कथा : अस्मिताको अस्मिता

~सिमियोन रोक्का~Simiyon Rokka

अनुत्तरित हजार प्रश्नहरु हुन्छन, जस्को बर्तमानमा कुनै जवाफ हुँदैन । अपवादमा कसैको बिगत राम्रो होला तर अक्सर नराम्रा बिगतले बर्तमानमा अप्ठ्यारा प्रश्नहरु खडा गराइ राख्छन । जस्को उत्तर कहिले पाउनै सकिन्न त कहिले उत्तर, असाधारण र अनुपेक्षित हुने गर्छन् । यहाँ म संग त्यस्तै प्रश्नले भरिएको बिगतले बिगारेको बर्तमानको कथा छ ।

म नामले अस्मिता, नाम सुन्दा कति सरल र अर्थपूर्ण छ । नाम जस्तै जीवन अर्थपूर्ण हुने भए ? यो मेरो कथा हो । शब्दार्थमा अस्तित्वको अर्थ लाग्ने आस्मिताको अस्तित्व बिहिन कथा ।

पौष महिनाको जाडोमा, २२ लागिसकेका यि ओठहरु काप्दै थिए, जव उसका हातहरु मेरा कम्मरमा थिए । उ र मेरो बिच दुरी रत्तिभर पनि थिएन । तर दुरी यस्तो चिज हो जसले नजिक हुँदा भन्दा टाढा हुँदा पिडाको आभास गराएर छोड्छ ।

विवाहको मिती तय भएका हामी दुई, त्यही दुरीलाई सहन गर्न नसकेर एउटै अँगालोको सामिप्यतामा थियौ । जाडो मौसममा उसको सामिप्यताको तातोले म मा बेग्लै आनन्द दिएको थियो । केही दिनको झरी र त्यस पछाडि थामिएको मौसम तर नथामिएका उसका यौवन आबेगका अगाडि म हार खाएको त्यो पहिलो चोटि थियो । तर यी सामिप्यतामा उसले मबाट बिवाह अघि नै अलि धेरै कुरा चाहेको जस्तो लाग्यो र मैले उसका गतिहरुलाइ स्थिर गराउने प्रयास गरे । तर उसले आफ्नो आबेगलाइ थाम्न नसके जस्तो नाटकीय क्रियाकालाप देखाउन थाल्यो । हुन त उ मेरो हुनेवाला श्रीमान थियो तर म आफु किन लुटिन लागे जस्तो लाग्यो । त्यो भन्दा पनि म आफै,आफै संग डराइरहेको जस्तो लागिरहेको थियो । त्यसैले मैले उसलाई र उसका आबेगहरलई रोके । उसले लाख कोसिस गर्दा पनि म त्यसको निम्ति तैयार हुन सकिरहेको थिइन । कारण, म आफैलाइ थाहा भैरहेको छैन । एक दिन बिवाह गर्नु नै छ अनि बिवाह पछि त यी सब, तर पनि ममा त्यो शाहस आइरहेको थिएन ।

म घर फर्किए, मेरो मनमा आफै प्रति धेरै प्रश्नहरु गर्दै थिए ।

विवाहका तैयारी गर्नु थियो । अस्ट्रेलियाको सपना बोकेका मेरा नयनहरु धेरै नै दंग थिए । मेरा आँखाहरुमा देखिएका खुशीहरुले मेरो परिवार सबै दंग थियो । उसको परिवार पनि बारम्बार मलाई पाउनुमा उनीहरुको सहोभाग्य भन्दै दंग परेका थिए । झन स्वराजको कुरै नगरौ । स्वराजले भन्दै थियो कि म उसको सपना कि राजकुमारी हु ।

म आफुले आफुलाई भाग्यमानी ठान्दै थिए । हाम्रो बिवाहको लागि एक हप्ता मात्र बाकी थियो । सबै तैयारीहरु लगभग लगभग भैसकेका थिए । अलि खानदानी परिवार हो भनेर बुवा पनि दंग हुनुहुन्थ्यो । तर मेरो मनमा कता कता डर लागिरहेको थियो । मैले स्वराजसंग केहि खुलेर कुरा गर्नु पर्छ कि जस्तो लागिरहेको थियो । तर आमाको अनुहारमा हेरे, उहाँहरुले मेरो बिवाहलाई लिएर ठुलो सपना बुन्नु भएको छ, र यसपाली मलाई उहाँहरुको सपना जसरी पनि पुरा गर्नु छ । स्वराज उहाँहरुको लागि सबै दृष्टिकोणले योग्य पनि छ ।

