लघुकथा : मातृत्व

~शोभा गुरुङ्ग~

गोफ्ले कुकुरलाई अति मन पराउथ्यो। कुकुर पाल्ने साह्रै हठ गर्न थाले पछी गोफ्लेकी आमा डोलमायाले एउटा कुकुरको छाउरा ल्याई दिईन । गोफ्ले साह्रै खुशी भयो । संगसंगै खेल्ने, खाने, सुत्ने, बाहिर घुम्न जाने गर्थ्यो । घरका सदस्य गोफ्ले र कुकुरको छाउराको माया हेरेर दंग थिए । एक दिन स्कुल जादा गोफ्ले साथिको घर गएको थियो । साथिको घरमा दुई वटा कुकुर पालेको रहेछ । उ पनि के कम । साथीको दुई वटा कुकुर मलाई पनि एउटा अझ चाहियो भनेर घरमा आमा संग ढिपी गर्न लाग्यो । कुकुर नल्याई दिए स्कुल नै नजाने घुर्की लगाउन थाल्यो ।

गोफ्ले कि आमाले दिक्क मान्दै गोफ्ले रुन थालेको एक हप्तापछी एउटा अर्को कुकुरको छाउरा ल्याई दिईन। अब गोफ्ले मक्ख पर्यो । स्कुलबाट फर्के पछि दुई वटा छाउरा संग बडो रमाईलो पाराले घर भित्रै खेल्थ्यो । वरिपरि उसका साथिहरु पनि आफ्नो घरबाट तिनिहरु खेलेको रमाईलो मानेर हेरि रहन्थे । बिस्तारै घरको छिमेकी साथिको मा पनि छाउरालाई घुमाउन लिएर जान थाल्यो ।

एकदिनको कुरो हो गोफ्ले घर भन्दा बाहिर दुई छाउरासंग खेल्दै थियो । अलि पर अरु कुकुरका झुन्डहरु पनि थिए । त्यो झुण्डबाट एउटा कुकुर्नी दौडेर गोफ्लेहरु भए ठाउँ आयो । यता छाउराहरु पनि त्यो कुकुर्नि नजिक जान थाले । एकै छिनमा त ती छाउराहरु त्यो कुकुर्निको दूध पो पिउन थाले । गोफ्ले बच्चालाई तान्न खोज्थ्यो तर कुकुर्नी घुरेर आफ्नो छेउ पर्नै दिदैनथ्यो । गोफ्ले आजित भएर दूध पिउन लागेको छाउरालाई तान्न खोज्यो , माउ कुकुर्निले गोफ्लेको हाथ खुट्टामा जताततै टोकेर गोफ्ले मुर्छा पर्यो . गोफ्लेकी आमा कुकुर्नीको मातृत्व देखेर भाव बिभोर भईन।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.