~रासा~
दुःखको ठेला ठेलेर कतिञ्जेल बाँच्नु !
रोगको तोरी पेलेर कतिञ्जेल बाँच्नु !
जिन्दगी यौटा पाएको समस्याकै भारी
मृत्युको खेल खेलेर कतिञ्जेल बाँच्नु !
के मात्र खाने होला है यस्तो महङ्गीमा
भोकको रोटी बेलेर कतिञ्जेल बाँच्नु !
यात्रामा एक्लो पर्दा नि आँट छोडिएन
कुण्ठाको साथ झेलेर कतिञ्जेल बाँच्नु !
सुन्दर चित्र हेरेमा चित्त सफा हुन्छ,
छायाको रङ छेलेर कतिञ्जेल बाँच्नु !
– Dev Patan, Kathmandu
(स्रोत : अभिव्यक्ति – दुइ महिने साहित्यिक पत्रिका – वर्ष 46 | पुर्णाङ्क 89 | Baisakh-Jestha,2063)