बिवाहको ३ दिन अगाडि साझको प्रहर मलाइ स्वराजको फोन आयो । अलि गम्भीर स्वाभावमा थियो । कुरा गर्न अनकनाइ रहेको जस्तो लाग्दै थियो । मैले अप्ठ्याराका पर्खालहरुलाइ भत्काउन र सहजतामा आफ्ना कुरा राख्न उसलाई सम्झाए ।

उसले एउटा प्रश्न गर्यो । जसले मेरा पुरुषलाइ हेर्ने दृष्टिकोण फेरि त्यहि बनाई दियो । उसले आफ्ना कुराहरुमा भूमिका बाध्दै भन्यो, “अस्मिता, हाम्रो बिवाह हुन जादैछ, बिवाह अगाडि अनेकबाट अनेक कुराहरु सुन्दै छु । यदि सब साचो हुन भने मैले केहि सोच्नु पर्छ । मलाई कता कता के के कुराले विक्षिप्त बनाएको छ, म तिम्रो मुखबाट नै सुन्न चाहन्छु, मैले सुने, तिम्रो आफ्नै काका संग अनैतिक सम्बन्ध थियो रे ? के यो साचो हो ?”

म एक छिन छाँगाबाट खसे सरह भए । मेरा आँखाहरु यता उता घुम्न लागे । एक छिनमा चक्कर आए जस्तो लाग्यो । रिसले हो या उसको त्यो प्रश्नले मेरा कानहरु राता र ताता भए जस्तो लागिरहेको थियो । ति प्रश्नको जवाफमा मैले प्रतिप्रश्न गरे, “तिमीलाई यी सब कसले भन्यो ?”

उसले भन्यो, “यस्तो सुन्दै छु, कसले भन्यो भन्दा पनि सत्य के हो ? मलाई त्यो बताउ । तर तिमीबाट म यी सव असत्य हो भन्ने सुन्न चाहन्छु । म इज्जतदार परिवारसंग बिलंग गर्छु । यो परिवारको इज्जतको कुरा हो । त्यसैले भनिदेउ मैले सुनेका सबै कुराहरु असत्य हुन ।”

मैले फोन काटे, मलाइ त्यसै रुन आएछ । म चिच्याएर रोए । मलाइ थाहा छैन, यो सब कुराहरु उसलाई कसले भन्यो र कसरी भन्यो ? तर म विक्षिप्त त उसको प्रश्नहरुले भए । बिवाह हुन लागेको छ, मात्र केहि दिनका फरकहरु छन । अनि आफुले श्रीमान मानिसकेको स्वराज ?

मैले आफ्नो फोन उठाए, शाहससाथ, उसलाई कल लगाए र भने, “स्वराज तिमीले गलत सुनेउ । तिमीले सुनेका कुरा असत्य हुन । सत्य यो हो कि मेरो काका संग अनैतिक सम्बन्ध भएको होइन काकाहरु संग हो अनि त्यो सम्बन्ध, अनैतिक सम्बन्ध होइन बलात्कार हो । तिमी इज्जतदार घरको मान्छे बलात्कार भन्ने के थाहा ? त्यो त हामी इज्जत नभएकाहरुको भागको कुरा हो । इज्जतको कुरा गरेउ । मेरो आफ्नो इज्जत छैन । मेरो परिवारको इज्जत छैन ।

तिमीले बिवाह अघि नै यो प्रश्न गरेउ, मान्छे चिन्न सजिलो भयो । तिमीले सोच्नु पर्छ भनेउ, होइन ? केहि नसोच, म आफै तिमीलाई अप्ठ्यारोमा पार्दिन । तर तिमीले अर्को जुनी पाएछौ भने भने केटि भएर जन्मनु अनि थाहा पाउने छौ यौन स्वषण के हो ? सम्बन्ध के हो ? अनि बलात्कार के हो ?”

