कथा : आधुनिकता

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

हो मनिषा , तिमी भन्दा म अलि पछि नै छु । यसो भनिरहँदा मलाई कत्ति पनि हिनताबोध छैन । किनकि म समयको बहावसंगै बगिरहेको छु । तिमी र म मा यत्ति फरक छ कि मनिषा तिमी अलि अली कुदेकीछौ , तिमी म, भन्दा अलि बढी दौडीएकी छौ । समयलाई समाऊन, परिस्थितिलाई आफ्नो पोल्टामा पार्न । यस मानेमा म अलि पछाडी छु तिमी भन्दा । यत्ति नै त हो हामी दुईमा फरक ।

के भन्यौ अभिनव, म समयलाई समाऊन दौडीएकी हुँ,? म समय परिस्थिति , देश काल बुझेर हिड्ने एउटा सवल र सक्षम स्वास्नीमानिस हूँ । अझै तिमीलाई लाजलाग्दैन समयको बहावसंगै हिडीरहेको छु भन्नलाई ।

लौ सुन, अभिनव मेरो दृष्टिमा तिमी कस्तो मानिस हौ भने, पुरा का पुरा पुरातनवादी , पुरातनमा जकडीएर आधुनिकताको आभाषसम्म पाउन नसकेको ब्यक्ति । कुवाको भ्यागुतो जस्तो ।

कसरी भन्न सक्छौ अभिनव अझ समयको बहाव र आधुनिकतालाई पछ्याईरहेकोछु भनेर ? ।

कति अन्तर छ तिमी र म मा । अन्तर यत्तिमा मात्र सिमित छैन, तिम्रो घर परिवार र मेरा माईति आफन्तहरुमा कति अन्तर छ । म र मेरा माईति आधुनिकताका पर्याय नै भै सके , यस समाजका भन्दा भिन्न ।

यता तिम्रो घर परिवार खानदान पुरातनवादी र परंपरावादीका नाममा थिचिएर दबेर बसेका ,कस्ता मानिसहोलान् यहाँका ,आफुले आफैलाई दबाएर बसेका । कतिसम्म दबीएर बस्न सकेका । बोली चाली लवाई खवाई हिडाई डुलाई बरब्यबहार , कस्तो अनौंठो आफुले आफैलाई दबाएर बस्नु पर्ने बोल्नु पर्ने ब्यबहार गर्नु पर्ने , आधुनिक परिबेश भन्दा एकदम पृथक, । कहाँ को तिमी कहाँ को म ।

तिमीले अप्ठेरो नमान है अभिनव म साचो कुरा भन्दैछु ।तिमीहरुलाई न आधुनिक खाना बनाउन आउछ न आधुनिक खाना खान नै आउछ न त बोल्न नै जानेका छौ आधुनिक र सभ्यभाषा । न त कपडा नै राम्रोसंग लगाउन आउछ । न त बोलीमा शिष्टता छ न त ब्यबहारमा ।

थाहा छ तिमीलाई अस्ति त हो तिमी र तिम्रो परिवारले कस्तो लाजमर्नु गराएको मलाई ।

मेरो दिदी भिनाजु तिम्रो बोली र ब्यबहारबाट कस्तो लज्जित होईस्यो । । पहिलो भेटमै तिमीले आफ्नो गवारपनको परिचय दिन भ्यायौ ।

समयसंगै वहने हावाले स्थिर पीपलको पातलाई बशमा पारेर कसरी फिर फिर पार्दै यता र उता गराउँ छ तिमी जस्ता गवारलाई के थाहा ?

मेरो माईतिको भान्छामा पाक्ने परिकार र त्यसको संबोधन आधुनिक परिचायक भैसकेको छ ।

तिमी भातलाई भात नै भन्दछौ मानिसलाई संबोधन गर्दा त, तपाइर्, तिमी, बा आमा आउनुस, जानुस् ,सुत्नुस् अथवा सुत्नु भयो भन्दछौं, खानुस् खानुभयो जस्ता शब्द प्रयोग गर्दछौ।

तर हाम्रो माइतिमा भातलाइ भुजा भन्छौ हजुर आइस्योस् गईस्योस्,बुबाहजुर मुमाहजुर राजहोईस्योस् , ज्युनार गरिस्योस् शुकला होईस्योस् जस्ता अत्यन्त सभ्य र आदरार्थी शब्दबाट संबोधन गरेर ठुलावडाको सम्मान र सानालाई माया गर्दछौ ।

