्टिले कुनै अन्तर देखा पर्दैन । व्यावहारिक दृष्टिले ‘लघुकथा’ कथाको छोटो रूप (सर्ट सर्ट स्टोरी) सँग आफ्नो तात्पर्य राख्दछ। तर लघुकथालाई लामो कथाको सारांश भन्नु चाहिँ नितान्त भ्रमोत्पादक हुन्छ ।
..आधुनिक कथाका सन्दर्भमा ‘लघुकथा’ को आफ्नो स्वतन्त्र महत्त्व र अस्तित्व छ ।… लघुकथाहरू गदय गीत र रेखाचित्रको शिल्पको नजिक देखिन्छन् ।”
नेपाली साहित्यमा पनि लघुकथा लेखिँदै आएको छ र झांगिने क्रम यथावत् छ । रम्भमा नेपाली लघुकथालाई स्थापित गर्ने श्रेय डा. जयनारायण गिरीको लघुकथासङ्ग्रह कर्सिंगरलाई जान्छ । त्यसो त पूर्णप्रसाद ब्राह्मणका लघुकथाहरूले पनि यो विधाको जगको काम गरेको तथ्य बिर्सन मिल्दैन । विभिन्न मुलुकका लघुकथाहरू भारतमा भित्रिएपछि त्यसैको प्रभावले नेपालमा लघुकथा भित्रिएको बुझिन्छ । विशेष खलिल जिब्रानका लघुरचनाको अत्यन्त सघन प्रभाव भारतीय उपमहाद्वीपमा परेको तथ्यलाई सहज रूपले स्वीकार गर्नुपर्दछ। खलिल जिब्रानका लघुरचनाहरू अद्यापि कतिपय लेखकहरूका लागि आदर्श र प्रेरणाय्रोत
बनेका छन्।
लघुकथा कथ्यको भझिल्कालाई भाषाको खेलले र शैली एवम् संरचनाको विशिष्टताले सजाइएको एक सुन्दर विधा हो। यसलाई भाषा र शैलीले सार्थकता प्रदान गर्दछ । आकारमा छोटो र थोरै शब्दमा अर्थ दिनुपर्ने भएकाले लघुकथाको प्रभाबोत्पादकताका लागि सटीक शब्द, प्रतीक र प्रहारात्मक शैली अपनाउनु उपयुक्त हुन्छ । लघुकथाको एउटा अत्यन्त सबल पक्ष तीक्ष्ण व्यङ्ग्य पनि हो।
भारतीय विद्वान् डा. शङ्कर पुणताम्बेकरको भनाइ छ- “लघुकथालाई हामी वैचारिक कथागीत’ भन्छौं । गीतपक्षमा लघुकथाको मानदण्ड हो त्यसको लघुता, शैली र प्रभावान्विति । र बैचारिक पक्षमा आउँछ त्यो कथा जसले युगको यथार्थ प्रस्तुत गर्दछ। नेपाली लघुकथाक्षेत्रमा देखिएको चहलपहल हेर्दा लघुकथाका निम्न प्रवृत्ति देखा पर्दछन्-
१. छोटो आकारमा लेखिएको आख्यान नै लघुकथा हो भन्ने भ्रम परेका कारण कतिपय लघुकथा भनिएका रचनाको संरचना एउटा ठूलो कथा अथवा कथाको संरचनामा लेखिएको पाइन्छ। अत: ती लघुकथा भनिए पनि लघुकथाले छाड्ने छाप र पार्ने प्रभावोत्पादकता तिनमा पाइंदैन।
२. छोटो आकार मात्र लघुकथाको गुण, विशेषता वा आवश्यकता हो भन्ने मात्र बझेका कतिपय लेखकहरूले लेखेका लघुकथा छोटों बनाउने प्रयासमा लघुकथाको पर्ण अड्गनिर्माणमा असफल देखिन्छन्। फलस्वरूप कतिपय लघुकथा आख्यानतत्त्व र सटीक अभियक्तिबाट पनि वञ्चित रहेको पाइन्छ ।