उसले के सम्झाउदै थियो । मैले उसका कुरा सुनिन, सायद केहि भन्दै थियो । मैले मात्र आफ्नो आवेग पोखे । एक छिन मै मेरो वरिपरि मेरो आमा बुबा र भाइहरु जम्मा भैसकेछन । म रुदै थिए । आमालाइ अंगाल्न पुगेछु । मलाइ सम्हाल्दै गरे कि मेरी आमाको रुवाइ झन मेरो भन्दा चर्को भयो । म आफुले आफुलाई सम्हाले र आमालाइ नरुन भने । बुवा लाचार बनेर त्यसै स्तब्द बस्नु भएको थियो । धेरै वर्ष भैसके मैले मेरो बुवा आमालाई बेइजत र आंसुमा राखेको ।

म ८ कक्षामा पढ्दै गर्दा, ट्युसन पढ्नु पर्छ भन्ने भान सबैलाइ भएको थियो । जस अनुरुप म ट्युसन पढ्न जान थाले । ट्युसन साझ नै भए पनि म आफुलाई अलि सुरक्षित ठान्थे किनकि ट्युसन पढाउने मेरो आफ्नै काका हुनुहुन्थ्यो । काकाले मलाइ जहिल्यै साझ आफ्नो बाइकमा राखेर घर सम्म ल्याइदिनु हुन्थ्यो । कहिले काही साझको चिया खाएर निस्कनु हुन्थ्यो । मेरो आफ्नै काका, मेरो बुवाका ४ दाजु भाइ, एक जना मलेसिया भासिनु भएको बर्षौ भयो र अरु यतै केहि गर्दै बस्नु भएको थियो । सान काकाले C A पढ्नु भएको रे । प्रगति केहि गर्नु भएन । त्यसैले ट्युसन पढाउनु हुन्थ्यो । मेरो काकाले मलाइ धेरै माया गर्नु हुन्थ्यो । मलाई हिसाब र अंग्रेजी सिकाउनु हुन्थ्यो जसकारण मेरो पढाइ सन्तोषजनक थियो ।

एक दिन स्कुल छुट्टी थियो । म घरमा एक्लै थिए । भगवान जस्तो मेरो काकाहरु घर आउनु भयो । मेरो सानो उमेर भए पनि चिया बनाएर दिनु पर्छ भन्ने चेतले म चिया बनाउन तिर लागे ।

मेरो माइलो काकाले मलाइ दराजको चाबी लेउ केहि कागज पत्र झिक्नु छ भन्नु भयो र चाबी माग्नु भयो । म संग दराजको चावी थिएन । उहाँले बुबालाइ फोन गर्दै तथानाम भन्दै हुनुहुन्थ्यो । मैले बुझे उहाहरु अंश बण्डका कुरामा झगडा गर्दै हुनुहुन्थ्यो । कान्छा काकाले त्यसै फोन फाल्दिनु भयो । चिया कप लिएका मेराहरु लगलगाएका थिए । माइलो काका सोफामा थुचुक्क बस्नु भयो । मैले के भैराछ थाहा पाउन सकिन । मैले माइलो काका नजिक चिया लगिदिए । उहाँले मलाइ घुरेर हेर्नु भयो । सधै मायाले हेर्ने ति आँखाहरुमा अर्कै हेराइ थियो । माइलो काकाले रक्सि पिउनु भएको रैछ । ह्वास्स गन्ध आयो । उहाँले चिया समाउनु भएन । मैले उहाँको चिया उहाँको नजिक राखिदिए ।

मलाइ डर लागेर आयो ।

मैले कान्छा काकालाइ पनि चिया दिए । उहाँले चियाको ग्लास समाउनु भयो । कान्छा काकाले भने रक्सि खानु भएको थिएन । उहाँ रक्सि खानु हुदैन पनि ।

