~जोतारे धाइवा~
भेडीगोठको
दुर्घन्धित घेरोमा कैद
कुनै चतुवाको जस्तो
हेर्दै विवशताको कथा
पाइला–पाइलामा
उम्रिएर साथ लाग्छ,
झोपडीको
औंसी नाच्ने ओसिलोमा
कुख ढिंडो निल्ने
फराकिलो घाँटी नहुँदा
जिन्दगी कतै
रहरको काधसम्म चढेर
फगत कटु वर्तमानलाई
विछ्यौनामा एक तमास पार्न
सपनाको लोरी गाउछु
बैशाखी तर
घुम्तीको वास्तविकतामा
चर्किएर चिरिक्क
बन्छ बेकामी ‘बैंक ब्यालेन्स सो’
र कुनै आधुनिक मित्रजस्तो
मुटु देखाएर हिउँदको
छोडेर हिडँछ बीचैमा
एक लंगडो यातनालाई
यहींनेर
कपासको सेतोमा टाँसिएको यौवन
यो बुढेसकालको
थोते अध्यायमा
हाँसो ब्यत्त गर्न
साथमा कुनै दन्तेलहर छैन
उफ कस्तो चर्को यो बेस्वाद !
फुस्रा नानी तैरिएको
दुई आँखामा
भुलभुलाइरहेछ
ताता–तातो जरुवा ।
(स्रोत : धनकुटा सन्देश – नवौं अंक नोभेम्बर, २००५)