म यस घरमा भित्रीएको दिनदेखि तिमीलाई यस्ता आदरार्थी शब्द बोल्ेन अभ्यास गराउँन कति कोशीष गरें तर के गर्ने, तिमी उही पाखे को पाखे ।

के गर्नु कहिले काँही मलाई कस्तो लाग्छ भने यदि मेरो मुखमा दुइटा जिब्रो भै दिएको भए काँठे भाषा र हामीजस्ता आधुनिक समाजका मानिसलाई संबोधन गर्ने शब्द फरक फरक जिब्रोले बोल्न सजिलो हुने थियो । जिब्रो लटपटिने थिएन काँठे शब्द बोल्दा । मानिसको औकात अनुसार शब्दको प्रयोग ब्यबहार गर्न कति सजिलो हुने थियो ।

अभिनव के के कुरा कति भनीरहँु तिमीलाई । पैला पैला भान्सामा निषेध गरिएका खाद्य वस्तुहरुले अहिले सहज प्रबेश पाईरहेकाछन् समाजमा ।

घर घरमा मानिसको जमघट भै रहेको हुन्छ । रमाईलो गर्छन् ।आधुनिक परिकार टेबलमा सजाईएको हुन्छ । आफुलाई मनलागेका खाद्यपदार्थ आफै पस्केर खान पाईन्छ । कति निकटता, मानौं भेला भएका मानिसहरु एकै घरपरिवारका सदस्यहरु जस्ता ।

अझ प्याला प्यालाको स्पर्श र चुम्बनले परिबेशलाई अर्कै बनाईदिएको हुन्छ। समाज यस्तो भैसक्यो मानिसहरु खान्छन् पिउँछन् गाउँछन् नाच्छन् रमाइलो गर्छन् । अ हो आधुनिक परिबेशको मेरो माईति समाज । कति उच्चसँस्कारको छ मेरो माइति परिवार ।कति बदलीदै छ हाम्रो सँस्कार र सभ्यता ।

यस्तो परिबेशलाई आत्मशात गर्ने क्षमता तिमीमा अझै बिकास हुन सकेको छैन । कसलाई के भनौं कोसंग गुनासो गरौं मेरो आकांक्षा, ईच्छा तिमीलाई नभनेर कसलाई भनूँ । जत्ति भने पनि अनुनय विनय गरे पनि तिमी जस्ताको तस्तै ।

अस्ति साथीले आयोजना गरेको कक्टेल पार्टीमा कस्तो बोर गर्‍यौ तिमी ले ।

मानिसहरु खाए पिए रमाईलो गरे, गीत गाए नाचे झुमे रमाए ।

मेरो साथीले आदरकासाथ दिएको मदिराको प्याला तिमीले स्वीकार नगर्दा अथवा नपिउँदा कत्ति नमज्जा मान्यो, मेरो हात समाएर साथी मसंग नाच्दा तिमीले उसलाई नराम्ररी हेर्‍यौ रे मसंग तिम्रो बारेमा दुईचार कुरा भन्नसमेत भ्यायो ।

भो भो मनिषा मसंग कथित आधुनिकताका कुरा नगर । विषमीश्रित आधुनिकता मलाई चाहिएको छैन ।म जे छु यसैमा मलाई आनन्द आएको छ ।मलाई आधुनिकतारुपि खण्डित जामा पहिरिएर समाजलाई धुमिल बनाउनु छैन ।म मात्र हैन हाम्रा छोरा छोरीलाई समेत तिम्रो आधुनिक परिबेशबाट अलग्गै राख्न चाहान्छु । मलाई त्यस्तो मन पर्दा पनि पर्दैन र म गर्दा पनि गर्दिन । मैले तिमीलाई पनि संमmाउने कोशीष गरेकै हुँ । हामी जस्ताको लागि त्यस्तो समाज कहिलै आफ्नो हुन सक्दैन । त्यसते चाल चलन र ब्यबहार ले समाजको हित पनि गर्दैन ।

हेर हेर अझै अर्ति र उपदेश दिएको , तिमीलाई थाहा छैन यो एक्काईसौं शताब्दि हो । नारीले पनि अधिकार पाएकाछांै नारीलाई पनि छुट छ अधिकारको उपयोग गर्न । स्वतन्त्रताको उपयोग गर्न नारीले पनि निर्वाधरुपमा पाउनु पर्छ ।

