कविता : अझै दख्खिन बग्दो छ कर्णाली

~परिहास सुब्बा~

अधिकांशको साझा अबधारणा-
झण्डा एकै हो
देश एकै हो
सरकार पनि एकै हो
तर ऊ कर्णाली बासी
के मा अरु बराबरी देख्दछौ ऊ संग?

सदरमुकाम बाट
किनेर लिएको
नागरिकता र पासपोर्ट बोकेर
छोरा भएको भूमिका निभाउन
कसो कसोर् इण्डीया देखी
अरब सम्म पुग्दछ
मलामीको ताँती नेर
चेलीबेटीको काँधमाथी
चोला उठीसकेको
लाश हेर्ने मन त कहाँ छ र ऊ संग पनि?

तिमीले आफ्नो आँगन सम्म बाटो खन्यौ
तर कर्लीलाई जोड्न चाहेनौ
न त उसलाई नै खन्न दियौ
र भन्न छाड्दैनौ
झण्डा एकै हो, देश एकै हो ।

(स्रोत : नेपालीकविता डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.