~तोषल दाहाल‘अल्पभाषी’~
फलामको ढोका भनेर
चर्की चर्की कराउछन्
उत्सुक विद्यार्थीको मनोवल गिराउदै
निरीह अभिभावकको सपना चिराउदै
जो अगुवा उही बाटो….. भनेझै
परीक्षाको मर्यादा जोगाउन खटिएका
शिक्षित गार्डहरु
सचेत सुपरीवेक्षकहरु
स्वयं नातावादबाट प्रेणित भएर
सरस्वतीलाई ढाटिरहेछन्,अन्धकारमै नाचिरहेछन्
विम्व विनाको प्रतिविम्व रचेर
कैयौ शिक्षित वर्गहरु
गद्गद् भएर हासिरहेछन् ।
जव प¥यो राती अनि वुढी ताती भनेझै
ज्ञानका प्रसारक कुनै शिक्षकहरु
आफु र आफ्नो विद्यालयको इज्जत राख्न भनी
गलत काममा लागिरहेछन्
यसरीनै देशका मार्गदर्शकहरु
आफ्नै प्रतिष्ठाबाट भागिरहेछन्
अनि भोलिका कर्णधारहरु
छायाँ बनेर जागिरहेछन्
नाकमै दुर्गन्धले लेपिएपछि
कसरी रोज्ने सुगन्धलाई
आखामै कालो चस्माले ढाकिएपछि
कसरी छुट्याउने रंगहरुलाई
शिक्षा त समाजको आँखा हो
यसलाई सम्हालेर राखिनु पर्छ
निच्छलता अनि सत्यता
हाम्रो भाका हो
यसलाई मिलेर गाइनु पर्छ
मुहारलाइनै सुन्दर राख्ने
नेपालीहरुले आज फेरी
दर्पण पो सजाउन थालिसकेछन््
अध्यारोमा प्रकाश दिने दिपहरु पनि आज फेरी
घाम नअस्ताउदै वालिइसकेछन्
प्रमाण–पत्र भनेको तः–
दिमागको प्रतिविम्व हुनुपर्छ
शीपको फोटोकपि हुनुपर्छ
अन्तर ह्दयलाई चिह्रयाउने
एउटा स्यानो झ्याल हुनुपर्छ
व्यक्तिको ब्याक्तित्वको साँचो खोल्ने
एउटा चमत्कारपूर्ण चावी हुनुपर्छ
त्यसैले त,
निच्छल, विश्वासनीय र मर्यादित
एस.एल.सी. परीक्षा हुनैपर्छ
-दावाँ, भोजपुर
(स्रोत : धनकुटा सन्देश – अंक ८, अक्टुबर २००५)