कविता : लकडाउन

~सुशिला आले मगर~

तिम्रो यादहरु पनि सताउछ र फरार भैदिन्छ,
एउटा मजदुरलाई लकडाउन कारागार भैदिन्छ।

एउटा गल्तिको सजाय बारबार भैदिन्छ,
यदि गल्ती गर्ने निमुखा भैदिन्छ।

हजारौ गल्तीको सजाय मिनाहा भैदिन्छ,
यदि गल्ती गर्ने शक्तिशाली भैदिन्छ।

यादहरु माया बनी आउदा शक्तिशाली आइदिन्छ,
मन याहुदी भैदिन्छ, याद हिटलर भैदिन्छ।

होस गर यस्ता कोरोना बारबार आइदिन्छ,
जब मानिस निरीह र मानबताहिन भैदिन्छ।

जब गरिबको रगत पसिनामा पैसाको खेल खेलिन्छ,
तब पैसा छुदा प्रकृति आफै कोरोनाको रुप भैदिन्छ।

तिम्रो यादमा जब बाबुआमाको याद जोडिन्छ,
मन भित्रको चोटको तड्पन पनि मिठो भैदिन्छ।

यो मन चन्चल हुनु कि के गर्नु अलमल हुन्छ,
जब तिम्रो याद मुटु भित्र लकडाउन भैदिन्छ।

निदाउने कि बिउझने अलमल भैदिन्छ,
सपनिमा तिमी, बिपनिमा तिम्रो याद आइदिन्छ।।

तिम्रो यादहरु पनि सताउछ र फरार भैदिन्छ,
एउटा मजदुरलाई लकडाउन कारागार भैदिन्छ।।

(स्रोत : रचनाकार स्वयंले यसै सङ्ग्रहालयको ‘नयाँ रचना पठाउनुहोस्’ बाट प्रेषण गरिएको ।)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.