कविता : मान्छे भित्र मान्छे

~यात्री शेखर~

एउटा फुक्को मुस्कानसंग रमाउनेहरु
भो नबोल अब म संग
भित्री वेदना नबुझी बाहिरी अबरण हेरेर तर्सनेहरु
भो नजिक नबन अब म संग
बनाउनु छ तिमीहरुले आफ्नै संसार भने
किन मसंग हातेमालो गर्न खोज्छौ
मार्मीकता बुझ्ने कोसीस छैन भने
किन सम्बन्धको नाटक रच्छौ ।
याहा बग्रेल्ती छन् कथाहरु
चाङ का चाङ छन व्यथाहरु
बेदना बोक्नेको जमात को त कुरा छाडौ
धैरै छन मन टुटाएर बाँच्नेका गाथाहरु
रगतको खोला बग्दा हर्ेर्नेको भिड छ
चुराहरु फुटालीदा रमाउनेको जमात छ
टुहुराको चिचयाहटको वेदना सुन्दैन कसैलेर्
र्निदयी र ढुङ्गे मनहरुको समाज छ
मानवताको रंग बोकेका मान्छेहरु
स्वार्थ पर्ुर्तिकालागी रगतको होली खेल्छन याहा
लडाइमा छन सबै आ-आफ्नै स्वार्थ पुरा गर्ने
ग्राहो छ याहा मान्छे भित्र मान्छे पाउन ।

-टकुवा मोरङ, हाल सुनसरी

(स्रोत : नेपालीकविता डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.