कविता : आस गरौं तर भर न परौं

~गोबिन्दसिंह रावत~

तेह् वर्षे बहुदलको राज र रजाई
अनि त्यसमा नेताहरुको दूई नम्बरी कमाई
थाङ्नेले पनि करोड देख्न पायो
जनतालाई चुसेर पञ्चे झै बहुदल पनि मोटायो

हिजोका ती सर्वहाराका सहारा
बहुदलले भोटको ब्यापारी बनायो
जनतालाई सुखको सपना देखाएर
तातो गोलीमा सुतायो

बहुदलमा देखिए मन्त्री थरी थरी
मेटिूक फेल पनि बन्यो विज्ञान मन्त्री
कोही चढे जेट बोइङ्ग त कोही चढे खयालमा
मौजै मौज गरे सबले सरकारी मालमा

बहुदलको रङ्गले देश रङ्गाई
मन्त्रीका छोराले मन्त्रालय चलायो
आसे पासेको त झन् भाग्यको कस्तो चमत्कार
बिना आधार बने जीएम×÷प्राज्ञ÷अध्यक्ष र सल्लाहकार

बहुदलमा त न पत्याउने फिस्टेले घरमा गाडी अडायो
कमिसन कै भरमा २÷४ वटा बिल्डिङ्ग ठडायो
नाङ्ग्ेझार यिनका अतीत वर्तमानमा परजीवि झै फस्टायो
जनताको मासु पैंचो लिएर बहुदलबादी सबै मोटायो

देखियो अख्तियारको पनि लुकामारीको खेल
बाहिरको देखावटी विरोध अनि भित्र भित्रैको मेल
बहुदल त फगत् एउटा जुवा मात्र बन्न गयो
जनताको ज्यान दा××उूमा लगाई खेले सबले सत्ताको खेल

बारम्बार बलत्कृत देशको व्यवस्था
खस्किदै गएको अर्थतन्त्रको अवस्था
भैगो अब न चुस जिर्ण देशलाई
साढेको जुधाईमा बाछाको मिचाई

त्यसैले अब कोही न मरौ न मारौ
सुन्दर शान्तको परिकल्पनामा बाचौं
नयाू होलान फेरी अनुहारहरु सत्ताका
त्यसैले आस गरौं तर भर न परौं

टोरोन्टो, क्यानाडा, अप्रिल १५, २००३

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.