कविता : भानुभक्त बाँचेको भए …

~डीग बहादुर तामाङ्ग~

यदि आज भानुभक्त बाँचेको भए
भानुभक्तजीले हामीलाई सोध्नु हुन्थ्यो ।
किन गछौं आलोचना गाउँ फर्केकोमा
यदि तिमी त्यसको प्रयोगशालमा बाँच्छौ भने ।
किन गछौं विरोध पञ्चायतको
यदि तिमी त्यसको दासी बन्छौं भने ।
निर्दलीय गए कागजमा, बहुदल आए कागजमा
तर यी के हुन हामी जनतालाई केही थहाँ भएन ।

किन रच्छौ नाटक साहित्यको
यदि त्यहाँ पनि स्वच्छता छैन भने ।
किन उठाउँछौ सदस्यता शुल्क
यदि ती सदस्यको मतलब छैन भने ।
किन गछौं कवि सम्मेलन
यदि घरैबाट नतिजा प्रकाशित हुन्छ भने ।

किन स्थापना गर्छौ संस्था
यदि घरकै मान्छे सदस्य बन्ने भए ।
किन उठाउँछौ सदस्यता शुल्क
यदि त्यस्को हिसाब किताब नराख्ने भए ।
किन माग्छौ चन्दा
यदि त्यस्को सदुपयोग हुदैँन भने ।
किन लगाउँछौं लुगा यदि निरवस्त्र जस्तो भएर हिंड्ने भए ।

सायद भानुभक्त आज बाँच्नु भएको भए
हाँस्नु हुन्थ्यो होला मज्जाले ।
लेख्नु हुन्थ्यो होला कविता गजबले
नाटक भित्र पनि थुप्रै नाटकहरु देखेर
नाटकमा नाङ्गा पात्रहरुले लगाएको लुगा देखेर ।

मेरिल्याण्ड, अमेरिका
जुलाई ९, २००४(आषाढ २५,०६१ं)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.