~श्याम रिमाल~
छोटो बसाइमा पढ्न सकिने आख्यान उपविधा ‘लघुकथा’ साहित्यकारका लागि कति प्रिय भइसकेछ भने खोज, अनुसन्धान, निबन्ध र प्रबन्धमा समर्पित भएका र कवितामा पनि औधि रुचि लिएका छयासी वर्षीय साहित्यकार कमल दीक्षितसमेतले यो उमेरमा ‘लघुकथा’(खण्ड १ र २) भर्खरै ल्याएका छन् । लघुकथा कुनै विषयवस्तुलाई मार्मिक र सङ्क्षिप्त रुपमा पाठकसमक्ष पु¥याउन प्रभावकारी भएको छ । “अहिलेका व्यस्त पाठकसित लामा निबन्ध र कथा पढेर बस्ने फुर्सद छैन, त्यसैले विषयवस्तुलाई पाठकसमक्ष राख्न लघुकथा सामयिक माध्यम बनेको छ ”, आफ्नो कृति विमोचनमा यसरी उनी आफ्नै प्रिय विधा निबन्धप्रति कम विश्वस्त देखिए । अहिलेका पाठक पनि कस्ता लघुकथाप्रिय भैदिए भने यही वैशाख ३ गते विमोचित ‘एकलव्य दृष्टि’ लघुकथासङ्ग्रहका एक हजार प्रति दुई दिनमै सबै बिक्री भयो, विदेशबाट धेरै माग भयो ।
गुुल्मी धुर्काेटका रवीन्द्र पाण्डे पहिले साहित्यकार भए र पछि प्रजनन तथा बालस्वास्थ्य विशेषज्ञ । डा साहेब आफ्नो क्लिनिकमा सधँैं व्यस्त । त्यसैले उनी ‘सानो आँखीझ्याल’रुपी ‘छोटो किस्सा’बाट आफू ‘सानो संसार’ चियाउँछन् र अरुलाई पनि हेर्न लगाउँछन् । बल्ल एकचालिस कट्न लागेका रवीन्द्र ‘समीर’ झैँ बतासिएर नेपाली साहित्यलाई दश कृति दिनेमा परिसकेका छन्, जसमा आठ वटा त लघुकथासङ्ग्रह नै छ तथा गजल, मुक्तक र नियात्रा लेखन भने धेरै पछि परेका छन् । धनुर्विद्यामा समर्पित एकलव्य झैँ अब लघुकथामा एकोहोरो लागेका रवीन्द्र समीरकै हो भर्खरै विमोचित ‘एकलव्य दृष्टि’ पनि जसको चर्चा अहिले मिडियामा ह्वात्तै बढेको छ ।
सङ्क्षिप्त, सरल, सुरुचिपूर्ण, साङ्केतिक, व्यञ्जक, सङ्केन्द्रित, तीक्ष्ण, नाटकीय, प्रतीकात्मक, ध्वन्यात्मक, प्रभावपूर्ण, सम्प्रेषक, व्यङ्ग्यचेतप्रधान एवं अन्त्योत्कर्षयुक्त कथात्मक अभिव्यक्तिलाई लघुकथाको रुप दिने नेपाली साहित्यकार जयनारायण गिरी, पूर्णप्रसाद ब्राह्मण, दुर्लभलाल सिंह, गोरखबहादुर सिंह, विनयकुमार कसजु, कपिल लामिछाने आदिकै ख्यातिमा समीर पुगिसकेका छन् । सटिक शीर्षक, कथात्मक बहाव, सीमित पात्र, परिवेश, चरित्र एवं थोरै शब्दमा अप्रत्याशित ढङ्गले सोच्न, घोत्लिन, आक्रोश पैदा गर्न तथा पाठकलाई भुमरीका बीचमा छाड्ने र समाप्ति कौशल आदर्श अँगाल्दै ‘कुथुङ्ग्री’लेख्ने समिरसित राष्ट्रिय अन्तर्राष्ट्रिय लघुकथा पुरस्कार जितेको गौरव छ । खेमलाल हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठानद्वारा स्थापित ‘पद्मश्री साहित्य सम्मान, २०६७’ त यिनले लघुकथासङ्ग्रह ‘अर्जुनदृष्टि’,२०६७ लाई नै भिडाएर हात पारेका थिए । तीन घन्टाको चलचित्रलाई एक मिनेटमै दिन सक्ने चमत्कारिक यी लघुकथाकार नेपाली समाजमा अन्तरनिहित राजनीतिक, सामाजिक, धार्मिक–सांस्कृतिक तथा व्यक्तिगत विकृति विसङ्गतिको