~लक्ष्मण ओझा~
रामे एउटा गरीब केटो हो ता पनि उसको पढ्ने चाहनालाई वुवा आमाले नकार्न सक्दैनन् । वुवा आमाले उसलाई ऋण गरेर अनेक दःुख कष्ट परि समस्या खपेर अनि उसलाई काठमाण्डांै वातावरणसंग उ त्यति परिचित हुदैन । उसको संगत विस्तारै गाजा रक्सी जाड खाने तास खेल्ने केटिहरुलाई डुलाएर हिड्ने फिल्म हेर्ने संग हुन्छ । उसले समय वितेको पत्तै पाउदैन । उसलाई लाग्छ जीवन भनेको केहि होइन ।
वुवा आमाले उसलाई ठूलो उदेस्य राखेर जग्गा जमिन बेचेर भएपनि उसलाई पढ्न पठाएका थिए । उनीहरुको चाहना थियो छोरो पढेर ठूलो मान्छे बन्छ अनी हामीलाई पाल्नेछ तर उसले वुवा आमाको चाहनालाई लत्याइसकेको हुन्छ । परीक्षा आउछ तर उसले राम्रो गर्न सक्दैन तर उसलाई केहि पीर छैन । एवं प्रकारले परीक्षा तीन चार चोटि आउछ जान्छ तर हातमा लाग्यो शुन्य भने जस्तै परीक्षामा ऊ फेल ह्ुन्छ । उसले आरुना बुवा आमाले दःुख कष्ट गरेर पढ्न पठाएको कुरा बिर्सन्छ । उसलाई भविष्यको कुनै चिन्ता हुदैन । गाजा खाने रक्सी चुरोट जाड खाने तास खेल्ने उसको लत बसिसकेको हुन्छ । जसले गर्दा प्रमाणपत्र तहमा नै तीन चार चोटी गोल खाएर बसेको हुन्छ । उसको वुवा आमा गाउवाट आरुनो छोराको पढाइको वस्तुस्थिति बुझ्न काठमाण्डौैं आउछन् । छोरालाई पढाइको बारे सोध्छन् । तिन चार वर्षसम्म उसले कति पास गरुयो सो कुरा बुझ्न चाहन्छन् । साथसाथै आरुनो परिवारको गरिवीपनको वारेमा अवगत गराएर उसलाई अब आफै जागीर खाने अनि पढ्ने वारे उसलाई भन्छन् । रामे शहरीया खानपीन देखाउदै भन्छ ओ ड्याड क्या झुर ग् गर्नुहुन्छ यार हतार गरेर पनि केहि हुन्छ यार अझै सर्टीफिकेट लेवल पास गर्न तिन चार वर्ष लाग्छ । उसको वुवाले सर्टिफिकेट लेवल भनेको कहि पनि बुझ्दैनन् । छाराले राम्रै गरेको होला भनेर उसको वुवा त्यहाँबाट फर्किन्छन् ।
श्रीपूर २ कैलाली
धनगढी