३. लघुकथाको निकटता कथासँगे हो किनभने यी दुरबै आख्यानका हॉगा हन । तर लघुकथामा व्यङ्ग्यतत्त्व पनि पाइने हुनाले यदाकदा लघुकथा ठट्टा बा चुट्किला हुन पगेको देखिन्छ भने कतिपय लघुकयाको जननी नै चुट्किला भएको समेत देखिएको छ । यसलाई लघुकथा विधाको दुर्भाग्य ठान्नुपर्छ ।
४, कतिपय नेपाली लघुकथा कुनै खास घटनाको थोरै शब्दमा वर्णनका रूपमा समेत देखा परेका छन् भने लघु आकार दिने सिलसिलामा घटनाको एक पक्ष मात्र उद्घाटित भएको पाइन्छ । तर यसले सही लुघकथाको प्रतिनिधित्व गर्दैन ।
५. थोरे मात्र नेपाली लघुकथा लघुकथाके संरचना, शिल्प, सटीक अभिव्यक्ति, प्रहारात्मक व्यङ्ग्यका साथ लेखिएका छन्। तिनै लघुकथा नेपाली लघुकथाको प्रतिष्ठा जोगाउन समर्थ छन् ।
नेपाली लघुकथाका क्षेत्रमा साहित्यकारहरूलाई आकर्षित गर्ने र लघुकथा लेख्न घचघच्याउने बान्की गोजिका हो । हरिभक्त कटुबालले बान्कीमार्फत नेपाली लघुकथाका क्षेत्रमा कैयन् प्रतिष्ठित कथाकारहरूलाई निम्त्याए, लघुकथा लेखाए । पूर्वमा विराटनगरमा प्रयोग र पश्चिममा नेपालगन्जमा नवरत्न गोजिकाले लघुकथा अङ्क निकालेर यो विधालाई अधि बढाउन सहयोग पुन्याए भने पोखरा, पाल्पा आदि स्थानबाट हवाईपत्र एवम् पोस्टकार्डमा समेत लघुपत्रिका प्रकाशन गर्ने प्रयोग भयो जसमा लघुकथाको सम्भावना भन् देखियो। हवाईपत्र एवम् पोस्टकार्ड आन्दोलनका कतिपय लघुकयाहरू आजपर्यन्त सम्झन लायक
एवम् विशिष्ट संरचनामा भएको देखिन्छ ।
हवाईपत्र एवम् पोस्टकार्ड आन्दोलनसँगसँगै गोजिकाप्रकाशनमा पनि उल्लेखनीय प्रगति भयो। फलस्वरूप कैयन् गोजिकाहरू देशका विभिन्न स्थानबाट प्रकाशित भए र तिनले परोक्ष रूपमा अन्य विधा (लघुकविता, लघुनिबन्ध आदि) सहित लघुकथालाई ठूलो टेवा पुन्याए। वीरगन्जको भावी, पोखराको आँखीझयाल, काठमाडौंको नागबेली र झापाको बूबोलगायतका गोजिका पत्रिकाहरूको योगदान स्तुत्य देखिन्छ । नागबेली तथा दूबोले त लघुकथा अड्क र लघुकथा विशेषाङ्क नै प्रकाशित गरे ।
लघुपत्रिकाबाट व्याप्ति पाउन सुरु गरेको नेपाली लघुकथाले बिस्तारै ठूला पत्रिकाहरूमा समेत प्रवेश पाउन थालेपछि लघुकथालेखनमा नयाँ लेखकहरू एवम् स्थापित लेखकहरू निरन्तर आकर्षित भएको पाइन्छ। प्राय: राजधानीबाट र राजधानीवाहिरबाट प्रकाशित हुने सबैजसो पत्रपत्रिकाले लघुकथालाई उचित स्थान र सम्मान दिने गरेका