कविता : नयाँ वर्षको शुभकामना

~शिव चालिसे ‘प्रभात’~

(१)
दुःखको विच्छाउना विछ्यार
अभावको सिरक अाेडी
सुतिरहेको मेराे प्याराे गाउँ
दुःखले गरिबी
गरिबीले अभाव
अभावले राेग व्यादी
दिनहुँ जन्माई रहेकाछन् ,
अाधुनिक युगकाे

विकासकाे नाममा,
बाटैले सकेको एक टुक्रा जग्गा
हेरेर दिनहुँ टाेलाउने साहिलिअामा
अहिलेनि बाटाेकै छेउमा बसिरहेकी छन् ,
हिजोका मुखिया जस्तै ठालु पल्टेका
नेताजीकाे गाडीले
उनकै अनुहारमा धुलाे फालेर हुइकिन्छ ,
हाे तिनै साहिलि अामालाई
नयाँ वर्षको शुभकामना ।।

(२)
नेताजीले अघिल्लो वर्षको बजेटबाट
एउटा ट्याक्टर किनेका छन् ,
दिनहुँ अर्काैकाे हलाे जाेतेर
छाक टार्ने धने दाईकाे
छाक राेकीएकाे छ
भाउजुले चाेली फेर्न पाइनन्,
पाटेकाे चाेलीबाट
स्तनले चिहाइरहेका छन् ,
लुङ्गी दशाैँ ठाउँमा टालिएकाे छ
भुन्टे र भुन्टीलाई सुकेनासले लान थाल्याे ,
उनको घर चल्दैन अाजभाेली
केवल मन मात्रै चलिरहेको छ,
एक हल गरु वेकाममा बसिरहेछन्,
हलाे जुघा थाेत्राे भैसके
उनलाई नयाँ वर्ष लागेको कुनै उत्साह छैन ,
र पनि धनेदाईकाे परिवारलाई ,
नयाँ वर्षको मेरो शुभकामना ।।

(३)
नेताजीले मान्छेलाई मान्छे देख्दैनन् अाजभाेली,
उनलाई अब मान्छे चाहिएकै छैन्,
काम गर्ने साधन अागनमा छन्,
२१ अाैँ शताब्दीको विकास,
भाेट गर्ने चुनाव अाएकाे छैन ,
जब चुनाव अाउछ देख्छन् ,
मान्छेलाई महान जनता
अाफुलाई सर्वहारा वर्गकाे नेता
जब सकिन्छ चुनाव
अनिदेख्दैनन् मान्छेलाई मान्छे ,
नेताजीले गए वर्षकै बजेटले
एउटा माल वाहक पनि किनेकाछन् ,
र त
काम नपाएर घरमै घुम्चेका छन्
जीवन शर्माका भरियादाईहरु,
अर्को बाटोकाे खाेजीमा
भारि खेप्नबाहेक केही नजानेका
साहिला दाईहरु
अब भाकै बस्न पर्ने छ ।
भाेकले राेग फैलाउने छ,
हाे उनै भरिया र साहिलाहरुलाई
नयाँ वर्षको शुभकामना ।।

(४)
नेताजीकाे यति मात्र हाेइन
ठुलो घर बनेकाे छ,
अागनमा गाडी अाएकाे छ
घर भित्रै पानीको धारा
छाेराे पढ्न सहर पुगेको छ ,
छाेरीकाे ठुलाे भनिएको घरमा
विहे भएकाे छ,
श्रीमतीको गलामा सुनको सिक्री बनेकाे छ ,

ए मुखिया समान्ती जस्तै देखिने
नेताजी
याे बर्ष
काेदाे, फापर,मकै गहुँ ….
राेप्ने,गाेड्ने, काट्ने र बनाउने
मेसिन पनि ल्याउनु
जसले पुजी एकीकृत गर्नेछ
बेरोजगार बढाउनेछ
वर्गीय खाडल अझै गहिरो बन्नेछ ।
मेराे प्याराे गाउँमा हुकुम गर्न
नेताजीलाई
नयाँ वर्षको शुभकामना ।।

५- सहरमा मन्त्री भएसि गाउँ छाड्नुभएका
मेरो गाउँका मुखिया साप
मैले मेराे बुवाकाे रिण तिर्न
हजुरको घरमा नाेकर बसेकाे
पल सम्झन्छु ,
यहाँको अझै प्रगतिकाे शुभकामना

ठुलो कम्पनीका मालिकहरुलाई
शहिदका शालिकहरुलाई
देश बनाउने भन्दै लुटिरहने माननियलाई
घुसिया कर्मचारीलाई
वेयविचारि बलत्कारीलाई
अाज छाेपिएर नेताकाे अाडमा
भाेलिनै छुट्ने अपराधीहरुलाई
उल्टाे सुल्टाे कुरा गरेर
निर्दाेष फसाउने वकिलहरुलाई
कार्यकतालाई नाेकर सम्झने
दलाल नाेकरशाही नेताहरुलाई
माक्र्सवाद बेचेर नपुगी
गरिब बेच्ने चाेरहरुलाई
तिनैले जे भन्छन् मान्ने चाैरेहरुलाई
नयाँ वर्षको शुभकामना ।।

(६)
सडकमा फाेहाेर खाएर बाच्नेहरुलाई
अाधा पेटमा पटुकि कस्नेहरुलाई
साहुकाे नाेकर बस्नेहरुलाई
शहिदकाे परिवारलाई
गरिब किसानलाई
फलामको भाडा बनाउने सेते विकहरुलाई
सुकिला कपडा सिलाईदिने काले दर्जीहरुलाई
कारखाना मजदुरहरुलाई
अाफुले अाधा पेट खाएर मलाई हुर्काउने अामालाई
मलाई पढाउन लाहुर पसेका बालाई
म संगै हुर्केका भाइ बहिनीलाई
दाइ दिदिलाई
म संगै पढेका साथीहरूलाई
पढाएका गुरुहरुलाई
मेराे अप्ठ्यारोमा साथ दिने
अाफन्तलाई
साना प्यारा छाेराछाेरीलाई
जीवनभर साथ दिने संगीनीलाई
अनि छुटेका सबैलाई
नयाँ वर्षको शुभकामना ।।

– शिव चालिसे (प्रभात)
बागलुङ
२०७६/१२/३०

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.