अस्तिको घटनाको बारेमा मैले सबै कुरा कहाँ भनेकी छु र तिमीलाई सुन्न सक्छौ तिमी ति कुरा लौ सुन , कस्तो भित्त्तामै पुर्‍याउने गरी भन्यो, अझ पनि त्यस्तो पाखेलाई लिएर आएको ,त्यस्तो पाखेसंग कसरी बस्न सकेको भनेर । अझ पनि के बिग्रेको छर छाडीदेउ त्यसलाई । तिम्रोलागि मेरो दिलको ढोका उघारै छ भनेर भन्नसम्म भ्यायो ।

अझ मैले पनि नपिएको भए त्यस्ले कस्तो ठान्थ्यो होला ? आयो सबैसंग हात मिलायो छातिमा छाति मिलाएर हग गर्‍यो । सबैसंग पालैपालो नाच्यो । कस्तो आत्मीयता देखायो । मानिस हुनु त उ जस्तो खुला हृदयको । यता तिमी भनि एउटा कुनामा गएर बस्यो रिसाएको हो कि खुसिभएको हो कि । केहि जान्न नसकिने ?

सबैका जोडीका हातमा आधुनिकताको प्रतिक थिए । वाईन मदिरा, बियर, कक्टेल थियो । कति मस्ति गरे अरुका जोडीले । आफ्नो त कर्म उस्तै, आधुनिक जमानामा पनि पुरातनवादी पति मानेर बस्न बाध्य ।

बिचार गर, सोंच है सोंच मैले भनेकी छु , आधुनिक बन आधुनिक, समयसंग बहन सिक, सिक न सिक तिमीलाई सिकाउन म हरपल तयार छु । अझै समय छ यो आधुनिक जमानाको भरमग्दुर उपयोग गर ।

आधुनिकतालाई आफ्नो पोल्टामा खन्याउन सिक घोप्ट्याऊ, खन्याउ । अहा त्यो दिन कस्तो होला ? हाम्रो हातमा मदिराको प्याला, आधुनिक सभ्यताका चिरीच्याट्ट परेका पोशाक, आधुनिक संगीतको मिठो धुन ,कसैले कसैको वास्ता नगर्ने दुनियाँ त्यो निष्पट्ट रात, मदको नशामा हामी दुबै मmुमेको क्षण ।

तिमी पनि नशाले धुत भएपछि मेरो स्वतन्त्रताको पराकाष्टामा तिमीले औंला ठड्याएर राता राता आँखा पारेर हेर्ने थिएनौ । मेरा कृयाकलापमा तिम्रो असहमति हुने थिएन । त्यस्तो बेलामा मेरो शिर कति उँचो हुँदो हो । अ हा त्यो समय हाम्रो लागि अपूर्ब र अनुपमको क्षेण हुने थियो ? स्वर्णिम कल्पनामा जिवनमा यथार्थताको अपेक्षा ।

सुन त मनिषा मैले तिमीलाई मेरो ख्याल गर भनेको छैन । छोरा छोरीको ख्याल गर भनेर भनेको छैन र मेरा बा आमाको पनि ख्याल गर भनेर भनेको छैन ।मैले तिमीलाई यतिमात्र भन्दै आएको छु कि तिम्रा बा आमाको , तिम्रो माइतिको र आफन्तको प्रतिष्ठाको ख्याल गर । तिम्रा भाइ बहिनीलाई भबिष्यमा कस्तो बनाउने त्यसको ख्याल गर भनेको हो । हाम्रा जन्मेका छोरा छोरीको भबिष्य कस्तो बनाउने उनिहरुलाई नैतिक शिक्षा कसरी दिने मैले भन्दै आएको यत्ति न हो । अफशोच मैले तिम्रो दिमागमा यि कुराहरु घुसाईदिन सकिन अर्थात् मैले तिमीलाई संमmाउनै सकिन कि तिमीले मेरा कुरा ग्रहण गर्न नचाहेको हो केहि बुमm्न सकेको छैन ।हेर सबै भन्दा ठुलो समाज हो । तिमीले मलाई नटेर त्यसमा मलाई कत्ति गुनासो छैन । तर समाजसंग डराउ । समाज यति बलियो र शशक्त छ कि समाजले छिन्को छिनमा मानिसलाई माथी उठाउँछ र कहिलै उठ्न नसक्नेगरी तल पनि खसाल्छ । समाज कहिलै बहकीदैन र मmुटो पनि हुँदैन । वास्तबमा मानब जिवनमा समाज ऐना हो भन्दा अतिशयोक्ति नहोला । समाजले सबैलाई हेरेको छ तिम्रो माइति पक्षकालाई हेरेकोछ तिम्रो घरपक्षकालाई पनि हेरेको छ । समाजले उठाउने औंला हामीतिर ठडियो भने हामी कलंकित हुनेछौं । अनि हामीलाई समाजमा जिउन मुश्किल पर्ने छ । हामी मानवजाति समाज बिना बाँच्न सक्दैनौं । मैले भन्न खोजेकोे यत्तिमात्र त होे ।अब देखि म आधुनिकताको बारेमा तिमीसंग बहस गर्दा पनि गर्दिन र आयन्दा यस्ता कुरा म संग गर्दा पनि नगर ।

