~अनिलचन्द्र श्रेष्ठ~
जव दिनको मृत्यु हुन थाल्दछ
मानव वस्तीभित्रको एकान्तमा
एकाएक कोलाहल र्कर्कस
अनि
मृत्यु उस्सवमा रमाउनेहरुको वथान हा……..हा र हु..हु
गर्दे छिर्न थाल्छन्
देहात त्यसमाथि अज्ञानताका
सशकार तललाघरे माइला,
डाँडाको अन्तरे दाजु लगायत
सवै, घर नाइकेहरुका
मनभित्र त्रासका ज्वालाहरु
श्रृंखलित भएर अनवरत
जलिरहन्छ, वलिरहन्छ, र निभिरहन्छ
दोडादौड गर्दे
मुत्यु उत्सवका आयोजकहरु
घर घरका ढोकाहरु
ढकढक्याउन थाल्छन्
झनै ती माइला साइलाका
मनभित्र त्रासका छालहरु उठेर आफैलाई
गम्लЄ्ग छोपेको आभाष मिल्छ
भोलिको मिर्मिरे विहानीलाई
देख्न नपाउने आशामा
विचरा,
देहातवासीहरु ढोका खोल्न
हात थरथर कमाउँदै
वाध्य हुन्छन् ।
भी न पा २
दोलखा