मनोन्यास : झ्याल खोल्दा

~अनिल किराती~

केहि लेख्नु छ ।र तिमीले भन्यौ केहि लेख । नमान्नु पनि कसरी तिम्रो कुरा । लेख्न बसेको एक घन्टा सात मिनेट भयो ।

झ्याल खोले । चिसो पस्यो । पानी परी रहेको छ निरन्तर बिहान देखी नै । कुहिरो पनि हल्का छ । एयरपोर्ट मधुरो देखिन्छ झ्यालबाट । तल सडकमा दुइ बालक फुटेको फुटबल तोड्दै तोड्दै हिड्दै छ । निथ्रुक्क भिजेको पनि छ तीनिहरु । उताबाट ट्याक्टर आयो । खेत जस्तै बनाएको छ सडकलाई ट्याक्टरले । बालकहरु घरेलु लघु उधमीको कार्यालयको आङ्गनको डिलमा उभिए । ट्याक्टर गयो धुवा उडाउडै । पहेलो रङ्गको एउटा कुकुर दगुर्दै आयो ।बिजुलिको पोल सुङ्घियो अनि खुट्टा उचाल्यो । तुरुन्तै अगाडी पनि बढीहाल्यो । फापरको साग बोकेर डोकोमा एक जना दिदी आइन् । मेरो घर बेटिले तीन मुठा किनिन् । घर पछडिबाट जोडी भङ्गेरा आयो र सिप विकास कार्यलयको स्याउको रुखमा बस्यो । मोबाइलमा एक युवती ‘हेलो, हेलो’ भन्दै त्यै सडक हिडिन् । प्याजी रङ्गको छाता ओढेकिले अनुहार देखिन । सुर्य नेपाल लेखिएको टि सर्ट लगाएका २ महिला र १ केटो रुझ्दै त्यै पानीमा हतारमा देखे । स्काइपमा कोही आएको सिग्नलले मेरो आखा मोडियो ल्यापटप तिर ।

ए, तिमी पो रै छौ । ‘सरी’ है मैले इग्नोर गरे तिमीलाई अहिले । किनकी मलाई थाहा छ ,तिमी सोध्छौ के लेख्यौ ? अनि मैले लेखेकै छैन । लेख्न पनि जान्दछु कि जान्दिन ।त्यो पनि थाह छैन । तर तिमी भन्छ्यौ – लेख । के लेख्छु त्यो पनि थाहा छैन । कसम तिमीले लेख भनेर लेख्न बसेको तर के को बारेमा के लेखु । । । ।

आज साँची प्लेन पो आँउछ कि आउन्न हो ? कुहिरो उघ्रेको छैन । त्यो बालकहरु घर पुगे कि पुगेनन ? स्कुल गए कि गएनन ? त्यो ट्याक्टर यै बाटो फर्किन्छ कि कुन बाटो ? त्यो कुकुरले कती ओटा बिजुलिका पोल मा खुट्टा उचाले होला ? अनि मैले किन फापरको साग नकिनेको ? पैसा त थियो म सङ्ग ,हिजोमात्र तलब आको । त्यो भङ्गेरा र भङ्गेरी के अझै तै स्याउको रुखमा बसिरहेको होला त ? अनि ति युवती को सङ्ग बोलेकी होलिन् ? ब्वाइफ्रेन्ड सङ्ग होली कि ? सुर्य नेपालका ति सदस्यहरु पानीमा किन कता हिडेका रैछन ? ओहो !!! अडिएर झयालमा, म त के के पो सम्झिरा रैछु । हत्तेरी !!! कसरी के लेखु ? फेरी तिम्रो फोन आउन बेर लाग्दैन ।

उ बजी त हाल्यो मोबाईलमा गुलाम अलि- “गाजलु ति ठुला ठुला आखा”, मेरो रिङ्गटोन । तिम्रै रैछ फोन । माफ गर। मैले फोन काटे । आखिर तिमी तै सोध्छौ ।अनि मैले कै लेखेकै छैन । म के गरु ? बेपतामा, ल लेख्छु भनि हाले । अहिले सास बढेर आयो मेरो ।

बेपत्तामा मैले किन झ्याल खोले ? किन मैले झ्याल खोले ? त्यै झ्यालबाट त्यो एयरपोर्ट्, त्यो बालक्, त्यो ट्याक्टर्, त्यो साग्, त्यो जोडी भङ्गेरा, त्यो युवति, त्यो रुख्, त्यो टि सर्ट्, त्यो सडक मैले किन देखे होला ? मलाई त लेख्नु पो छ त ! किन मेरो मन यसरि बाहिरको पानी सङ्ग खेलेको होला ? मैले त तिमीलाई कै लेख्छु पो भनेको थिए । तर हेर न के लेखुके लेखु भैराछ मलाई ।

मलाई झुटा मान्छौ होला है अब । तर, आमा कसम ! मैले ढाटेको होईन । कै लेख्नु भन्दा भन्दै मलाई त्यो बालकको स्कुल्, त्यो कच्ची सडक , त्यो बिजुलीको पोल्, त्यो मोबाइलको टावर्, त्यो सागको खेत ,त्यो प्राकृतिक स्याउ, अनि त्यो एनजिओको याद आउछ, मैले बिहान भरी देखेको दृश्यहरु याद आउछ । नरिसाउ ल । मैले कै लेखिन्, सायद मलाई लेख्नै आएन, म तिमीलाई एकछिनमा फोन गर्छु ल । र म अझै केहि लेख्ने सोचमा चाहि छु है तर । र सायद तिम्रै बारेमा लेख्छु कि………. अनि झ्याल ? त्यो चाहि ……

This entry was posted in मनोवाद / स्वगत and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.