~इन्द्र कुमार श्रेष्ठ~
जाली मूर्ख फटाहाको फेला परेको छु
माथि जान खोज्दा सधै तल झरेको छु
पापी–घातीहरु भई भरिसके मुरी
मैले भने पसिनाको मुठी भरेको छु
कुप्रथाको जंगल नै फेरिएको बेला
त्यसैवीचमा इमानको वीउ छरेको छु
छेपारोले जस्तो रंग फेर्न नजानैर
आफूलाई गर्नसम्म बर्बाद गरेको छु
‘इन्द्र’ जी को स्वर्ग पनि चाहिएन अब
आफनै झुप्रे कटेरोमा बसाई सरेको छु ।
–कमलाकुञ्ज, ओखलढुङ्गा
(स्रोत : धनकुटा सन्देश – नवौं अंक नोभेम्बर, २००५)