~कमला सरुप~
वी.पी. कोइरालाको साहित्यको विशेषता भनेको मानवीय प्रकृतिको दुःखान्त चेतना, भावविम्वको उपस्थापना र यौनगत अनुभूति हो । उनको साहित्यमा स्वच्छन्दतावाद, विसड.गतिवाद र दार्शनिकताको प्रमुखता रहन्छ । तसर्थ यहाँ स्पष्ट के भन्न सकिन्छ भने वी.पी. कोइरालाको साहित्यले स्वतन्त्रताको वकालत गरेको छ, प्रेम र मानवीय सम्बन्ध वीचको जीवन्ततालाई स्वीकारेको छ र मानव पीडालाई सहजता प्रदान गरेको छ । हुनत वी.पी.को सुम्निमा पढ्दै जाँदा अमेरिकी लेखिका सुसन विगसको वहुचर्चित उपन्यास व्रिमर रोजमा देखिएको यौन मनोविश्लेषणको विषयमाथि केन्द्रित भएर लेखिएको जस्तो भान गराउँछ । त्यसै गरि अमेरिकन कवि डेनिज लिमटोने वा भी.सी. एन्डिूयुजको ओलिमा नामक उपन्यासले देखाएको विसंगतिवादी दृष्टिकोण त्यसको संरचनात्मक पद्धति र साहित्यको मौलिक भेदको व्याख्या पनि वी.पी. कोइरालाको सुम्निमा मा देख्न पाइन्छ ।
सुम्निमाले प्रेमको र अमरताको आवाज उठाउन खोजेको छ। जसको मुल ध्येय यो शरिर टुक्रिएको छ, विभाजित छ र मानवताको प्रेम, कुण्ठा र विद्रोहको श्रृङ्खलावद्ध सोचाइमा अभिवाजित छ भन्ने देखाएको छ ।
मनोविज्ञान, भावुकता र आदर्शतालाई प्रत्यक्ष या अप्रत्यक्ष ढङ्गबाट उपन्यास मार्फत पाठकहरुलाई पस्किन सक्नु वी.पी. कोइरालको विशेषता मान्नु पर्छ ।ं राजनीतिको अनुभव, साहित्य सिद्धान्तको अध्ययन र सृजनाको अभ्यासले पनि उनलाई समकालिन सभ्यता, संस्कृति, ज्ञान र विज्ञानको क्षेत्रमा जीवित वनाएको छ । कोइरालाले आफ्ना साहित्य मार्फत नयाँ मोड र ढाँचा दिने काम एकातिरबाट गरेका छन् भने अर्कातिर मानव जीवनमा देखा परेका समस्याहरु घात प्रतिघात, सन्देश र मनोविज्ञानलाई प्राथमिकताका साथ प्रस्तुत गरेका छन् । मर्थु अर्नाल्डको जस्तो चिन्तन र शील्प प्रतिपादनमा नविन दृष्टिकोण राख्ने कोइरालाले साहित्य मार्फत जीवन र प्रवृत्तिको विशाल चित्रण गरेका छन् । हुन त श्यामुअल वेकेटको नाटक विसंगतिको थुप्रोमा उल्लेख भएको छाडावाद, त्यसले उव्जाएको विकृति र मानव असन्तुष्टिले पारेको मनोवैज्ञानिक जस्ता कुराहरुलाई तीन घुम्तीले पनि अपनाएको छ भन्दा अत्युक्ति नहोला । “प्रेममा पहिलो पाइला नारीले चाल्नु पर्छ ” भन्ने तीन घुम्तीकी नायिका इन्द्रमायाको विचार मार्फत वी.पी.