कविता : यूग

~मणि प्रसाद भण्डारी~

हे यूग !
तिमी किन अल्मलिन्छौ,
देऊ, जसले जे माग्छ ।
पु¥याई देऊ–
माग्नेसँग केहि हुँदैन,
तिम्रो धर्म सार्थकता यसैले पुरा हुन्छ ।
नत्र ?
तिमीले पछुताउनु पर्ला,
यूग वोल्दैन, त्याहाँ जन्मने सन्तति ।
एका एक जन्मन्छन् ,
र भन्दछन्, ऋतुमा फल्ने फल,
सवै भावी सन्ततिलाई पु¥याउनुपर्छ ।
पूर्ण विकसित नभएको पूजीवाद,
निर्दयी हुन्छ ।
बाडी रहेका तिम्रा सन्तति थिचिन्छन् ।
पूजी, दलाल नोकर शाहको
दलदलमा,
आफ्ना कलिला सन्ततिलाई ।
न भसाऊ –
उकाश, उचाल र सफा पानीमा,
सवैलाई सचेन गर्न देऊ–
यूग !
तिम्रो भलाई एसैमा छ ।
तिमीले पर्ख भन्दा भन्दै ।
भगवान हराए ।
भगवानलाई डमपीङमा फालिदिए,
के ? हेरि बस्छौ
यूग !
लाजमर्दो वनाए,
पैसाले मानवलाई पशु वनाए ।
यूग !

–इटहरी –२ शान्तिनगर, सुनसरी

(स्रोत : धनकुटा सन्देश – अंक ८, अक्टुबर २००५)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.