अनि मैले छोरा छोरीलाई पनि तिमीले भन्ने गरेको र अंगालेको आधुनिक परिबेशबाट अलग्गै राख्न चाहान्छु र राख्छु पनि। यस्ता प्रबृत्तिले हामीले भन्ने समाज र समाजमा रहेका मानिसको कल्याण गर्दैन।

अर्काे कुरा तिमीले जुन स्वतन्त्रताको ब्याख्या गरेकी छौ नि तिमीले उपयोग गर्ने स्वतन्त्रतालाई हामी नजिकबाट नियाली रहने छौ नियाली रहने छौ ।

अ हो अभिनव तिम्रो अर्ति उपदेशले मेरो दिमाग नै तातिसक्यो ,भो भो बन्द गर अब यस्ता उपदेश आदेश र अर्तिका कुरा ।

म पनि कस्ती नारी मैले समयमा निर्णय लिन नसक्दाको परिणाम त हो अहिलेको मेरोे जिवन ।

सबैले हाइ हाइ गराएकै थिए , मेरो लागि आफ्नो दिलको ढोका कसले खोलेका थिएनन् र ? मेरो संगत र संसर्गमा आउनेहरुले मेरो रुपको प्रशंसा गरेकै थिए । मायाको प्रस्ताब पनि नराखेका होईनन् । के गर्नु समय र परिस्थिति चिन्न नसक्नु मेरो कमजोरि हो मेरो भूल हो ।

फेरी जमाना यतिबिध्न परिबर्तन होला भन्ने पनि थिएन । बन्द समाज यति खुकुलो होला भनेर कसले सोचेको थियो र । समय परिस्थिति अनुसार यि मानिस खराब र नराम्रा पनि त थिएनन् ।

म मा पनि यति साह्रो आधुनिकताको मोह पनि चढेको थिएन ।

विवाह पछि बजार घुम्नु किनमेल गर्नु सिनेमा हेर्नु समय अनुसार होटलमा खाना, खाजा खानु र मर्यादीतरुपमा घुमफिर त गराएकै हुन ।

घर परिवार पनि नराम्रै हुन् भन्न नमिल्नेखालका ।

समय फेरीयो समयको बहावलाई पछ्याएँ आधुनिकतामा म लपक्कै बेरिएँ । मानिसको ईच्छा आकांक्षा न हो अनेक स्वादमा रमाउन चाहाने ।

किन हो किन आज कल्पनाको सागरमा मनिषालाई डुब्न मन लाग्यो । कल्पनातित हृदयले के के कल्पना गर्न थाल्यो के के ।

मनिषाको कल्पनाले कहाँ पुर्‍यायो कहाँ ।शरिर र मन पृथक हो भन्नेमा बिवाद रहेन । मनलाई नियन्त्रणमा राख्नसक्नेलाई नै योगी भन्दछन् । तर एउटा सामान्य मानिसले मन र शरिरलाई पुर्णरुपमा नियन्त्रणमा राख्छु भन्न खोज्नु कोरा कल्पना सिवाए अरु केही होइन । शरिरका अबयबहरुले मानिसलाई क्रियाशिल बनाई रहेको हुन्छन् ।

अन्तःकरण सधै पबित्र रहन पर्‍यो । तर यो हाड छाला थुक र्‍याल कफ दिशा पिशाबरुपि शरिर सधै बिटुलो हुन्छ । यसलाई अझ बिटुलो गराउँदा के फरक पर्छ र अभिनव ?