दुवैलाई चिया दिएर म आफ्नो कोठामा पसे । म आफ्नो कोठामा आफ्नो किताब खोलेर बस्न लागे । बुवा र अंकलहरुको कुरामा मलाइ कुनै चाख थिएन । मात्र यति हो मेरा अंकलहरु रिसाएको म देख्न चाहने थिएन तर उहाँहरु तथानाम भन्दै हुनुहुन्थ्यो । उहाँहरु बुवालाइ पर्खेर नै जाने भनेर बस्नु भएको थियो । लगभग आधा घण्टा पछाडि माइलो काका मेरो कोठामा छिर्नु भयो । माया गर्ने भगवानमा दैत्यले बास गरेको थियो त्यो दिन ।

उहाँले मलाई खुरुक्क सबै लुगा खोल भन्नु भयो । म अच्चमित परे । म डराए र कोठाको कुनामा भागे । सबै लुगा खोल नत्र मारिदिन्छु भन्नु भयो । उहाँले मलाइ झापड लगाउनु भयो । उहाँले मैले लगाएको कुर्था अगाडिबाट च्यातिदिनु भयो । मैले “सान अंकल हेर्नुस न, अंकललाई के भयो ? मलाई भित्र आउनुस न ! अंकललाई सम्झाउनुसा न !” भन्दै कान्छा काकालाइ बोलाउदै थिए । ढुंगाले सुन्ला त्यो मान्छेले सुनेन । माइलो काकाले मेरो शरिरसंग खेल्नु भयो । म छेडिए, छेदिए, छेद बिच्छेद भए । चोट र घातले आघात भए । मेरो बल र शक्ति उहाँ को अगाडी निरिह्य भयो । मैले आफ्नो भ्याए भित्तो बलले नकारे, चिच्याए, कराए, काकालाइ सहयोगको निम्ति चित्कार गरे तर ति सब विफल भए । म कराउन नसक्ने भए । एकै छिनमा म पूर्णरुपमा लुटिए । म माथि ठुलो भारी बोझ थियो । मेरो जाँघबाट ठुलो ठुटोले हिर्काए जस्तो लागिरहेको थियो ।

एक छिनमा मेरो माथि भएको बोझ उत्रियो । म सायदै रक्ताम्य भए । चर चर चरचर्याएका तापहरुको महसुस गर्दै थिए । काका उत्रितिनु भयो । ढोका खोलिए । उहाँ बाहिरिनु भयो । म विवस्तामा त्यहि परिरहे । तर अफसोफ फेरि अर्को भारी म माथि आइलाग्यो । यति बेला थाहा पाए म माथि मेरो अर्को भगवान बज्रिनु भएछ । मेरो कान्छा काका, जसलाई म देवताको प्रतिरुप मान्थे । उहाँ म माथि चड्नु भयो । मच्चिनु भयो । आफ्ना सबै बलहरुले मलाई कुनै दया बिना निचोर्नु भयो । म कराउन नसक्ने भएको थिए । चिच्याएर घाटी बसिसकेको थियो । बस आखाका आँसुहरु बग्दै थिए । मेरा अस्मिताका रगतहरु ।

मलाइ याद छ, प्रहरी कार्यालय अगाडि झोक्कराएर बसेका मेरो बुवालाइ प्रहरीले “आफ्नै परिवारको भित्रको घटना हो । तपाइहरु मिल्नुस” भन्दै थिए । तमासा हेर्नेहरुको त्यो भिडमा कसैले भन्दै थिए, “आफ्नै काका हो रे ।“ मैले एक जनाले प्रष्ट भनेको सुन्दै थिए, “अब यसलाई कसले बिवाह गर्छ ?”

राक्ष्यासहरुको अनुहार हेर्न सकिन मैले, तर ति नै राक्षसहरुलाई मेरो खुट्टामा ढोगेर माफी माग्न लगाइयो र त्यसै साम्य हुने भयो त्यो घटना । तर कसरी साम्य होस म भित्रको त्यो चोटहरु ? कसरी साम्य होस म भित्रको छेदहरु ?

सबैले परिवार भित्रको घटना हो भने, बुवाले पनि हल्ला गरे आफ्नै इज्जतको धज्जी उड्छ भनेर शान्त हुनु भयो । म उहाँहरु संगै सम्झौता गर्न बाध्य थिए । कलिलो उमेरमा अरु गर्न नै के सक्थे र ?

