ग‌ंग विवस आर.सी.का चार मुक्तकहरू

~ग‌ंग विवस आर.सी.~

१‍
मुलको चिसो पानी नमिठो लाग्छ
असत्य मिठो र सत्य तितो लाग्छ
गाउँ छोडेर शहर बस्न थालेपछि
आफन्त सकिए सबै रित्तो लाग्छ


भोको मान्छे गास नपाउन सक्छ
खाली पेटमा उ नअघाउन सक्छ
आनन्दले सुत्यो भने विचरा उ
सँधैको लागि निदाउन सक्छ


सम्बन्ध ठेक्का पट्टाको टेन्डर हैन
सहमती तोडिए पछिकोे बबन्डर हैन
महिना गएपछि पाना पल्टाउनै पर्ने
भित्तामा झुण्ड्याइएको क्यालेन्डर हैन


तिमीले आफूलाई कोइली चरी नठान्नु
निथ्रुक्क भिजाउने वर्षाको झरी नठान्नु
आई लभ यू भन्ने त केटाको बानी नै हो
आई लभ यू भन्दैमा स्वर्गकी परी नठान्नु

(स्रोत : रचनाकार स्वयंले यसै सङ्ग्रहालयको ‘नयाँ रचना पठाउनुहोस्’ बाट प्रेषण गरिएको ।)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.