हृदयले हृदयलाई हेर अभिनव पबित्र आत्माले पबित्र आत्मालाई स्पर्श गर । शरिरले शरिरलाई स्पर्श गर्दै आईरहेकाछौ । मलाई मन लागेर होस् अथवा नलागेर होस् । म यहाँ रहँदासम्म तिम्रा कृयाकलाप यसरी नै चलिरहने हो । किनकि तिमी मबाट गाज्जीएका छौ । तिमी मबाट फुत्कन सक्ने अवस्थामा छैनौ । तर म तिमीबाट गाज्जिएकी छैन । मैले जन्म दिएका सन्तानबाट पनि म गाज्जिएकी छैन ।

म वायुपंखी घोडा जस्तै हुँ । मेरो समाज तिम्रो जस्तो संकुचित छैन, बिशाल छ बिशाल । बिशाल र फराकीलो उदार समाजभित्र हराउँन मलाई कत्ति गारो छैन । म जहाँ जसकोमा पनि अटाउँनसक्छु हराउन सक्छु ।मेरो लागि सुन्दर द्धारहरु निर्माण गराईन्छ । रातो कार्पेट ओछ्याईन्छ । अनि म हिड्दा अत्तर र फूलको वर्षा गरिन्छ । सजिएका मदका प्यालाहरु स्वागतकालागि तयार पारिन्छ । अंकमालका लागि सुन्दर अनुहार र ब्यबहारका हातहरु अगाडी आउछन् । मेरो स्वागतको लागि आधुनीक संसार सधैब तंतयार अबस्थामा रहेकाछन् ।

यसो भनिरहँदा मैले तिमीलाई अहिले नै बिर्सन कहाँ सक्छु र । सामाजिक वन्धन भन्ने गर्छाै नि हो त्यहि बन्धनले बाँधि रहेको छ मलाई पनि ।

तिमी आधुनिक प्रबिधिमा बिश्वास गर्ने । म समाजमा बिद्यमान आधुनिक भौतिक साधनमा बिश्वास गर्ने ।

यथार्थमा आधुनिक समाजमा रमाउने मानिस म । हाम्रो शैलिमा कति भिन्नता । कति अन्तर छ है हामी दुईमा । तिम्रो पारम्पारिक मान्यताले कता हो कता मलाई अन्जानबश घच्घचाई रहन्छ । सायद मेरो अन्तकरणले कता हो कता तिमी ठिक र म बेठीक भनेको हो कि भन्ने भान पर्दछ ? यसलाई पनि अभिनव मैले तिम्रो महानता हो कि भन्ने ठान्दछु । किनकि तिमीले घर संहालेका छौे छोरा छोरी संहालेका छौ ।

म मदहोस भएर परपुरुषको अंगालोमा बेरीएर मध्यरातमा घर आउँदा पनि तिमीले मसंग सोध्ने हिम्मत गर्दैनौ यस्तो के गरको भनेर ? । अझ छोरालाई भन्ने गर्छौ आमालाई सञ्चो नभएर आमाका साथीले घरमा पुर्‍याउन ल्याएको भनेर ।

कतिसम्म बुमmपचाउन सक्छौ तिमी । कतिसम्म ठाट्नसक्छौ आफु र छोराछोरीलाई । तिम्रो मर्यादाले तिमीलाई बारम्वार धोका दिईरहेकोछ । अझ कति धोका दिने हो ?

