गजल : आँधी चल्छ अब

~जेवी थुलुङ~

आकाश कालो कालो भयो आँधी चल्छ अब
थाहा छैन यो आँधीमा के के ढल्छ अव

हेर आज छितिज पारी आगो सल्कीएको
त्यही आगोमा रावणको लङ्का जल्छ अब

हिजो सम्म हाम्रो श्रम जति लुट्यौ लुट्यौ
जसको श्रम उसकै खेतमा अन्न फल्छ अब

चटङ संगै दर्की दर्की झरी परिरै छ ।
हाम्रो झुप्रो अगाडीको पहाड गल्छ अब

हाम्रो रगत पसिनाले तिम्रो दरबार बन्छ ।
त्यसलाई खाक पानेै रागो वल्छ अव

– बेलवारी ,४ मोरङ

(स्रोत : धनकुटा सन्देश – अंक ८, अक्टुबर २००५)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.