~रमेश राई~
१६ अगस्ट, २००५ (३२ श्रावण २०६२) को दिन थियो । म मामा जितसँगै भारतको मेघालय राज्य अन्तर्गत पर्ने जयन्तिया हिलको खेलाडी हाटबाट नेपाल फर्कने क्रममा थिएँ । त्यहाँबाट विहान ७ बजेतिर हामी बाटो लाग्यौँ र बेलुकी आसामको गुवाहाटीबाट सिलिगुडीको लागि रात्री बसको टिकट लियौँ । साँझ पौने ८ बजे ब्क्त्ऋ ९ब्ककबm क्तबतभ त्चबलकउयचत ऋयचउयचबतष्यल० डडडघ ल्य। को बस सिलिगुडी तर्फ बढ्यो । समतल फाँट, चौडा सडक, अघिपछि सिलिगुडीकै लागि हिंडेका अरु बसहरु तीब्र गतिमा दौडिरहेका थिए सँगै हामी चढेको बसले पनि गति अझ उच्च बनाउदै गयो । तुलनात्मक रुपमा नै पनि नेपाल भन्दा बाहिर देशतिर सवारी उच्च गतिमा चलाइने गरिन्छ त्यसमा पनि आज त बस झनै जोडले गुडिरहेको जस्तो मलाई लाग्यो, मानौं बस उडिरहेको छ । एक त बस गन्तब्यसम्म चाँडो पुग्ने हुनाले मलाई बस अझ गतिमा जाओस् जस्तो पनि लाग्यो भने अर्कोतिर कतै बस दुघर्टना पो होला कि भन्ने डरले शरिर नै जिरिङ जिरिङ भै राखेको थियो । मेरो मन पनि एक तमासकै भैराखेको थियो , खै ! किन किन मनले पनि दुघर्टनाको रहर गरिराखेको जस्तो। आजसम्म सवारी दुघर्टनामा परिएको छैन कस्तो लाग्छ होला ? यस्तै विभिन्न कुराहरु सोच्दासोच्दै निदाएछु । बस भित्रका बत्तीहरु बल्यो यात्रीहरुको खैलाबैला चल्न थाल्यो रातको १२ बज्नै लागेको रहेछ । केहि मिनेटमै गाडी सडक छेउ लागेर खडा भयो । श्रीराम होटल रहेछ । मामा, शुभ राई (वहा भोजपुर बोयाको हुनुहुँदो रहेछ । सिलोङ्ग, पुलिस बजार बस स्टेसनमा दिउँसो हाम्रो चिनजान भएको थियो ।) र म एउटै टेबल वरिपरि बसेका थियौँ । शुभ दाइको साथी चाँहि पल्लो मेचमा बस्नु भएको थियो । मामाले पहिलो नै वियर मगाउनु भएको रहेछ । हिजो बेलुकीदेखि भात नखाएको, विहान एउटा चाउचाउ खाएर बाटो लागेको त्यसैले निकै भोक पनि लागेको थियो । भात टन्नै खाने विचार थियो तर भात त राम्ररी नपकाएको दिएछ त्यो पनि अलि बासी जस्तो लाग्यो त्यसैले चार गासभन्दा धेरै खान सकिएन शुभ दाईको साथीले त अलि खानु भयो क्यारे ! अन्तिममा वियर र फ्राइ चिकेन खाएर उठ्नु प¥यो ।
१२ः४५ मा बस पुनः सडकमा आएर अगाडि बढ्यो । विहान ८ बजेतिर म सिलिगुडी पुगिएला भन्ने सोचिरहेको थिएँ । बसभित्रको बत्ति अघि नै निभिसकेको थियो । अरु यात्रीहरु प्राय निधाई सकेको थिए । वियरको नशाले गर्दा मलाई पनि अब निन्द्राले छोप्दै थियो ।
सपनामै जस्तो लाग्यो मान्छेहरुको चित्कारले मेरो निन्द्रा खल्बलीयो तर तत्कालै म बेहोस भएछु । रमेश ! रमेश ! माइल ! ! ! तिमी ठिक छौ ? होस आउदा मान्छेहरुको चित्कार र रुवाई मात्र सुने बस दुघर्टना भएछ । आसामकै कोक्राझार भन्ने जग्गा रहेछ । त्यस समय ३ः३० बजेको थियो । सँगै आएका बस अगाडि नै गइसकेका थिए । एउटा बस पछिबाट आउँदै रहेछ तर उक्त बसलाई हाम्रो बस दुघर्टना भयो भनेर थाहा भएन । हामी सडकभन्दा १५० फिट तलबाट कति करायौं, सुसुला पा¥यौ तर गाडी भित्र केहि पनि सुुिनिएन होला । त्यो बस पनि कटेर गयो । मेरो घाँटिमा काटिएछ, मामाको हातमा तिन ठाउँ चोट परेछ, शुभ दाई र वहाँको साथीको टाउकोमा ठुलो घाउ भएको थियो । पिंकी तामाङ्ग, वहाँ मिरिक दार्जिलिङको हुनुहुन्थ्यो । घटनापछि नै हाम्रो परिचय भएको थियो । वहाँको पनि खुट्टामा सिसाले काटेछ । यात्रुहरु मध्ये कोहिसँग मोबाइल फोन रहेछ । पुलिस स्टेसनमा घटनाको जानकारी गराइयो । घटनाको चाल पाएर वरिपरिका मान्छेहरुको भीड लागिसकेको थियो । घाइतेहरु र सामानहरु सडकमा निकाल्ने काम भयो तर कति साथीहरुको भएभरको सामान ब्यागहरु गायव भैसकेछ । पिंकी जीको व्याग नै च्यातेर सबै सामान लगिदिएछ । अरु कतिको पैसा हरायो, माल हरायो । बस सडकभन्दा १५० फिट जति तल उछिटिएको थियो । पानी जमिएको ठाउँमा परिएछ र धन्न हामी सबै जीवितै रह्यौँ । तर घाइतेहरुको अवस्था हेरिसक्नुको थिएन । कसैको हातखुट्टा भाँचिएको, कसैको सिसाले अनुहार नै छिया छिया बनाइदिएको थियो ।
बल्ल बिहान ६ बजे हामीलाई पुलिस गाडीबाट न्यककबष्नबयल ऋष्खष् िज्यकउष्तब िमा पु¥याइयो । सामान्य उपचार पश्चात अरु घाइतेहरु कता कता गए कतिलाई त त्यहि ज्यकउष्तब िमा राख्नु पर्ने भयो । सामान हराउनेहरुलाई तलास गर्ने भनेर पुलिस ले पुनः घटा स्थल तर्फ लगेर गयो । हामी मामा, पिंकी जी, अरु २ जना नेपाली र मलाई चाँहि अर्को बसबाट सिलिगुडी तर्फ पठाइयो । सिलिगुडी पुग्न अझै पनि २५० कि.मि दुर थियो त्यसैले यस विचमा बस पुनः दुघर्टना होला कि भन्ने शंकाले चिन्तित बनाइ रहेको थियो बसको गति उस्तै थियो ।
–रमेश राई, अगस्ट २००५
(स्रोत : धनकुटा सन्देश – अंक ७, सेप्टेम्बर २००५)