ले यौन स्वतन्त्रताको पक्षपाति देखाउन खोजेका छन् । यसवाट पनि फ्रायडले स्पष्ट देखाउन खोजेको यौन अन्तद्र्वन्दलाई आत्मसात गरेको प्रष्ट हुन्छ । तीन घुम्तीले भन्न खोजेको कुरा यौन स्वतन्त्रताले जीवनको महत्वपूर्ण पक्ष मानवतावाद र प्रेमवादसंग जोड्दछ, जसलाई एउटै ढङ्गबाट हेर्नु पर्ने देखिन्छ । जुन पक्ष भनेको प्रेम र मानवताको आवाज उठाउन खोज्नु पनि हो । फ्रायडको यौन विश्लेषण, सात्र्र र कामुकको अस्तित्ववाद चिन्तन वी.पी.कोइरालाको लेखनको अस्तित्व हो । यद्यपि उनले विसंगतिवादी र अस्तित्ववादी जीवन पद्धतिलाई स्वीकारेका थिए ।
वि.सं. १९८७ देखि नै साहित्य यात्राको आरम्भ गरेका कोइरालाको १९९९ भन्दा अघि नै राजनीतिक जीवन पनि शुरु भएको थियो । ०७ साल देखि अघि र ०१७ साल पछिको कारावास र निर्वासित जीवनमा उनले उत्कृष्ट वैचारिक उपन्यासहरु लेखेका थिए ।उनले अन्तराष्टिूय रुपवाट स्वीकारिएका राजनीतिक चिन्तनको प्रतिपादन गरे । उनले आफ्नो लेखनको गम्भिरता र सहजतालाई प्रतिस्थापन गर्दै आफ्नो प्रयोगवादी धारापनि छोडेको देखिदैन । भावनात्मक शैलीलाई अपनाएर लेखिएको उनको ‘तीन घुम्ती’‘ बावु आमा र छोरा’ ले पनि उक्त प्रयोगवादी धारालाई अपनाएको देखिन्छ ।
वी.पी.ले नेपाली समाजमा पुरुषले जोसुकै सँग यौन सम्बन्ध राखेपनि नारीले इष्र्या गर्न नहुने देखाएका छन् । त्यो अपवादको रुपमा स्वीकारिएको भएपनि फ्रायडले भने जस्तै मुटुसँग र शरिरसंगको सम्बन्धका वारेमा केही अन्तद्र्वन्दलाई आत्मसात गर्छ भन्ने पनि देखिएको छ । यहाँ एकातिर टि.यस इलियटले स्वीकारेको सुखद प्रेमको अनुभूति र आशा जीवन हो भनेर हामी दौडिरहेका छौं र जीवन शुन्यता वाहेक केही नभएको पनि स्वीकारेका छौं भनेका छन् त्यसैगरि वी.पी.को तीन घुम्तीले पनि प्रमाणित गरिदिएको छ । तीन घुम्तीले भन्न खोजेको कुरा के हो भने जीर्ण भएर भत्किएको विश्वास, प्रेम र जीवन प्रतिको मानवीय सम्वन्ध जुन चैं अनन्त मष्तिस्क प्रेम र यौन सँग मिसिन जान्छ भन्नु नै प्रमुख हो । यसरी वी.पी. कोइराले आफ्नो साहित्यमा मानवताको, प्रेमको र यौनको अस्तित्ववादी चिन्तनलाई प्रतिविम्वित गराएका छन् । आफ्नो मनोवैज्ञानिकतालाई बौद्धिकताको कसिमा ल्याएर उतारेका छन् । सुम्निमाले अमुर्त अन्तरदर्शनलाई अगाडि ल्याउन सक्ने प्रतिकतावादी लेखकको रुपमा चिनाएको छ । यहाँनेर पाठकहरुले सोच्न सक्ने एक साहित्यिक धार जुन कोइरालाको सुम्निमाले देखाएको छ। जहाँ स्वच्छन्दतावाद र कलात्मक शील्पमा मानव परकतालाई बुझ्नु पर्दछ । सुम्निमाले देखाएको मानवता र मानवीय सम्बन्धको एक महत्वपुर्ण धार पनि अस्तित्ववादसंग मिल्न गएको छ ।
