~डा. एकप्रसाद दुवाडी~
केही वर्ष पहिले गगन गैरे उर्फ कमल लुम्बिनी विकास समितिका अध्यक्षका हैसियतले न्युयोर्क गएर संयुक्त्त राष्टसंघका तत्कालिन महासचिवसंग भेटेर नेपालको तर्फबाट अन्तराष्ट्रीय सयोग जुटाउन जोडदार लबिङ गर्न सफल भएका छन् । महासचिव बान कि मुनसंगको भेटमा उनले लुम्बिनी गुरु योजनाका बारेमा मात्र छलफल गरेनन् बल्कि बान कि मुनलाई पछिल्लो वर्षको मार्चमा नेपाल आउन राजी बनाएपछि बृहत्तर लुम्बिनी अन्तराष्टिय विकास समितिको बैठक महासचिव बानको न्युयोर्क स्थित अफिसमा गराउन अनुरोध गर्न समेत भ्याए ।
कमल ठूलो धनराशी (करिब ३ अरब) भित्र्याएर लुम्बिनी गुरुयोजनाको विकास गर्न एपिइसिएफ संस्थाको एक उपाध्याक्ष भएको खबरहरु मिडियामा बरोबर आइरह्यो एकाध महिना । जब त्यसमा संलग्न अरु संस्थापकहरुको नाम सार्वजनिक भयो तब त्यो हावादारी रहेको पुष्टि भयो किनकि उक्त संस्थाको रजिष्ट्रेसन कहिं पनि देखिएन ।
विश्व संपदा सूचीमा सन् १९९७ मा सुचिकृत बुद्धको जन्मस्थल लुम्बिनी विश्वभरका अरबौ बुद्धमार्गीका लागि पबित्र स्थल हो । पहिला सरकारले चिठी काटेर एपिइसिएफ लाई नेपालको नियम कानुन अनुसार औपचारिक रुपले सहयोग गर्न चिठी पठाएको थियो । लुम्बिनी विकास समितिका अध्यक्ष भैसकेपछि कमलले फेरि एपिइसिएफ लुम्बिनी विकासमा साझेदार रहेको बताएका छन् । कमल नेतृत्वको लुम्बिनी विकास समितिले ५ वर्ष भित्रमा लुम्बिनीलाई विश्व शान्ति शहर बनाउने लक्ष्य राखेको थियो ।
अर्को रोचक पक्ष के छ भने पहिलो लुम्बिनी गुरुयोजनामा भन्दा यसपालीको मा बढी क्षेत्र समेटिएका छन्, कमल अध्यक्ष रहेको उक्त लुम्बिनी विकास समितिले रुपन्देही, कपिलवस्तु र नवलपरासी गरी ३ जिल्लाहरु समेत पारिएका छन् । नयाँ लुम्बिनी गरुयोजनाले ५ वर्ष भित्र लुम्बिनीलाई विश्व शान्ति शहर बनाएर देशको समग्र आर्थिक विकासमा फड्को मार्ने लक्ष्य राखिएको छ । नेपाललाई शान्ति क्षेत्र घोषित गराउने संकल्प लिएका पूर्व राजा विरेन्द्रलाई जस्तै भारतले कमलको अभियानाई असफल पार्यो या सहयोग गर्यो थाहा छैन, यद्यपि कमलको एकाएकको बुद्ध मोह पनि अनौठो छ ।
कमल अमेरिकाबाट नेपाल फर्कनेवित्तिकै उनको यो भ्रमणलाइ लिएर देश भित्र र बाहिर अनेकन अड्कलबाजीहरु चलेका छन् । कसैले उनलाई एनेकपा माओवादीमा चलिदै गएको विवाद छल्न उता गएका भनेका थिए । अरुले चाहि बुद्धलाई बेच्न हिडेको आरोप समेत पो लगाएका थिए । केहीले पहिले पहिले झै उनी महत्वपूर्ण डिलकालागि अदृश्य शक्तिसग साठगाठ गर्न त्यता लागेका बताएका पनि थिए र अरुले उनी हदैसम्म अनियन्त्रित संवेग भएका नेता हुनाले यो पनि एक सनक हो भनेका छन् । पछिल्लो समयमा कमलले बुद्ध र लुम्बिनीप्रति यति धेरै चासो किन देखाउदै छन् भन्नेचाहि बडो रहस्यमय नै छ । के उनी नक्कली लुम्बिनी बनाएर बास्तबिक लुम्बिनीलाई छायाँमा पार्न उद्यत भारतलाई चक्मा दिन चाहन्छन् वा नेपालमा क्रिश्चियन धर्म फैलाउन अप्रत्यक्ष रुपमा लागेको आरोपको जवाफ यसरी दिदै छन् अथवा दशबर्ष लामो रक्तपातपूर्ण जनयुद्धका कारण मारिएका हजारौ मानिसका शोकले गर्दा बेचैन छन् ?
