~नरेस राई~
अकस्मात शून्य कानमा ताजा
समाचारहरु गुञ्जिए
आङ जिरिङ्ग हुने गरी त्यही
पुनः हत्या हिंसाका शब्द दोहोरिए
लाग्छ अब नेपालको अस्मितामा
ठूलो दाग लाग्नेछ
सहिदहरुको सपना नेपाली
लाससँगै पुरिनेछ ।
हिजोसम्म शान्त नेपाल
आज के भयो, भयो ?
प्रगति पो हुन्छ कि भन्दा
विनासतर्फ लम्कियो
हौं नेपाली दाजुभाइ हो
अब त बन्द गरौ यो लडाई
पाउछौ पो केर निर्दोष
आफन्तलाई रुवाई
जुटौ देशको भलाइको निम्ति
आफ्नै माटोमा पसिना बगाई
बाँचौ सब एकजुट भई
विश्वमा शान्तिको झण्डा फहराई ।
– सुन्दरपुर, मोरङ्ग
(स्रोत : धनकुटा सन्देश – अंक ८, अक्टुबर २००५)