होस र बेहोसको अन्तर छुट्टाउन नसक्ने तिमी ।सायद तिमीलाई थाहा नहोला म पटक पटक नव बेहुली झैं आधुनिकताको रंगमञ्चमा सजिएकी हुन्छु । किन भन्छ ?यो आधुनिक समाजले तिमीलाई मेरा त्यस्ता गतिबिधिका कुरा ।

छोरा छोरीलाई समेत रोकेका्छौ आधुनिक परिबेशको समागमबाट । तिनीहरुको शरिर र आत्मा तिम्रो जस्तो एउटै नहुन सक्छ । मातृत्वबाट आल्हादित भएर आज जसरी तिमीसंग छन् भोलीका दिनमा मसंग नहोलान् भन्न सकिदैन । मसंग हुनु भनेको आधुनिकतालाई अंगाल्नु हो ।

हिजो र आजमा कति अन्तर हुँदै आएको छ । ।सतहीरुपमा त हो मानिसले मानिससंग ब्यबहार गर्ने । तिमी त्यही सतहीरुपमा रमाऊ म मानिसको अन्तरहृदयमा घुलमील भएर रमाऊँछु पानीमा चिनी घोलीए झैं ।

अभिनव तिमी त आधुनिक परिबेशसंग घुलमिल हुन नसक्ने ब्यक्ति पत्थर जस्तो । न गल्ने न त पग्लने

म त मानिस हूँ गल्छु पग्लन्छु घोलिन्छु । म घोलिंदाको स्वाद अरुले लिंईरहदा यो समाज भनाउँदा र समाजमा बस्ने मानिसलाई के को आपत्ति? तिमीलाई के को आपत्ति ?

। त्यसैले मैले बारम्वार तिमीलाई भन्ने गरेकीछु ।आधुनिक परिबेशको गुण थाहा पाउनलाई आधुनिकतामै डुुबुल्किमार्न जान्नुपर्छ सक्नुपर्छ ।, फाल हाल, डुब, पौडीखेल आधुनिक परिबेशरुपि पोखरीमा ढिला मात्र हैन अति ढिला भैसक्यो । यो बाहेक मैले तिमीलाई के नै भन्न सक्छु र अभिनव ? म पनि तिम्रो हितैषि नै हूँ ।

वास्तबमा म आजकाल अलि बढि नै स्वच्छन्दवादी भईछु कि क्या हो ? कहिलै प्रतिक्रिया नजनाऊने छोराले हिजो कस्तो गरी सोधेको हिजो साँझ के गरेको आमा भनेर ?

मेरो आनी बानी ब्यबहार अब त छोरा छोरीले पनि थाहा पाए जस्तो छ । छोरी पहिला पहिला काजीसाहबको घर जाँदा संगै जान्थी तर आजकाल जाउँ न छोरी भन्दा पनि जान मान्दिन । फेरी काजीसाहब को बानी पनि कहाँ राम्रो छ र ? छोरी कै अगाडी अंगालोमा लिएपछि छोरी ले राम्रो मान्न्ो कुरै भएन ?

हा जे सुकै होस् सबैले आ आफ्नै जिवन जिउने त हो ।

छोरालाई बेस्सरी हप्काएपछि मसंग बोल्न पनि छोडेको छ त्यो दिन देखि । छोरी त सधै उसकै बाबुसंग बस्ने बोल्ने गर्छे । छोराछोरीको त्यस्तो ब्यबहारले मलाई पनि अझ स्वतन्त्र भएर हिड्न सजिलै भएको छ । आजकाल त अभिनव पनि मसंग पार्टी भोज भतेरमा जान छोडेपछि मलाई अझै सहज भएको छ आधुकितासंग रमाऊन । साथीभाईको मुखबाट तेरो त्यस्तो गवार लोग्ने भनेर सुन्न पनि परेको छैन । जिवनलाई यसैगरि अगाडी बढाउँने त हो ।

गाँउमा अर्थात काजिको घरमा चहलपहल सुरुभएको करिब करिब एक महिना जति भै सक्यो ।

नहोस् पनि किन गाउँका मान्यजन काजीसाहबको छोराको विवाह । पुरै गाउँका मानिसहरुलाई काजिसाहबको छोराको विहे लागेको छ । सबैलाई काम बाँडीएको छ । आ आफ्नो जिम्माको काम सबैले दत्तचित्त लगाएर गरिरहेकाछन् । अभिनवको घरमा मनिषालाई वाहेक काजिसाहबको छोराको विवाहको कुरा अरुलाई थाहा छैन ।

मनिषालाई एकछिन फुर्सद छैन मानौं आफ्नै छोराको विवाह जस्तो ।

खाने बस्ने सुत्ने सबै काजिसाहबको घरमा, कहिले काँही यसो कपडा लिने निहुँमा दिउँसोमा घर आउने हो । बस अरु समय काजिसाहबको घरमा ।

अभिनवले पनि सहज रुपमा लिएकाछन् । आफ्नै गाउँ ठाउँमा विवाह भएपछि सघाईपगाई गर्नु छिमेकीको कर्तब्य हो भनेर ।

आज कसार बटार्ने जग्गे बनाउने दिन अरु दिन भन्दा आज बिशेष चहलपहल छ काजिसाहबको घरमा ।

कोही घर सजाऊन ब्यस्त , कोही स्वागत द्धार बनाउन ब्यस्त , घर भित्र कसार बटार्ने चटारो । लगन लेख्न गएका मानिसहरु पनि घर फर्किसकेका छन् । सरसल्लाह गर्दैछन् कति बेला दुलाहा अन्माउने ,जन्ति प्रस्थान गर्ने भन्ने बारेमा ।

पण्डितजीले खरर्र मुखाग्रै भन्दैछन् दियो बाल्ने माटेमंगल गर्ने ग्रहशान्ति र आयूदय श्राद्धको समय । काजिसाहबलाई सजग गराउछन् सबै धार्मिक कृत्य लग्न र उचित समयमा हुनु पर्छ भनेर । त्यसै अनुसार समयमै पूजासामाग्री तयारी अवस्थामा राख्न ।

आज विवाहको दिन, एकातर्फ बैण्ड बाजाको चर्काेआवाज अर्काे तर्फ नौमति बाजाको मधुरो धुन । बिहानैदेखि मानिसको आवत भैरहेको छ । विवाह घर चिरीच्याट्ट सजाएर पारिएकोछ। पण्डितजी मण्डपमा ग्रहशान्तिको काममा ब्यस्त देखिन्छन् । मनिषालाई भ्याई नभ्याई छ । कहिले यो सामान दियो कहिले अर्काे सामान माग्छन् त्यो सामान दियो के के हो के के काम पनीक् दुइृटा हातले गरिनभ्याई जस्तो । उता दुलाहा अन्माउने साईत आउनैलाग्यो श्रृँगार पटारको काम बाँकी नै छ ।

अभिनव विहेको निम्तो कार्ड ओल्टाई पल्टाई गर्दै छोरा छोरीलाई विवाहमा जाने कुरा गर्दछन् । बा को कुरा सुनेर किन हो कुन्नि छोराको अनुहार निचोरेको कागति जस्तो हुन्छ ।

बा को नजिकै गएर मधुरो स्वरमा भन्छ बा त्यो काजिको छोराको विहेमा हामी सबैजना जान पर्ने हो र ? । किन हो किन मलाई त्यसको घरमा जानै मन लाग्दैन । बहिनीको पनि जाने ईच्छा छैन । फेरी एक महिना अगाडीदेखि नै आमा गैरहनु भएको छ। आजकाल त आमाको बास नै काजिको घरमा छ । निम्ता मान्न आमा गएपछि हामी सबैजना जानै पर्छ र ?

हैन छोरा छरछिमेकको कुरा हो यस्तो सामाजिक काममा हामी पनि जानु पर्छ । जन्तजान भोज खान चुलो निम्ता गरेकाछन् । समाज भनेकै एक अर्काको भरथेग हो । हाम्रो समाज यहि हो ।अरुहरुले पनि हामीलाई कुन दृष्टिकोणले हेर्लान् नजाँदा ? ।

अहो बा पनि कस्तो तपाईलाइ जान मन लागे जानुस् हामी त जाँदैनौं ।

हैन छोरा काजि पनि यसै समजका मानिस हुन् । समाजमा ठुलाबडा कहलीएका छन् हामी नजाँदा नजाति मान्लान् । हामी नगए हाम्रा काममा उनिहरु पनि नआउलान् ?

म तयार भैसकें ंतिमीहरु पनि छिटै तयार होऊ । दुलाहा अन्माउने बेला हुन लागे जस्तो छ ।

जोड जोडले बाजा बजाएकाछन् ।

यि लौ बन्दुक पनि पट्काय । लौ छिटो हिड ।

अभिनव छोराछोरीलाई लिएर विवाह घर पुग्छन् । विवाह घरमा दुलाहा अन्माएको हेर्न, र जन्ति जानकोलागि मानिसहरु चिरीच्याट्ट परेर जम्मा भएकाछन् ।