छन् । डा. जयनारायण गिरीको कलकत्ताबाट प्रकाशित पहिलो लाघुकथासङ्ग्रहलाई साथ दिन दुर्लभलाल सिंहको झुलभित्रको मान्छेदेखि रवीन्द्र समीरको तेस्रो आँखासम्म पुस्तकप्रकाशनका क्षेत्रमा समेत उल्लेखनीय सङ्ख्या देखा परेको छ । अनीता तुलाधर त लघुकथाबाट नै नेपाली साहित्यमा देखा परेकी हुन् र उनको पहिलो कृति फुलू लघुकथासङ्ग्रह हो । यस सन्दर्भमा विनयकुमार कसजूको पशुतन्त्र, भागीरथी श्रेष्ठको रङ्गीन पोखरी र किशोर पहाडीको किंवदन्ती
उल्लेखनीय लघुकथाकृतिहरू हुन् ।
लघुकथा-सङ्कलन अध्याय एवम् पहिरौले युप्रिएको बगर इत्यादि छन्। यी पड्क्तिका लेखकको सम्पादनमा प्रकाशित लघुकथा नेपाली साहित्यको एकमात्र लघुकथाप्रधान पत्रिका हो जुन सात अङ्क प्रकाशित भएपछि स्थगित भयो। समग्रमा भन्दा यी सबले नेपाली लघुकथाको व्याप्तिका लागि र उचाइ वृद्धिका लागि ठूलो योगदान पुऱ्याएका छन् । त्यसो त हाल अधिराज्यका विभिन्न स्थानहरूबाट प्रकाशित हुने पर्चा-पत्रिका अभियान, हवाईपत्रिका आन्दोलनलगायतका मसिना पत्रपत्रिकाले समेत लघुकथाको संवर्द्धनमा उक्तिकै देन दिएका त्यस्तै धुव मधिकर्मीको बुद्ध कहीं छैन, थुप्रै कथाकारको छन्।
कतिपय कमी-कमजोरी, संरचनागत अस्पष्टता, कथ्यपरक भ्रम, आकार र शैलीका बीचमा हुनुपर्ने तादात्म्यको अभाव हुँदाहुँदै पनि र केही प्रतिशत लघुकथा ठट्टा वा चुट्किलाकै पर्याय देखिए पनि समग्रमा नेपाली लघुकथाको विशेषता यसरी आँक्न सकिन्छ-
– तीक्ष्ण व्यङ्ग्यको प्रयोग। विकृत राजनीतिको पर्दाफास ।
– सामाजिक विडम्बनाको तस्विर ।
– प्रतीकात्मकता।
– पौराणिक एवम् ऐतिहासिक कथ्यको प्रयोग आधुनिक प्रसङ्गमा ।
– पशुपात्रहरूको प्रयोग ।
– नेपाली सामाजिक, आर्थिक र भौगोलिक परिवेशको प्रयोग।
– विम्बात्मकता ।
– सूत्रात्मकता।
– विज्ञानसम्मत प्रविधिको प्रयोग।
यिनै र यस्तै विशेषताहरूले नेपाली लघुकथाको बर्तमान प्रवृत्तिको छायाचित्र प्रस्तुत गर्दछन् । तर कतिपय साहित्यकारहरू अझै पनि लघुकथालाई लहडीको लहडझै मान्ने भूल गरिरहेका छन् र कति स्थापित एवम् नवोदित प्रतिभा चाहिँ लघुकथा विधामा समर्पित नै देखिन्छन् । यिनै समर्पित प्रतिभाहरूले नै लघुकथाको बिंडो थाम्ने र विशेषता टिकाउने कुरामा भने सन्देह छैन।
– हाल भर्जिनिया,अमेरिका
(स्रोत : नदी साहित्यिक पत्रिका – वर्ष ९, पूर्णाङ्क ९, २०६२, असार-साउन-भदौ – बगर फाउन्डेशन – तेलको धूप )