कुनैबेला विश्वकै एक अति गुप्त बिद्रोही रातो पार्टीका नेता कमल बारम्बार नया जंगबहादर जन्मिने उद्घोष गर्थे, जुन सही थिएन भन्ने कुरा अहिले उनकै दलमा अहिलेसम्म त्यही धङधङी भएका अरु नेता अल्पमतमा परेकाबाट स्पष्ट हुन्छ । जनयुद्ध उत्कर्षमा पुगेका बेला होस् वा त्यसपछिका विभिन्न अप्रिय घटनाहरुमा कमल रोएका खबरहरुमा बरोबर आएका पनि थिए यद्यपि कतिका विचारमा त्यो गोहीको आशु थियो, नत्र केही सहयोगीलाई मात्र किन यसरी काखी च्याप्थे र ? तर उनको लुम्विनी मोह र अस्थिर मनोदशा विश्लेषण गर्दा लाग्छ आजका कमल र करिब २४०० बर्ष पहिलेका सम्राट अशोक बीच एउटा कुरामा समानता छ त्यो हो आत्मग्लानि । झापा आन्दोलनका अग्रज मध्येका एक मोहनचन्द्र अधिकारीकै उदाहरण दिने हो भने पनि यो सम्भब छ । बाँदरमूढे, दोरम्बा, दुने आदि सयौं ठाउमा चाहे जुनसुकै पक्षबाट भएका किन नहुन् संगीन घटनाले उनी व्याकूल नभएका होलान् भन्न मिल्दैन । सम्राट अशोक विजयपर्यन्त कालिङगा शहरमा ढलेका गीड, जलका घरगोठ र टहरा एवं बालक तथा विधवाका आर्तनाद सुनेर भावविहल भएर मनोवाद गरेका थिए, यो के गरे मैले? यदि यो जित हो भने हार के हो ? यो न्याय हो वा अन्याय? यो शूरता हो भने कायरता के ? म आफ्नो देश ठूलो पादैछु कि अरुको क्षय गर्दै छु ? कसैले पति गुमाएका छन्, कसैले बाबु अनि कसैले बालक र अरुले पेटभित्रको बच्चा, …… मर्दाहरुको सोत्तर के हा यो? के यी गिद्ध, काग एवं चिलहरु मेरै मृत्य वा राक्षसी दूत होइनन् र ?
त्यही शहरका सडकमा हिड्दा हिड्दै कनै समयका रक्तपिपासु राजा आफ्नो दमन र हिंसाको चरम उत्कर्षपछि पश्चाताप गर्दै अशोक बुद्धमार्गी भए । पछि उनले बुद्ध धर्मलाई राष्टधर्म मात्र बनाएनन् बल्कि यसलाई मिश्र र रोमसम्म फैलाए ।
पूर्व गुरिल्ला नेता कमल जो विगत केही दशकदेखि पार्टीका अध्यक्ष छन्, जनविद्रोहपछि शान्तिप्रक्रियामा आई चरणबद्ध तबरले विविध मुद्धामा, विभिन्न पक्षहरुसंग समय अन्तरालमा सहमति गर्दै आएका पनि छन् । सन् १९९६ मा जनयुद्ध छेडेका कमलकै सुझबुझमा २४० वर्ष लामो शाह बंशको अन्त्य भयो भन्दा अत्युक्ति नठान्ने मानिसहरु पनि छन् यहां । त्यसपछि भएको संविधान सभाको निर्वाचनमा दुई ठाउबाट विजयी भएका उनी पछि प्रधानमन्त्री मात्र भएनन् बरु नेपाली राजनीतिको (गिरिजा प्रसाद कोइरालाको अवशानपछि ) मियो नै भएका छन् । संविधान सभाको निर्वाचन अघि प्रचार गरेजस्तो उनी भावी राष्टपति त बनेनन् वा बन्ने छैनन् तर उनको आफ्नै पार्टी मा भने दुइदशक भन्दा बढी समयदेखि अध्यक्ष थिए र अहिले पनि छन् । लाग्छ कमलको यहाभन्दा माथि जाने ठाउ छैन । उमेरले पनि झन्डै ७० हान्न लागेका कमल अव फेरि शक्तिशाली रहलान् वा नरहलान् तर उनी अझ बढी परिपक्क र आस्थिक बन्दै जाने कुरा लगभग पक्का छ ।
त्यसो त कोही पनि जन्मजात म यो बन्छु भनेर आउदैन, न सिद्धार्थ, न कालिदास, न त मोहन गान्धीले बुद्ध, कवि वा महात्मा बन्छु भनी हिडेका थिए । उनीहरु विशिष्ठ परिबेश एवं भाग्यका कारणले यो वा त्यो बनेका थिए भने यो नियम कमललाई पनि लाग्दैन भनेर कसरी भन्ने? त्यसैले कमलले अशोकको देखासिकी गरेमा अचम्म हुने छैन यद्यपि यिनी जस्ता अस्थिर मनिस्थितिका मान्छे कतिन्जेल भिक्षु बन्लान् त्यो हेर्न भने बाकी छ ।
(स्रोत : रचनाकारले “नयाँ रचना पठाउनुहोस्” बाट पठाईएको ।)