~छेनाम~
प्रयत्न
परीकल्पनाको बक्र आकृतीलाइ सब्दले आकार दीन खोज्दै
मडारीर्हेको कालो बादल मा तैरीएर
एक अध्येय कोर्न खोज्दै छु
खोक्रो सीद्धन्तलाइ नकार्दै
आफुले आफुलाइ परीभासीत गर्न प्रयत्न गर्दै छु
फुस्रा देखावटी र बनावटी क्लोनहरुमाझ
म आफु हुन खोज्दै छु
भ्रमको जन्जालबाट नीक्लीदै
कथीत अदृश्य अनीस्चीत भोलीतीर
लतारीदै छु
जीबन को रहस्यमय पहेलीहरु सुल्झाउदै
आफैलाइ बुझ्दैछु
नीस्पट अन्धकार चीर्नलाइ
जुनकीरीझै
आफुमा ज्योती भरीरहेछु
नीसासीलो मौनतालाइ भङ्ग गर्न
सुमधुर सङगीत रच्दैछु
बीसमताहरुलाइ आत्मसात गर्दै
आफैलाइ अपनाउदैछु
सब्दको लहरामै सम्मीलीत भएर
अन्नत सम्म फैलीएको
ब्रम्हान्डको हरेक चीजमा समाहीत हुन चाहन्छु