लघुकथा : उन्मादीत प्रकृति

~अलका मल्ल~

रातको चकमन्नतामा ताराहरु अन्धकारलाई बाजी मार्ने अभिमानले चम्कींदै फुर्कीरहेको थियो । सूर्य पनि ताराहरु भन्दा निकै तेजीलो शक्तिशाली प्रतिक सम्झेर ताराहरु बिचको राजा बन्दै गमक्क पर्दै थियो । ढल्कंदै गएको रात पछि कुखुरा बास्न थाल्यो र उषःकालको शुरुवात भयो । उषाको किरण संग संगै चराचुरुङ्गीहरु ची ची गर्दै आफ्नो आहारको निम्ति भौतारिंदै थिए । बिहानीको मिर्मिरे उषाले फूलहरु अनि पातहरुमा सितका थोपाको ताजगी देखिन्थ्यो । हिमालका सेता हिउँ प्रष्ट रुपमा देखिन थाले मिर्मिरे उषा मख्ख पर्दै धर्तिमा हेर्दै आफ्नो वर्णन गर्दै स्वछन्दतामा दिनको काम गर्नको लागी आफू उर्जाको प्रतिक सम्झंदै घमण्ड गर्दै थियो त्यसपछि हर प्राणी, जंगलका रुखहरु अनि हर आकारका प्रतिबिम्ब दिने छायाँले आफ्नो रुप लिंदै थियो, त्यसपछि प्रकाशनको तेजिलो उपस्थिति हुनथाल्यो, प्रकाश जत्ति तेजिलो भई आफ्नो तेज देखाउन थाल्यो छायाँको पनि शक्ति बढेर झन् झन् गाढा भइदिन थाल्यो । छायाँको अहंकार देखेर प्रकाश केहि बाद बिवाद नगरी मौन हुंदै लुसुक्क पर्न थाल्यो । त्यत्तिकैमा बादलले आफू चाहेको रुपमा वायुमा घुम्न थाल्यो र प्रकाशलाई धकल्दै छेक्न थाल्यो, प्रकाश बिलिन भएपछि छायाँ पनि हराउन थाल्यो ।

गड्याङ्ग गुडुङ्गको आवाजले चट्याङ्ग आफ्नो रुप देखाउँदै थियो । इन्द्रेणीले सात रङ्गहरु आफ्नो कब्जामा लिएर धनुषाकार बनाउन थाले । हर प्राणीले हेरिरहने इन्द्रेणी आफू खुशी वायुमण्डलमा आफ्नो रुपको अहम्ता देखाउन थाल्यो । झरीलाई इन्द्रेणीको रुपको इष्र्याले असह्य भयो र मेघ गर्जन संगै मुसलधारे पानीमा परिवर्तन भइदियो । नदीहरु पनि के कम मुसलधारे पानीलाई पछार्ने मनसाय राख्दै बाढीमा परिवर्तन भइदियो ।

बाढीले आफ्नो रुप देखाइसकेपछि तातो, चिसो, गर्मी जाडो सहंदै आएको बिचरा जमीन पनि सिञ्चित भइ उन्मादीत हुन थाल्यो ।

“वायुमण्डल” सबैको चर्तिकला हेरि बसेको थियो, अर्कोतिर ज्वालामुखी भक्कानिएर बिस्फोट हुन थाल्यो । भइचालो पनि के कम आफ्नो रुपमा डगमगाउन थाल्यो । पृथ्वीमा कतै जमिन भासिन थाल्यो, घरहरु क्षत –बिक्षत भई मानवहरु अलपत्र हुन थाल्यो, भइचालोको संकेतले कुकुर भुक्दै थियो कागहरु का का गर्दै, चराचुरुङ्गिहरु चिचि अनि हर पशु पञ्छीहरु चिच्याउँदै, भौतारिंदै गुहार्न थाले ।

क्षणिक उथल पुथल पछि क्रमबद्घ रुपमा प्राकृतिक नियम सामान्य रुपमा चल्दै गयो ।

यसरीनै यो पृथ्वीको चोला युगौं युग देखि निरन्तर चलिरहेछ ।

-कान्तिपथ, काठमाडौं

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.