~दीपक कुमार ज्ञवाली~
देउरालीमा बस्दा बस्दै
आमाको दर्शन पाएँ
साक्षात् देवि आमा तिमी
कुन लोकमा तिमी थियौ
अनाथ बनाई बालकलाई
छोडी तिमी कहाँ गयौ
त्ाँते ताते गर्दै हिडाऊँथ्यौ
मझैरी र आँगनीमा
कोखाई कोखाई गर्दै खुबाउथ्यौं
दुधभात मलाई सधै
जिब्रो मै अट्केको छ
दुधभात आमा अझै
बयान कति गरौं तिम्रो
आमा तिमी कहा गयौ
देरालीमा चढाउँथे
फूलपाती मैले सधै
साकार भयो ईच्छा मेरो
मैले मेरो आमा पाएँ
मलमूत्र खकार बिष्टा
तिमीलाई चन्दन हुन्थ्यो
हिमाल झैं अटल तिमी
हृदय कति बिशाल थियो
मातृत्वको खानी तिमी
माया कति घोप्ट्याउथ्यौ
आ……मा ,आमा तिम्रो काखमा बस्न पाए
स्वर्गानुभूति मलाई हुन्थ्यो
किन अनुहार मलीन तिम्रो
छायाँ झैं देख्छु मुहार
कहाँ गयो वास्तबिकरुप
प्रतिमूर्ति वात्सल्यको
आमा तिमीलाई के भयो
तिमी बिना आमा मलाई
संसारै सून्य लाग्यो
तिमी भए आमा मलाई
चाहिदैन अरु केही
धन सम्पत्ति केही होईन
आमा तिम्रो माया पाए
सारा जगत मेरै हुन्थ्यो
तिम्रो काखमा बस्न पाए
स्वर्गानुभूित मलाई हुन्थ्यो
आराधना गर्छु सधै
प्रतिमूर्ति भगवानको
आराधना स्वीकार गर्नु
अनाथ वालक ठानी सधै
आ..मा, आ…मा , आ …मा,
दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )