पुस्तक समीक्षा : ११११ गजल भित्र डुब्दा

~चेतप्रसाद उपाध्याय ढकाल~

सरदऋतुमा पुर्ण चन्द्रमाका साथ ताराहरु धर्तिलाई लजालु बनाउदै खेल्ने,झर्ने,चम्कने,गर्दै धर्तिलाई विभिध रंग रोगनले सिगारे झै कलापुर्ण ठुला अक्षरले ११११ गजलहरु भनि गातामा सिङ्गारीएको र यदाकदा विरलै नाम पर्ने अभिजीतनक्षेत्रको चौथो पाउँमा , सत्ताइसौं नक्षेत्र भित्र पर्ने धुर्बतारा झै अठाईसौं नक्षेत्रका रुपमा उदाएका गजल तारा खडानन्द तिमीलसिना देखिन्छन ।

वहाँको जन्म विक्रम संवत २०३७ साल माघ १७ मा सिन्धुली जिल्लाको सीरुटार भन्ने ठाँउमा एक कृषक परिवारको निर्धन कुलमा जन्मिनु भयो बाल्यकाल सगै प्रथामीक शिक्षा क्रमश माध्यामीक तह पास गरी लाम्पनटार बहुमुखी क्यापसबाटै स्नातक पास गरे पनि अघाडीको पारीवारीक आर्थिक कमजोरी समस्यको कारण जागीरको अवसरहरुलाई छाडेर ब्यापार ब्यावसाय तर्फ स्वतंन्त्र र स्वच्छन्द जीवन विताउन समाज सुधारक बन्ने अभिप्राय लिएका जिज्ञासु भाबनाका र कोमल ,हदृय भएका खडानन्द अनेक बसन्तहरुका उकाली ओरालीहरु पार गर्दै विभिन्न ठाँउहरुको भ्रमणशिल अध्ययन ,खेत,गोठ,गाई,बाख्रा,नदि झर्ना,वन जङ्गल, पाखा, पखेरा, भान्सा आदीका अनुभब बटुल्दै कहि रोपाई कहि दाई बसन्त बगैचा आदीको आनन्नदता लिदै तरुनि तन्देरी गरिब,धनि,दलित,अपहेलीत,बृद्ध,बृद्धा,रोगीहरुको मर्म बेदना बुझ्ने प्रयासरत हुनु हुन्छ । साथै घाम,पानी ,आधि,असिना,दिन,रात,सुख,दुख,सित,ताप,माया मोह,प्रेम,अर्ति ,उपदेश,ज्ञान,बैराग्य यी सबै सान्सारीका बस्तुलाई समेटेर उदार भाबनाले नेपाल र नेपालीहरुको मायामा चुर्लुम्म डुब्नु  भएका गजलकार खडानन्द जिले ११११ गजलको एक पुस्तक दिएर केहि प्रतिक्रिया लेखी दीन बारम्बार आग्रह गर्नु भयो । र म बाध्य भए । म पनि एक्लो बेफुर्सदी कमाउनु पर्ने खानु पर्ने पकाउनु पर्ने लेख पढ पनि गर्नु पर्ने अर्को तिर अनेक झमेलामा ज्यादा ब्यस्त रहनु पर्ने र वाहाँको भनाईलाई सहज स्वीकार्न मलाई गाह्रो थियो । मेरा परम मित्र भएकाले बाध्य भए ।

अर्को तिर एस्ता आलोचना समालोचना जस्ता टिका टिप्पणी कसैको अहिले सम्म लेखेको पनि थिईन । यो पहिलो प्रयासबाट उम्कन सकीन र जारी राखे भौतिक भोक विलासमा रगमङ्गिएका मान्छेहरु तत्कालै हात लागी हुने द्रब्य संचय पटी लाग्ने गर्दछन । भने अर्का थरी जीवन र जगतको तुलना गर्दै हामी किन जन्मीयौं ? हामीले एक दिन मर्नुछ । भनि गहिरा विचार धारा लिनेहरु चाही यो देहलाई पेट भराएर बाच्दै केहि गर्नुछ भन्नेहरु चाही द्रब्य संचयको सट्टा मार्ग दर्शी गित,कथा,कविता,संगित,साहित्य, समाज सेवा योगद्धारा ज्ञान आर्जन तिर लाग्ने गर्दछन । र यस्ता ज्ञान आर्जन गर्ने साहित्य समाज सेवा तिर लाग्नेहरुलाई कतिले बौलाहा ,फटाहा,पनि भन्ने गर्दछन । बुद्धिहिन भएका भन्दै सामान्य रुपले हेर्ने गर्दछन । साहीत्यमा लाग्ने मान्छेहरुलाई भरे के खाँउ भोली के खाँउ भन्ने हुन्छ तर पौरखीहरु जीवनको मार्ग आफै रोज्ने हुन्छन । भन्ने उनिहरुलाई ज्ञान हुदैन । जस्तै गाढीहरु अर्काकै साहयता चल्ने हुन्छन । सपुत वीर पुरुषहरु चाही आफ्नो जीवनको मार्ग आफै बनाएर चल्दछन । दृष्टीगत संसार र प्रस्तुति गत संसार नै फरक छ भनेर नबुझ्ने मानिसहरु साहित्यकारहरुलाई बहुलाहा बनाउने गर्दछन ।

उच्च जीवन भनेको उच्च चरित्र हो । उच्च ओहोदामा बसेर सम्बृद्धी पाएर ठुलाको कुलमा जन्मेर भोक विलासमा लिप्त हुदै मिठो खाएर राम्रो लगाएर उपाधी हासील गरेर एकसय वर्ष वाचेर मर्नु र सपुत किर्तीमान पुरुष छोटै उमेरमा मरे पनि उ अमर र अजय हुन्छ । साहित्य साहत्यि नै हो , कविता, मुक्तक, गजल, कथा, कहानी आदी जीवन र जगतको रागात्मक ललित कलीत अभिब्यक्ति भएको लयबद्ध भई प्रकट हुने भाषिक कलाकै एक स्वरुप हो । अझ मुक्तक र गजल त बाण नै हो । झनै गजल विधा त जोखीम विधा हो । थोरै शब्दमा धेरै कुरा भन्नु पर्ने हुन्छ । झन नबउदित गजल प्रेमीहरुको लागी झनै खतरा छ । अझ गजल विधामा संरचनात्मक नियम उपनियमको पालन गर्दै लेख्नु पर्ने हुन्छ । बहरको विचार गर्नु पर्ने पनि हुन्छ । गजल कोही सोह्र अक्षरीय र बाह्र अक्षरीय पनि हुन्छ छन्दानु गुण पनि हुन्छ । गजल गेय विधा हो सबैमा लयको एकता हुनु पर्छ । गजलकार तिमलसिना सचेत हुन खोजे पनि धेरै गजलहरुको लय भङ्ग भएको देखीन्छ । साथै भाषीक अशुद्धी पनि छ । काफीया मिलाउन खोज्दा भएको त्रुटि हुन सक्छ । गजलका गुणहरुलाई ख्याल नराखेर संख्या बढाउन खोजेर मात्र हुदैन । गुणमा ध्यान पुर्याउनु आबाश्यक छ । त्यसैले म भन्छु गजलकारलाई अभ्यास र साधनरत हुदै गुण, भाबमा विचार पुर्याउनु आबाश्यक देखिन्छ । जीवनलाई जति साधा बनायो उति भद्र हुदै गइन्छ विचारलाई जति उच्च बनायो चरित्र पनि त्यति नै उच्च हुदै जान्छ । त्यसैले चरित्र र अर्थ एक अर्काका प्रतिस्पर्धी देखिन्छन । त्यसैले जीवनकोबाटो सरल सहज भने हुदैन । जति सक्रिय बन्यो त्यति भाग्य सक्रिय बन्दै जान्छ । जति उठ्यो त्यति भाग्या उठ्दै जान्छ । जति हिड्यो उति भाग्य चहलपहलमा हीड्छ । जति सुत्यो भाग्य सुत्छ निसक्रिय हुदै जान्छ । जति अल्छि गर्यो उति भाग्य विहीन हुन्छ भन्ने कुरा सास्त्रमा उल्लेखीत छ । समयको सन्धर्ब हेरी समयानुकुल चल्नु पर्ने हुन्छ । त्रेता युगमा भगवान रामको समयमा दलित जातिका सुद्रा सबरी नामकी नारीलाई उनको सद्भाब निष्ठा स्रद्धा देखेर महर्षीले शिक्षा दिएर सादवी बनाउनु भयो । र समाजमा चलाउनु भयो । द्धापरमा भगवान कृष्ण्रले नारीहरुको अपहेलना देखेर नारीहरुलाई ठुलो सद्भाव दिनु भयो । त्यसैले यावत कुरामा गुण जाहेर हुन आबश्यक छ । गजलकार खडानन्द जीका गजलहरुमा पनि कही गुणहरु प्रसस्त झुल्कीएका छन भने कही गुणहीन हुन पुगेका छन । आगामी आउने काब्यहरुमा सुधारको नितान्त आबश्यक देखीन्छ आसा राखेको छु अबश्य नै सुधार हुनेछ भन्ने बिश्वास लिएको छु ।

खडानन्ख जीका ११११ गजल माहा सागरमा देश विदेश निती नियम ,प्रशासन,साझ,सिमाना,आदी कुराहरुलाई समेटेको यो ११११ गजल तेस्रो पटक पनि हेरेर लेख्दै थन्क्याउदै गरेको पानालाई फेरी जस्तो हुन्छ होस भनि लेखी सक्ने जमर्को गरे । प्राय गजल प्रेम विधामा लेख्ने गर्दछन र प्रेम पासो नै गजल हो । प्रेम सम्बन्धि गजल हो भनेर अश्लिल शब्दहरु प्रयोग भएमा समाजमा विकृती पैदा गर्छ र समाजले नाक खुम्च्याउने पनि हुन सक्छ । गजलकारका केही टेडा मेडा गजलहरु :

मेरो एउटा रहर मृत्य शरिर जल्नु अघाडी
दान दिएको छु चितामा बल्नु अघाडी

देशको माया मुटुमा छ मरे पछि नजलाउनु
मृत्य शरिर दान दिनु सडाएर नगलाउनु

गजलकार तिमलसिनाले आफ्नो भौतिक शरिर मेरे पछि मृत्य शरिरलाई कुनै अस्पताललाई दान दिने इच्छा गजलबाट माथि यसरी व्यक्ति गर्नु भएको छ यो गजलमा मात्रै हैन साच्चै गजलकारले आत्मै देखि गर्नु भएको रहर हो । वहाँले साथीहरुसँग कार्यक्रमहरुमा भन्ने गर्नु हुन्छ यदि मैले दान दिन भ्याइन छु भने पनि तपाईहरुले मेरो रहरलाई बुझेर त्यति काम गरि दिनु होला भन्नु भएको छ । बाच्दा खेरी पनि धेरैका लागि सहयोगी बन्न सकु मरेपछि पनि मेरो मृत्य शरिरले कसैलाई वचाउन सहयोग गरोस गजलकारको इच्छा साहित्यको क्षेत्रमा सायद नयाँ नै हो जस्तो लाग्छ ।

देश बने हामी बन्छौं हामी बने देश
उन्नतिका पाईलामा नलागुन है ठेश

राष्ट्र अनि राष्ट्रियता दरो हुनु पर्छ
राज्य सत्ता विपतिमा खरो हुनु पर्छ

स्वाभीमानी नेपालीको ठाडो हुन्छ शिर
राष्ट्रियता जोगाई राख्छन जति परोस पिर

तिन करोड नेपालीले भरिएको देश नेपाल
सगरमाथाले परिचीत गरिएको देश नेपाल

यी गजलहरुले राष्ट्रसेवक तमाम नेपालीहरुलाई विउझाएका छन, सचेत बनाएका छन ,नेपालको माया मोह , स्वभिमान ,आफ्ना पुर्खाको इतिहास, कायम राख्न विनम्र आग्रह गरेका छन । देशप्रेमको भाबनामा चुर्लुम्म डुबेका छन ।

आफ्नै देशको पाँखा भित्ता खन्न तिर लागे
पौरखी म किसान अब बन्न तिर लागे

छोरालाई ट्यापे अनि छोरीलाई भालु
पढाएको शिक्षा कस्तो मास्टर भए ठालु

भाग्य रेखा आफुले कोर्न होरे जानिराख
भविष्यमा कस्तो हुने ब्याबाहार हो मानीराख

रुपले भन्दा कामले चिनीएको राम्रो
ब्यावहार अनि नामले चिनीएको राम्रो

गजलकार गजलहरुद्धारा देशको शिक्षा निती प्रति ब्याङ्ग हान्दै शिक्षकहरु राजनितीमा लागेर शिक्षा दिक्षा सुन्य भयो सानबालबालीकाको भविष्यमाथी खेलबाड गर्दै आघात पुर्यायर आफ्नो भाग्य आफै बनाउन् पाँखा खोरीया खनी खान सिक परिश्रमको फल नै मिठो हुन्छ भन्ने शन्देश प्रवाहा गरेको पाईन्छ । गजलकार खडानन्दका ११११ गजलहरु तिता मिठा जो जति पुस्तकमा उपस्थित छन । सबै हेर्दा गजलहरु एक माहासागरै भएर बगेका छन । डुबुल्की मार्दा पौडेर निस्कन गाह्रै छ । किनकी त्यस सागर भित्र जीव जन्तु ढुङ्गा मुढा बन मणि माणिक्य सबै देखिन्छ । कहि टल्कन्छ कहि झुल्कन्छ कहि त्रास पैदा गर्छ कही ठोकिन्छ । यो सग्रह भित्रका धेरै जसो गजलहरुले आफ्नोबाटो समातेकै देखिन्छ यीनले भन्न खोजेका भाब विचार अर्थ पुर्ण रोमान्टीक गहन र आनन्द दायक छ । अहिलेका नव उदीत साहित्य प्रेमीहरुको गजल विधामा हाडीमा मकै भुटेर फुल उठे झै नव युवा युवति उठेको देखीन्छ । यो सराहनिय कुरा हो । साहित्यप्रेमीहरुको रोजाईमा गजल विधा नै अघाडी छ । पठाकहरु पनि गजल विधामै सन्तुठ देख्रिन्छन । यो पनि खुशीकै कुरा हो । गजलकार तिमल्सीनाका गजलहरुमा देश प्रेम र राष्ट्र राष्ट्रियता साध सीमान राज्य सत्ताको माया मोहमा नेपालीहरुको स्वाभीमानले ठाडो शिर गरेरै राष्ट्रलाई जोगाउने तर्फ प्रष्ट शैलीमा गजलले निर्देशीत गरेको छ । कही खुल्ला रुपले सम्पुण नेपाली समाजलाई गजलले कही ब्याङ्गयात्मक रुपले सोझै निर्देशीत गरेको पाईन्छ । नेपाली समाजमा वाहाँ ११११ गजलकारका रुपमा राम्रै चर्चित र लोकप्रियता हासील गरि सक्नु भएको छ । जब ज्ञान खुल्छ तब भाग्य टल्कन्छ भन्ने वाक्यको चरितार्थ पार्नु भएको छ । सुमधुर बचनद्धारा लोकप्रियता हासील गरेको पाईन्छ । राम्रा उत्कृष्ठ गजलकार पनि नभएका होइनन् धेरै हुनु हुन्छ । तर अधिक संख्या नराम्रा निम्म स्तरका गजलहरुले छोपीएको अबस्थमा छन । निम्न स्थर नराम्रा लेख्नेहरुको सोचविचार निम्न नै हुन सक्छ उनिहरुले मन पराउने गजलको स्थर पनि त्यही कीसीमको हुन्छ । भलै यो तितो यर्थार्थलाई पचाउन समाजमा गाह्रो छ । यहाँ गजलकार गजलद्धारा भन्नु हुन्छ । कहिले लडाई दैबी प्रकोप राजनिती अस्थिरता नेपालमा मात्रै सुख शान्ति चैन किन आउदैन हिसं हत्या अमानविय चोर डकैति बलात्कार निस्तेज पारी सुख शान्ति सधै स्थायी रहोस

नेपाल र नेपालीलाई रुवाउन आयौ
पक्ष पाती दैब किन हाम्रै लागि धायौं ।

चोखो माया मलाई हैन सृजनालाई गरे पुग्छ
प्रत्येक पान पल्टाएर समाजमा छरे पुग्छ ।

यी गजलहरुले प्रष्ट शन्देश छरेका छनकी हिसां हत्या बलत्कार रहीत प्रकृति प्रकोपबाट पनि यो देशलाई सुख शान्ति प्रधान गरुन र शान्ति पुर्वक यो देशका जन्ताले बाच्ने अधिकार पाउन यस ११११ गजल भित्र पसेर हेरी दिनु मात्र भयो भने शान्ति यो देशले पाउछ की भन्ने गजलले आसय ब्यक्त गरेको छ । गजलकार तिमलसिना देशमा भएको लडाई अस्थिरता बारे तितो सत्य र यथार्थलाई हृदय पिडीत भाबनाले राष्ट्र प्रकृति विपद पिडीतहरुलाई गास वास कपासद्धारा राज्यले र समाजले सहयोग पुर्याउनु मानवताको धर्म हो । दसमास सम्म आमाको उदरमा रहेर यही भुमीमा जन्मिएर आमाकै स्तन पानद्धारा आखा खुले यही भुमीमा उब्जीएको अन्न पानी लिटो बनाएर खुवाएको र समाजको सेवा तर्फ उन्मुख बनाएको हामीले विर्सनु हुदैन भन्ने शन्देशमा गजलबाट छरेका छन ।

जाड छोड रक्सि छोड जुवा तास छोड
विकृति र विसंगति आफैबाट तोड

जात्को कारण उच निच हुदैन यो मान्छे
हातको कारण उच निच हुदैन यो मान्छे

चेलिहरु बेचीदैछन होसीयार बन्नु होला
थाहा पाउनेले गाँउ समाज सबै तिर भन्नु होला

मेचि रोयो कोसी रोयो काला पानी रोयो
दार्जिङ्ग सुस्ता अनि नाल पानी रोयो

कर्तव्य विर्सी पैसा र दामको खोजीमा
मान्छे हिड्छ सति साबित्री रामको खोजीमा

यहाँ गजलकारका भावना गजलहरुमा यसरी पोखीएको छ आफ्ना जिन्दगी सार्थक पार्न समयको महत्वलाई बुझ । समय नै बलबान हो समय नै गुरु हो समयलाई सार्थक पार्न सिके शिक्षा चाही दैन समयले नै शिक्षा त बनाउछ के युवा के युवति के बुढा के बुढी सम्पुण मानव जातिलाई नै जाड छोड रक्सि छोड जुवा तास छोड विकृति र विसंगति आझैबाट मोड यस्तो मार्मिक ढङ्गले ब्यक्त गरेको पाइन्छ । यही प्रसङ्गमा त्रेता युगमा भगवान रामले एक सवरी नाम गरेका नारी सर्किनीले टोकेको जुठो बयर खानु भयो र जगतलाई शिक्षा दिनु भयो कुनै पनि मनुष्या अछुत हुदैन मान्छे कर्मले अछुत हुन्छ त्यस समयमा काग र गिद्धले छोय पनि नुहायर बेदका मन्त्रद्धारा अभिषेक गरेर गाई दान गरेर सुद्धीने चलन थियो । यदी यस्तै छुवाछुत हुदो हो त राजा दशरथले जटयु गिद्ध सँग किन मित्रता गर्नु भयो । किन रामले जटायुको क्रिया गर्नु भयोत ? धर्म रक्षाको लागि । नारी प्रसङ्गमा भगवान श्रीकृष्णले नारी जातिको लागि उद्धार गर्नु भएको प्रसङ्ग याहा मिल्छ । दानबहरुले नारी जातिप्रति अत्याचरा गरेको थियो त्यो समय जस्तै रुकमणी , सत्यभामालाई राक्षस पिता र गन्धर्व पिताबाट रक्षा गर्नु भयो । नरकासुर सोह्रहजार एक सय अप्सराहरुलाई हरण गरी बन्दि बनाइएको थियो । यस्तो अबस्थामा थाहा पाएर भगवान श्रीकृष्णले नरकासुरलाई मारेर अप्सराहरुको उद्धार गर्नु भयो । अप्सराहरुको विवाहवारी हुन सकेन फेरी समाजीक बन्दनले स्वर्गमा पनि बस्न पाएनन् । त्यो विजोग देखेर भगवान श्रीकृष्णले द्धुराका पुरीमा नारीका रुपमा आफैले ग्रहण गर्नु भयो र सबै नारी जातिको सम्मानको शिक्षा दिनु भयो । ( एत्र भार्यास्तु पुजेन्ते रमन्ते तत्र देवता ) जाहा नारीहरुको रक्षा हुन्छ पुजा हुन्छ त्याहा देवताहरुको बास हुन्छ भागवतबाट साभार , । मेचि रोयो कोशी रोयो काली पानी रोयो यस प्रसङ्गमा छोटो टिप्पण जुनवेला सन्यासी सप्रदायमा आदी गुरु शक्करचार्यको उदय भयो त्यस बेला समस्त भारत वर्षमा अहिले अनुपातमा एक चौथाई भन्दा कम जन संख्या थियो । बेद्धिक आर्दशलाई फैलाउन दशनामी सन्यासीहरु भारती पुरी सरस्वति गीरी आदी गरीएको स्थापना गरीयो । चार आश्रमको पनि स्थपना भयो जस्तै वन पर्वत अरन्यक आश्रम स्थापन भए । त्यहीबेला आदीगुरु शक्कराचार्यले चारपीठको पनि स्थपना गर्नु भयो जोसीमठ बद्रीका आश्रम गोर्बदनमठ , जगनाथ आश्रम , सारद श्रीग्वेणीमठको स्थापना गरियो । सन्यासीहरुको चार धर्म रक्षक गुरु शक्कराचार्य बनाइयो र बैद्धीक सनातन हीन्दुधर्मको रक्षाको लागि आदी शक्कराचार्यले समस्त भारत वर्षलाई सनातन धर्म संस्कार प्रतिष्ठा गरे । बत्तिस वर्षको उमेरमा हिमालय प्रस्थान गरी ब्र्रम्ह लिन हुनु भयो । चार शक्काराचार्य पछी अरु शक्कराचार्यको श्रृष्ठि नगर्नु भनिएको पाइएन । जनसंख्य बढे शक्कराचार्य बढेनन त्यसै बेला मौका छोपी बसाई सर्ने भुगलहरुको भिड लाग्यो यीनै कारणलाई भारत वर्षलाई ग्रास गह्रो र अग्रेज शासन पछी हिन्दु राष्ट्र भारत वर्षमा र नेपालमा पनि मेछहरुको कुसंस्कृति भित्रीयो अनि माओ माक्स लेलिनको समाजले कब्जा गर्यो नेपालका सारा साद सीमान मिचीएको र हरण गरिएको हो । भारतको संसदबाट पनि नेपाल नराम्रोसँग पेलियो र साद सिमा नाका पुगेर त्यो बेलाका प्रधान मन्त्रिहरुले पनि हार खाएर चुपलागको अबस्था छ । गजलहरु

जन्मियर हिड्नलाई नयाँ बाटो खन्न सिक
उस्तै मान्छे बन्ने हैन नयाँ मान्छे बन्न सिक

मैले गजल गाउदा खेरी तिम्रो मन छुनु पर्छ
मन्छे भई जन्मे पछि संवेदना हुनु पर्छ

बासी बनाई जुठा भाडा नराख कैले
कुचो लगाई घर सफा राख्नु सोचे मैले

झरी सगै आँसु पनि झरे रसाएर
सानो एउटा कुरा भित्र मन फसाएर

११११ गजलकारका समसामयीक यर्थाथलाई आफ्नै ढङ्गले प्रस्तुत गर्नु भएको छ । गरयासी द्धन्द असन्तुष्ठी छनक आक्रोस माथीका गजलहरुले प्रकट गरेका छन ।

दुई शब्द कोरी मैले कसैको मन दुखाएछु
माफी माग्छु समाजमा तिम्रो मन रुवाएछु

यसमा पनि गजलकारको आक्रोस ब्यक्त पश्चात झुक्दै माफ मागीएको माथीका उदारणले यीनै कुरााको पुष्टि गरेका छन् ।

“ देश गरिब र साने भए पनि झुकेको छैन इतिहास
आई लाग्नेसँग जाई लाग्छन लुकेको छैन इतिहास

धैर्यताको बाध पनि फुट्न सक्छ जनताको
अति हुदा बिश्वास टुट्न सक्छ जनताको

नेपालको सिमा मिच्ने को हुन चिनी राख
सिध्याउन तिनीलाई हतियार किन राख

११११ गजलका जन्मदाता गजलकारका लेखन शैलि अत्यन्त उत्कृष्ट देखिन्छ । काव्यमा नवोदितरस ओतप्रोत छ । याहाँ विर रस प्रदान छ । कुनै पनि कार्य गर्दा होसीयार अपनाउनु पर्ने हुन्छ । अति भएपछि जनताबाट आक्रोस पैदा हुन सक्छ भनेर गजलले अभिब्यक्त गरेका छन । नेपालीले आज सम्म काही झुकेको इतिहास छैन । नेपाली गौरव जहिले सम्म हिमाल रहन्छ तहिले सम्म इतिहास रहन्छ भनि गजलका पंतिहरुले निर्देशित गरेको पाईन्छ । गजलकारका गजलहरु उत्कृष्ट सरस लयात्मक र भावातित जीवन दाई प्रेरणा प्रदान गर्ने हुनुका साथै लोकप्रियता हासिल गर्ने छन् । पानिका थोपा थोपा बगेर माहासागरमा मिले झै यिनका पुनरुक्ति दोष र नराम्रा कमजोर पक्षहरु माहासागर मै समावेस भएर छोपीएको प्रतित हुन्छ । चुलो, चौका,े घर, आँगन, सरसफाई, स्वदेश भक्तिका भावोक्ती बोकेर गजल मुस्कुराएका छन । माओका सिद्धान्त झल्किए पनि सनातनधर्मलाई समेटेको छ । “जहाँ पुग्दैन रवि वाहाँ पुगे कवि” सुर्यले नदेखेको ठाँउ याहाँ गजलकारले देखेका छन् । जस्ता गजलहरु त्यस्तै कामहरु पनि प्र्रस्ट देखिन्छ , जस्तो नाम उस्तै काम ,यो काव्य दृश्य कला र भावार्थको सग्रह नै हो भन्न नै अत्युक्ति नहोला ? यस कृतिमा ११११ गजल संकलित छ यसमा वीर, रौद, करुण, श्रृङ्गार, आदी रस नबोदीत छ । गजलकारले वाल्यकालमा भए गरेका अनुभव देखी यो समय सम्मको अनुभव गजलहरुमा तैरिएका छन् नकरात्मक अनुभुति पनि गजलमा झुल्किएको पाईन्छ । भोगाईका सकरात्मक तथा नकरात्मक अनुभुति समेतले काव्यीक अभिव्यक्ति पाएका छन् । गजलले वर्णानात्मक शैलीमा अभिव्यक्ति पाएको छ । गजलकार खडानन्द सार्थक जीवनको खोजीमा दौडीएका देखिन्छन् । जिज्ञासु स्वाभावले जागरणका स्वरहरु काव्यमा सुसेलेको पाईन्छ । प्रकृतिका रहस्यमय सौन्दर्यलाई पनि उतिकै महत्व दिएको भेटिन्छ । यीनका गजलहरुले देशवासीको स्वभीमानलाई ईतिहास साचीको रुपमा खडा गरेको पाईन्छ स्वाभलम्बी चेतना र कर्मवादी भावनाले यीनलाई समाज सेवी बन्न अभिप्रेरीत गरेको देखिन्छ । आदर्शलाई वाँहाका अनेका गजलहरुले अभिप्रेरीत गरेको पाईन्छ ।

“पाइन्छ त्यो सुख भनि सुख त्यो कहाँ छ
आफु मेटाई अरुलाई दिनु जाहाँ छ ”

महाकवि देवकोटाको विचारमा गजलकारको दृष्टि सुखशान्तिमा रुमालीएको छ । वाहाँ मात्र होइन संसारै सुखको खोजीमा भौतिराईको देखिन्छ । तर दुखले छोडेको हुदैन । याँहा गजलकारका गजलहरुले मानव सेवाका माध्यामबाट साच्चा सुखको अनुभव व्यक्त गरेको पाईन्छ । यस ११११ गजलह स्रगाह भित्र संकलित अनेक गजलहरु यस्ता छन जस्ले सहि शिक्षाका लागि र सहि मार्गका लागि इश्वर प्रेरीत छन् जीवनलाई सार्थक पार्न ज्ञान, सिप, र मार्गदर्शक बन्न पुगेका छन् । कोहि गजलहरु यस्ता पनि छन नेपाली समाजका यर्थाथहरुको अवलोकन गरी विकृतिबाट मुक्त समाजको निर्माणार्थ सामाजिक दायित्वको निर्वाहा गर्ने सन्देश प्रवाहीत गर्दछन् । गजलकार समाजमा देखिएका राजनितीमा देखिएका विकृति,शैक्षिक विकृति, अराजकता, भ्रष्टचार, व्याविचार, कुविचार, संस्कार , कुसंगति, हत्या , हिसा बलत्कार, लगाएत विसंगतिका विरुद्धको आलो अभिव्यक्ति दिएको पाईन्छ । माकुराले जाल बुनेर सोझ सोझा निर्दोषी जीवात्मा किट पतङ्गलाई फसाए झै स्वार्थको जालो बुन्ने सिधा सिधा जनतालाई दुःख दिने यस्ता मानवबादी नेता लगाएतलाई कडा खवरदारी गजलका पंतिहरुले ब्यक्त गरेको पाईन्छ । विद्रोह पनि जनाएको छ । याहाँ जीवन र जगत के हो ? जीवनको लक्ष्य के हो ? भन्ने विषयमा पनि केही गजलहरुले प्रस्ट उठाएको पाईन्छ । गजलकारका ऐच्छिक भावनाहरु शान्त मनोरम हावा पानि बतावरण शान्त जीवनका दृश्य व्यवहारीक मनोरम आपसीप्रेम सद्भाव, सवृद्ध जीवनको स्थापना समाजमा गर्नु पर्ने कुरामा वाहाँका गजलहरु मार्गदर्शि बनेका छन । उनका केहि गजलहरुमा उच्च विचार प्रवाहीत बनेका छन ् मानव जुनि पशुपञ्छिको जस्तो नभई महत्वपुर्ण जुनी संझेका गजलकार केवल खान लाउन भोक विलासको लागि मात्र नभई जीवनको सार्थकता के हो ? माथी प्रश्न उठाएको पाईन्छ । कालिदासले पनि यस विषयमाथी प्रश्न उठाएको पाईन्छ । ¬( कीर्तिर्यस्य सजिवति ) भनेको पाईन्छ । त्यस्तै ११११ गजलका जन्मदाताका भाव विचार पनि त्यस्तै छ । केही बिश्व चर्चित काम नगरी कुकुर मरे झै मर्नुमा जीवनको के सार रह्यो र मनव जीवनलाई सार्थक पार्न केहि कार्य गर्नु जरुरी छ । अमर बाटो केमा छ सेवा ,सद्भाव,सर्मपण,त्याग,भक्ति,कृति जन्य कार्य के हुन सक्छ ? त्यहि गर्नु पर्छ भन्ने उनका गजलहरु ब्यक्त भएको पाईन्छ ।

आफुलाई जीवन प्रदान गर्ने मार्गदर्शि बनाउने शिक्षित तुल्याउने प्रेरण दिने व्यक्तिहरुलाई कृतज्ञता गरेको पाईन्छ । गजल फारीस उद्र्धु हुदै नेपाल भित्रिएको पाइन्छ । आदीयुवा गजलकार मोतिराम भट्ट देखि नै नेपालमा बामे सर्दै अघाडी बढीरहेको यस घडीमा अहिले निती नियमलाई ख्याल नगरी अघाडी बढीरहेको छ जनमानसमा सागरमा छाल उर्ले झै गजल विधा नै छाल बनेर उर्लिरहेको छ । गजल विधाका नियम नहेरे पनि गजल गेय काव्यको प्रयोग गरी लय चेतनाले राम्रो अभिब्यक्ती दिएका छन् । विषेश सुधारका निम्ति सचेत रहनु जरुरी छ । गजलका निती नियम हेरी परिमार्जन तर्फ ध्यान दिनु जरुरी छ र धेरै अभ्यासको खाचो पनि छ ।

जति बढी अभ्यास गर्न सक्यो , उति प्रतिभाले विम्वित हुदै चम्कने मौका पाउछ । समाज सापेक्ष बोध गराउँछ । स्रष्टा लेखन कलामा जति होसियार हुन्छ त्यति नै प्रतिभा गम्भिर र विश्वसनिय हुुन जान्छ । सबैको हेराई एकै हुदैन दृष्टि फरक हुन्छ समाज र जीवनलाई हेर्ने आँखा आदर्शबादी छ वा भौतिकबादी छ यो पनि विचारणी हुन जान्छ । आफ्ना भावनात्मक धारालाई सशक्तरुपमा गर्नु पनि गजलकारको विषेशता हो । अरु कति पर्खाल लगाउ गजलकारलाई यति भन्नुका पछाडी अब अन्त्य गर्न चाहान्छु ।

साहित्य संगित,कथा,कुनै कुरामा पनि सहि आत्मासाथ गर्ने साहास सदैब जागृत भई रहोस लेखन कलाको अभ्यास निरन्तर रही अरु पनि काव्यहरुले समाजको घर दैलोमा काव्यहरु रमाई रहुन काव्यमा प्रेमका दृष्टीकोण छरीउन यति भन्दै अन्त्यमा प्रकृति पुन्ज गुणहरुले भरिएको यो काव्य काव्य मात्र नभई गजलरुपी माहासागर नै हो । यसमा कुनै दुइमत छैन अथाहा जागर जोस साहास सीप कलाले परिपुर्ण भएका गजलकार खडानन्द तिमलसिना यस धर्तिमा अमर अजर रही नेपालका एक चम्किला नक्षेत्रको रुपमा रहीरहुन हामीले वाँहालाई र वाहाँका कृति स्मरण नमन गरीरहन पाँउ अझ यस काव्यलाई देशका बरिष्ट पुस्तकालयमा पुर्याउन सके काव्यको महिमा उजागर हुने थियो हवस्त अन्त्यमा वहाकै गजलद्धुरा सम्मान दिन्छु ।

शुभकामना खडानन्दमा हर्षोउल्लास छाईरहोस
नेपालीका मनमस्तिकमा गेय गजल धाइरहोस ”

“ लिलामयी बलक कृष्णको स्तुति
गर्थे खडानन्द झुकेर आरति
आशिष त्यो मंगल कारणी बनि
लागेर नै काव्य धरा फुलोस अनि ”

– कमलामाई नगरपालीका ४ सिन्धुली

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.