कविता : आस्था र विश्वास डग्मगाएको छ

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

श्रावण महिनाको कृष्ण पक्षको रातमा
जुनकीरीको पिल पील उज्यालोमा
जीवनको गन्तब्यमा हिडीरहेका बटुवाहरु
भालेको डाँकसँगै सूर्याेदयको प्रतिक्षामा
सहज जीवनलाई तिलाञ्जली दिएर
देश र समाज बदल्ने अठोटले
राजनीति र जीवनका खराब सिद्धान्त त्याग्न नचाहानेहरुसँग
जीबन र राजनीतिका अशल सिद्धान्तको मशाल उठाउँदै
जाज्वल्यमान बनाउँन चाहान्थे धर्तिलाई
अनि जीबन बदल्ने उत्कण्ठ अभिलाषा राख्थे मानिसको
लिन चाहाने र दिन नचाहानेको बिचमा महाभारत युद्ध जस्तै
शहादत प्राप्तगर्नेको लर्काेबाट जुनकीरीको उज्यालोको सहाराले
जीवन उत्सर्गबाट बच्न सफल बटुवाहरु
अन्तःकरण देखि इन्कलाबको नारा घन्काउँदै
मातृभूमिलाई सामन्तवादबाट जोगाउन
अनवरत संघर्षपूर्ण यात्रा
न भोक न प्यास न निद्रा न त आराम ,
न जाडो न गर्मी न हिउँद न त वर्षा
त्रासदीपूर्ण जीवन , दुष्मनको नजरबाट बच्दै ,
आफ्नो टाउकाको मूल्यको कीञ्चित प्रवाह नगरी
हिँडीरहे हिँडीरहे
बिस्तारवाद साम्राज्यवाद सामन्तवाद
अनि दलालपूँजिपतिका बिरुद्धमा
गोलबन्द गर्दै हिँडिरहे हिँडीरहे
भावनालाई यथार्थमा रुपान्तरण गर्दै
गगनमा लालीमय सूर्याेदयको प्रतिक्षामा
आफ्नो धर्तिलाई लालीमय बनाउने —
अभिलाष लिएर हिँडिरहे हिँडीरहे
जीबनमा, कहिले हारले बाजी माथ्र्याे कहिले जितले
सँगसँगै हिँडीरहेकाहरुलाई पछाडी फर्केर हेर्दा
कोहि दुष्मनसँग हारमा हार मिलाएर बसेका देखिन्थे
उद्येश्यबाट बिचलित नभएकाहरुको लास लामवद्ध देखिन्थे
उद्घोष गर्दथे लाशहरु देखाउँदै संसार जितेको
के थाहा सामन्तहरुलाई मानिस मारेपनि मरेपनि
सिद्धान्त कहिलै मर्दैन भनेर
अन्ततः उद्येश्यबिहिन र सिद्धान्तहिनहरु
उद्येश्य र सिद्धान्तद्धारा पराजीत भए
धर्ति सूर्याेदयसँगै झलमल्ल भयो
लालीमयदिनको आगमनले हर्षबढाई भयो
खुसिले धर्ति आकास एकै भए जस्तो भयो
जनताको माझबाट जनताको जीबन बदल्ने वाचाकासाथ
सत्तारोहण भयो , ताजपोश पहीरीयो
नौलो अनुभूत भयो जनतामाझबाट कहाँ कहाँ गए जस्तो
अटुट जनताको आशा भरोशा र बिश्वास
अठोट देश बदल्ने, जनताको जीबनस्तर उकास्ने वाचामा
शनै शनै जनतामाझबाट पर प..र प….र प………….र गएझैं
निराशाका कालो बादलले धर्ति ढाकेझैं
देश र जनताका जीवन उकास्ने वाचाका
नायक आफुबाट खोसिए झैं
कसरी भनौं , सत्तामै सामन्तवाद रहेछ ?
कसरी भनौं, सत्तामै बिस्तारवाद रहेछ ?
कसरी भनौं, सत्तामै दलाल पूँजिपतिवाद रहेछ ?
कसरी भनौं ,सत्तामैै भ्रष्टाचारका नायक रहेछ ?
किनकि
सत्ताको भर्‍याङ जनताको परिवर्तनको चाहाना थियो
सत्ताको भर्‍याङ, जनताको संघर्ष थियो
सत्ताको भर्‍याङ जनताको अटुट बिश्वासको थियो
सत्ताको भर्‍याङ, जनताको शहादत थियो
सत्ताको भर्‍याङ, जनताको मत थियो
उ जनताबाट शासक भयो
यथार्थमा
उ र जनताको बिचमा लगाईएको अभेद्य पर्खाल सत्ता नै रहेछ
जनता अटाऊने ठाउँमा
सामन्तवाद अटाएको छ
बिस्तारवाद अटाएको छ
दलाल पूँजिपतिवाद अटाएको छ
जनताको आस्था र बिश्वास डग्मगाएको छ ।

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.