आफ्नै काकाले बिवाह गरे पनि हुन्छ होला भनेर भन्ने यो पाताकि समाजमा मेरो आलो घाउ लिएर म बाच्दिन भन्ने सोचहरु पनि थुप्रै आए । तर आमाको पिल्पिलाउदो अनुहारहरुमा बाच्न पर्ने आधारहरु खोजिर बाचिरहे ।

त्यस पछाडि हाम्रो परिवारलाई लिएर सबैले हेर्ने दृष्टिकोण नै परिवर्तन भयो । मलाई केटा मान्छे भने पछि घृणा लागेर आउथ्यो ।

मैले आफुले आफुलाइ सम्हाल्न सिक्दै गए । तर लाख कोसिस गरे पनि आफु आफ्नाबाट लुटिएको त्यो क्षेण भुल्न सकिन ।

निन्द्रामा पर्दा पनि सपना देख्छु कि अनि सपनामा ति राक्ष्यासहरु मलाइ लुट्न आउछन कि भन्ने डर लागेर आउथ्यो ।

मेरो समाजमा बलात्कार हुनु ठुलो कुरा होइन यहाँ दिनको कोहि न कोहि बलात्कार भएको हुन्छन । आफ्नाले नै आफ्नैको अस्मिता लुटछन । घटना घट्छ, घटना समाजलाई सामान्य लाग्छ तर यो समाजलाई सामान्यले लाग्ने यस्ता घटनाले कति असामान्य पिडा दिन्छ त्यो सायद म जस्ता लुटिएका अस्मिताहरुलाइ मात्र थाहा होला । मेरो बुवा कति दिन शिर झुकाएर हिड्नु भयो । मेरो आमा कति दिन आसु बगाएर रुनु भयो सायद त्यो म जस्ता लुटिएका अस्मितालाइ मात्र थाहा होला ।

तर जीवन कहा यति मै अन्त हुन्छ र ? यो त बिगत हो जसले भबिष्यका हजार बर्तमानलाई तहसनहस पार्नु छ ।

स्वराजसंग मैले यी सब कुरा गर्ने सोचमा नै थिए तर म डराएको थिए । सायद उ अलि फरक लाग्थ्यो त्यसैले मैले बिवाह पछिलाई केहि जवाफ संगालेर राखेको थिए । तर जवाफ आज नै दिन चाहे । त्यसैले मैले मेरो फोनलाइ उठाए र स्वराजलाइ टेक्स्ट म्यासेज गरे,

“स्वराज, तिमी पनि यो समाजको पुरुष हौ । म जस्तो केटिलाई स्वीकार गर्न जति नै गरे पनि तिम्रो पुरुश्वत्वको अहमले तिमीलाई दिने छैन । गल्ति गर्दै रैछु, सबै कुरा भुलेर तिमी संगको संसारको कल्पना गर्न लागेछु । मेरो निको हुन लागेको घाउ कोट्याइदियौ र मलाई मेरो अथार्थ धरातलमा ल्याईदियौ । धन्यवाद, मैले झन्डै मेरो बिगत र मेरो अस्तित्व नै भुलिसकेछु । म त झन्डै यो समाजको अंग जस्तो अनुभव गर्न थालेछु । झन्डै बिर्सेछु, बालात्कार गर्ने समाज ठाडो शिर गरेर हिड्छ अनि बलात्कृत अस्मिताहरु अपहेलनामा । वास्ताविकता, म एक चोटी मात्र काकाहरु बाट बलात्कृत भएको हु तर त्यस पछाडि मलाइ हजार चोटी यो समाजले बलात्कार गरेको छ । मैले मेरो यथार्थ धरातल कहा बिर्सनु हुन्छ र ? म त बलात्कृत नारी हो । जो समाजमा सधै बलात्कृत नै रहिरहन्छे ।

तिम्री लुटिएकि अस्मिता ।

बिवाहको दिन आयो । जग्गे गाड्नलाई तैयार पारेर राखेको केराको बोट आगनमा लडिरहेको थियो, म माथि बरण्डामा । भित्र कोठामा आमा र आमासंगै लाचार बुवा ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.