लघुकथा : मापदण्ड

~इन्द्रकुमार श्रेष्ठ~

गतवर्षहरूमा झैँ यस वर्ष पनि परिणाम घोषणा गरिनुभन्दा एक हप्ताअगावै शिक्षकहरूको सरसल्लाह बैठक बस्यो। मूल प्रश्न थियो, ‘कस्ता विद्यार्थीहरूलाई उत्तीर्ण गराउने?’ प्रायः सबैको चिन्ताचाहिँ एउटै थियोः ‘हाम्रा विद्यार्थीहरू किन यति कमजोर भए?’ तर पढाउनेहरू आफैँ भएको हुँदा यो विषयमाथि धेरै छलफल भएन । बरू सरहरू शिर झुकाउन बाध्य भए। जे भए पनि बढीभन्दा बढी विद्यार्थीहरूलाई पास गराउनुपर्छ भन्ने कुरामा भने सबैको मतैक्य रह्यो ।हेडसरले प्रश्न राखे-‘पास त गराउने, तर यसको आधार र मापदण्ड पनि त चाहियो नि….।’

तुरुन्तै, सरहरूबाट आ-आफ्ना मत र सुझावहरू आउन थाले-
‘बिहे उमेर भएकालाई पास गराउने।’

‘सेनामा भर्ना हुन र विदेश जान चाहनेलाई किन रोक्नु …..।’

‘पोहोर फेल भएकालाई हुत्याइदिनुपर्छ।’

‘कक्षामा दादागिरी देखाउनेलाई फेल गराउनुहुँदैन।’

पढ्न मनै नगर्नेलाई कक्षा चढाइदिएकै राम्रो।’

इन्द्रकुमार श्रेष्ठ
-दियाले-3, ओखलढुङ्गा
~October 17, 2005

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.