वी.पी.को वावु आमा र छोरा विषयवस्तुका दृष्टिले उत्कृष्ट साहित्य मानिन्छ । मानव जीवन अस्थायी छ, अनिश्चित छ भन्ने वी.पी.कोइरालाको सधैं एउटै मान्यता रहेको थियो, मानिस जीवनमा जे काम गर्छ त्यसको प्रेरणा आफ्नो मनबाट नै पाइन्छ । यिनका सवै रचनाहरुले मानव जीवनमा देखा परेका घात प्रतिघाल, विश्व सन्देश र मनोविज्ञानलाई प्रतिकात्मक रुपमा प्रस्तुत गरेको भेटिन्छ । यथार्थवादी धरातलमा उभिएर राष्टिूयताको पहिचानलाई अघि वढाउँदै लगेर लेखिएको देखिन्छ । स्वैर कल्पनाको प्रयोग गरेर यथार्थलाई व्यक्त गर्दै विसंगति मुलक चिन्तन प्रणाली र अमुर्ततालाई आत्मसात गर्नु पनि उनको अर्को विशेषता मान्नु पर्छ ।
अहिलेको वीसौं दशकमा साहित्यमा दुईवटा धाराको विकास भएको देखिन्छ । एकातिर मानवतावादको स्वभाविक चित्रण र त्यसको प्रत्यक्ष अप्रत्यक्ष सम्बन्ध तथा त्यसले पार्ने वैचारिक सिद्धान्तको पनि पूर्णतः व्याख्या गर्नु पर्ने देखिन्छ । प्रयोगवादी कवि जर्ज हर्वटको विचार स्वतन्त्रता, प्रेम स्वतन्त्रताको लागि अमरताको कसी हो भन्ने विचारलाई इन्द्रमाया पात्रका माध्यमवाट हेर्दा पनि प्रेम नै सर्वोच्च साहित्य धारको एक यथार्थवादी पक्ष पनि एक हो भन्ने स्पष्ट हुन्छ । विट्स, कामु, हेनरिमुर र वटूेड रसेलले देखाएको जस्तो भौतिकवाद भन्दा फरक परिस्थितिमा सृजना भएको साहित्यले प्रयोगवादिता र समयको गतिशीलताको हाँक गर्दछ । मन र मष्तिस्कसंगको सम्बन्धमा मानवीय विकास हुनु पर्दछ भन्ने कुरा पनि प्रमुख रुपमा उठाएको देखिन्छ । अमूर्तता भित्रको मूर्त रुप नै प्रेम सौहार्दता र जीवनको सकृयता हो भन्ने कुरालाई फ्रायडले देखाए जस्तै वी.पी. कोइरालाले ऐना जस्तो देखाएर आफ्नो इमान्दारिता पाठक सामु छर्लङ्गयाएका छन् । आधुनिक साहित्यमा आत्मगत भावलाई इश्वरीय नीयति र मानवतावादको खोज गर्दै जीवनमा आइपर्ने कुण्ठा, पलायनता, यौनगत विद्रोह माथि नै विजय प्राप्त गर्ने जुन धारको विकास भएको छ त्यसको विशेषतालाई वी.पी.कोइरालाले स्पष्ट पारेका छन् ।
नेपाली साहित्यको श्रृङ्गारिक धारालाई शिष्ट सौम्य प्रस्तुति, भाव प्रतिकिकरण र अत्यन्त अभिव्यञ्जित संकेत नै कोइरालाको साहित्यको विशेषता हो । वी.पी. सानो उमेरमा छंदा उनकी आमाले ‘ तिमी ठूलो मान्छे बन्नु अनि ठूलो काम गर्नु ’ भनेर आशिर्वाद दिए जस्तै नै वी.पी.ले पनि आफ्नो राजनीति र साहित्यिक दुवै पक्षवाट मानवताको वकालत गरेका छन् । त्यो नेपाली इतिहासमा सधैंभरि अविश्मरणीय र अमर रहि रहनेछ ।
मे ४, २००३