गाउँको ठुलाबडाको छोराको विहे । दुलाहाकी आमाको फुर्ति फार्ति र ब्यस्तता हुेने नै भयो । मनिषाको पनि दुलाहाकी आमाको फुर्तिफार्ति भन्दा कम्ति थिएन ।

श्रृँगार गहनागुरीया र पहिरन पनि उस्तै उस्तै ।

अभिनव ति दृश्य छोराछोरीकासाथमा कुनामा बसेर हेरीरहन्छन् ।

दुलाहा अन्माउने समय हुन्छ । पण्डितले स्वस्तिवाचन गर्न सुरु गर्छन् । दुलाहाकी आमा पिर्कामा उभिएकीछन् । काजिले एकोहोरो मनिषाको अनुहारमा हेरीरहन्छ । दुलाहा हातमा कलश लिएर आमाको परिक्रमा गर्ने तरखरमा छ । काजिले दुलाहाको कानमा भलाकुशारी गर्छ ।

लरबरिएको आवाजमा छोरालाई भन्छ, उनी पनि तेरो आमा हो समाएर आमासंगै राखेर परिक्रमा गर । दुलाहा अकमक्क पर्दै बाबुको मुख हेर्छ ।

यत्तिकैमा पण्डितले साईतटर्न लागेको भन्दै छिटो गर्न भन्छन् ।

बा को आज्ञापालन गर्दै मनिषाको हात समाएर आमासंगै लगेर पिर्कामाउभ्याउँछ । दुलाहाकी आमा ले कुनै प्रतिक्रिया दिदीनन् । सायद पूर्व नियोजित कार्यक्रम नै थियो क्यार ?

जलभरिएको अंखराबाट पानी चुहाउँदै परिक्रमा गर्न थाल्छ । पण्डितजी यानीकानी चपा पानी …. भन्दै मन्त्र उच्चारण गर्न थाल्छन् । उपस्थित सबैले मुखामुख गर्दै आश्चर्य मान्दै कहिले मनिषालाई हेर्छन् कहिले अभिनव र उनका छोराछोरीलाई ।

दुबैले दुलाहालाई टिका माला लगाइदिन्छन् । बिदाईको सगुन खुबाउँछन् । काजिले दुईटा खाम दुलाहाको हातमा राखिदिन्छ । एउटा एउटा खाम दुईटी कै हातमा राखिदिएर दुबैलाई ठोगगर्छ दुलाहाले ।

बाजा बजीरहेकोछ ।

उपस्थित सबैले आश्चर्य मानिरहेकाछन् । अ हो यस्तो के देख्नु पर्‍यो । छोरालाई अन्माउने बेलामा काजिले अर्कि स्वास्नी भित्राए भन्दै गाँइ गँुई सुनिन थाल्छ । एककान दुइकान हुँदै काजिले अर्की दुलही भित्राएको हल्ला फैलिन्छ ।

अभिनव र छोरा छोरीले कुनामा बसेर ति दृश्य हेरीरहन्छन् ।

उनिहरुको शिर निहँुरिन्छ । मानिसहरुको भिडबाट आएको आवाजले उनिहरुको मन खिन्न शरिर भारी हुन्छ ।

अघिको दृश्यले मन खिन्न भै रहेको बेला थप आवाजले काटेको घाउमा नुनचुक छर्के झैं पिडा हुन्छ ।

दुलाहालाई तामदानमा राखेर जन्ति प्रस्थान गर्छन् ।

किञ्चित भाव नराखि शिर ठाडो पारेर काजिले दुबैको हात समाउँदै घरको मूलढोकाबाट भित्र प्रबेश गराएर घोडामा चढछन् छोराको विहेमा जन्ति जान ।

समाजमा हुने खाने र गण्यमान्यब्यक्तिको चर्तिकला सबैले हेर्छन् । काजिको कामको बिरुद्धमा कसैको मुखबाट चुईक्क आवाजसम्म निस्कदैन ।

अभिनवले छोराछोरीको हात समाउँदै मन मनै भन्छन् आधुनिकताको पटाक्षेप सायद यही र यसैगरि हुने होला ।

तिनै जना मुखामुख गर्छन् लुरु लुरु घरतिर लाग्छन् । घरतिर लाग्छन् । अभिनवले मन मनै गन्टेऊना गर्छ आधुनिकताबाट अब छुट्टी पाईयो ? अब छुट्टी पाईयो ।

अस्तु

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.