~अञ्जु अञ्जली~
समयले पिल्सिएर नफुलेको काँस हो यो
शान्ति हेर्न घिटघिटोमा अड्किएको सास हो यो
जताततै रगतले पातिएको यो वेलामा
नचिन्नै यहा सकिन्न है खै कसको लास हो यो
बम र बारुद विष्फोट हुँदा जीवनसँग फगत
रंगहरु डढेर मुर्झाएको घाँस हो यो
दाजुभाइ वारिपारी बन्दुक बोकी ताकिरा’ छन्
यस्तो वेला मिलन होला भन्ने अन्तिम आश हो यो ।
–पथरी मोरङ्ग
(स्रोत : धनकुटा सन्देश – नवौं अंक नोभेम्बर, २००५)