कविता : के हो पवित्रता?

~तिर्थराज जोशी~

सुन् गोठाले सुन्।
अनि भन्!
म अब कसरी तेरि रहिन?
कसरी?
पवित्रता के हो तैँ भनिदे मलाई?

यदि कुमारीत्व पवित्रता हो भने
तेरि आमा पनि अपवित्र हो।
बलात्कार नहुन
स्त्रीलाई भोग्ने केवल लोग्ने नै हुनुपर्छ भन्ने के छ?
मान् यो कुरा मान्।
के हो पवित्रता गोठाले?
यदि बलात्कृत स्त्री अपवित्र हो भने
तेरि बहिनी रोज रोज चोर नजरले र विचारले बलात्कृत हुन्छे।
तेरि बहिनी पनि अपवित्र हो मान्।
के हो पवित्रता?

मेरो छ के दोष गोठाले?
उहि पहिले झैँ तन्द्रामा थिएँ
म तेरि “गोठाली नानी”।
आमाको डाको पन्छ्याउँदै वरण्डा आइपुगेथेँ।
भर्खरै लाल सुर्य जस्तै उदाउन लागेको यौवन
र मधाउन लागेको आङ तान्दै थिएँ।
तँसँग सँधै खेल्ने गरेका
विस्तारा मुनि छिपाएका कौडा आन्दै थिएँ।
आमाले गोठका दाम्लाहरु फुकालिदिँदा
स्कुले नानी हरु हेर्दै कर्कलेको उकाली उभिँदा
आफ्नो मन हारेर तेरो मन कि ग्वाली भएकी
म तँलाई कुर्दै त थिएँ।

त्यहिवेला त म तैँले
अहिले भने जसरी अपवित्र भएँ
जब म भित्र दुष्ट अन्धा अन्धकासुरहरु
एक पछि अर्को पर्दै गए।
मेरो इज्जत हर्दै गए।
र बाँकी चलचित्र जसरी हाँसिरहे
हेरिरहे
म कराइरहेँ
छटपटाइरहेँ।
भित्र भित्र छिर्दै गए।
निर्दयी हरु मलाई चिर्दै गए।
विहानिका सुन्दर सिन्दुरे किरणहरु
भर्खरै त धर्तिमा पोखिँदै थिए गोठाले
त्यतिबेलै मेरो रज प्रथम पटक पोखियो।
बाबू पुकारिनकी? आमा पुकारिनकी?
मलाई देख्ने गाई थिए तर ती लक्ष्मी रहेनछन्।
मलाई देख्ने प्रकृति थिई तर उ पनि नारी रहिनछे।
ती पुरुष पनि कहाँ थिए?
ती त उडुस थिए
उडुस।
मेरो पवित्रता चुसेर गए।
म अपवित्र भएँ भन्छस्।
के हो पवित्रता?
कपडा कि शरीर?
जो दुबै च्यातिए।

म त्यति नै अपराधी भएँ जति ती छन्।
तर ती त के सजाय पाउँथे म भने अवश्य पाउँछु।
न्याय पाइने सहर कुन देशमा छ?
मेरो देशमा त म मरे मेरो लाशसँग पनि राजनीति खेल्नेछन्।
सँगुरका ती पाठाको दुष्शाहस त हेर।
भ्रष्ट नितिको उच्च सिंहासनबाट गिज्याउँछन्
हाम्रो गौरब सगरमाथाको यो उपहास त हेर।
भोट खोज्दै दैलो पुग्नेका पाउँमा विन्ती राखी
न्याय खोज्दै मर्नेहरुका आफन्तको रुवावास त हेर।
अणुबम नै कुन चाहियो विध्वंस मच्चाउन
यिनको महाविनाशकारी गन्हाउने सोचको श्वास त हेर।

मलाई रण्डि भन्छस् गोठाले?
पुरुषहरु को बलात्कार हुँदैन सोच्छस्?

तँलाई के लाग्छ अब गोठाले?
यो नारी मुख लुकाई भाग्छ?
झुट्टा मालुम पर्छ यो तेरो प्यार
यसकोलागि तँसँग पाउँ परि भिख माग्छ?
अँह यो गोठाली अब जाग्छ।
महिला दबाइएको यस पुरुष प्रधान संसारमा।
तँलाई थाहा छ किन महिला दबाइए?
किनकी पुरुषहरु भन्दा शक्तिशाली छन् महिलाहरु।
दबाइने भनेकै शक्ति हो।
अब देख् शक्ती।
अब देख्।।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.