चिरफार गर्न खप्पिस छन् । ‘एकलव्य दृष्टि’का चालिस बढी कथा चिकित्सकको हृदय र बिरामीको संवेदनाको संवाद भने पनि हुन्छ । उनलाई लघुकथाका विषय खोज्न टाढा जानै पर्दैन, विभिन्न समाज नै उनकहाँ आउँछ । बिरामीका समस्या सुन्दै र तिनलाई जाँच्दै उनमा विषयवस्तु फुरिसक्छ । अहिले बिरामी मानिसको सेवामूलक उपचार र रोगी देशलाई बाटो देखाइदिने मार्गदर्शन चाहिएका बेला समीर जस्तै सर्जक चाहिएको बेला पनि हो ।
प्रकाशित कृति
१.तेस्रो आँखा (लघुकथासङ्ग्रह, २०५३)–प्रकाशक आफैँ
२.पोष्टमार्टम (लघुकथासङ्ग्रह, २०६२)–प्रकाशक आफैँ
३.विकिरण (लघुकथासङ्ग्रह, २०६३)–शब्दघर प्रकाशन
४.कालो बादलभित्र चाँदीको घेरा (गजल तथा मुक्तकसङ्ग्रह, २०६३)
५.ईश्वरका कथा (लघुकथासङ्ग्रह, २०६५)–रत्न पुस्तक भण्डार
६.ग्रेटवालको ग्रेट अनुभूति (नियात्रासङ्ग्रह, २०६६)–साझा प्रकाशन
७.अर्जुनदृष्टि (लघुकथासङ्ग्रह, २०६७)–रत्न पुस्तक भण्डार
८.अणु र पहाड ( लघुकथासङ्ग्रह, २०६९ )–पैरवी बुक हाउस
९.व्यङ्ग्यं शरणं गच्छामि ( लघुकथासङ्ग्रह, २०७० )–बुक्सेलर प्रकाशन
१०.एकलव्य दृष्टि ( लघुकथासङ्ग्रह, २०७१ )–फाइन प्रिन्ट
पुरस्कार÷सम्मान
क) राष्ट्रिय
१.प्रथम पुरस्कार–प्रथम राष्ट्रव्यापी खुला लघुकथा प्रतियोगिता, २०५४
२.स्वर्णपदक–त्रिवि, २०५९
३.ज्ञानचन्द बरमन गोल्ड मेडल, २०६०
४.महेन्द्र विद्याभूषण पदक, २०६२
५.नेपाल विद्याभूषण पदक, २०६५
६.रमेश विकल साहित्य प्रतिष्ठानद्वारा सम्मान, २०६६
७.नइ पुरस्कार, २०६६
८.नेपाल नवप्रतिभा पुरस्कार, २०६६
९.युवावर्ष मोती पुरस्कार, २०६७
१०.पद्मश्री साहित्य सम्मान, २०६७
११.अनेसास उत्कृष्ट पुरस्कार, अमेरिका, २०६८
१२.साताको साहित्य पुरस्कार, अस्ट्रेलिया, २०६८
१३.सम्मान–अन्तर्राष्ट्रिय साहित्य महासङ्घ, मस्को, २०७०
ख) अन्तर्राष्ट्रियः–
१.भ्हअभििभलअथ ब्धबचम, ध्यचमि ज्भबतज म्बथ, द्दण्ण्ट( भारत
२.प्रथम पुरस्कार– क्ष्लखभकत ष्ल जभबतिज, द्यगष्मि ब कबाभच ागतगचभ, धयचम ज्भबतिज म्बथ, द्दण्ण्ठ, (निबन्ध प्रतियोगिता) बङ्गलादेश
३.उपकुलपति स्वर्णपदक, २००८ – बङ्गलादेश
४.अतिउत्कृष्ट कथाकार (प्रथम पुरस्कार)–अन्तर्राष्ट्रिय लघुकथा महोत्सव, २०६४
लघुकथा मायाप्रेम, प्राकृतिक सौन्दर्यको वर्णन तथा मनका भावनाको सौन्दर्यशास्त्र होइन, बरु लघुकथा विरोधको कला हो, प्रतिरोधको रचना कौशल हो, विरुद्धको कथ्य हो, विद्रुपताको कौशल हो । सङ्क्षिप्तमा सम्पूर्णता अर्थात् लघुकलेवरमा पूर्ण स्थिति लघुकथाको सबैभन्दा छोटो परिभाषा हो । काव्य, आख्यान, निबन्ध र नाटक गरी साहित्यका चार खम्बामध्ये आख्यान विधाको फुटबल मैदान उपन्यास हो, भलिबल मैदान कथा हो भने चेसबोर्ड लघुकथा हो । जसरी उपन्यासको सारांश कथा होइन, महाकाव्यको सारांश कविता होइन, त्यसैगरी, कथाको सारांश वा छोटो रूप लघुकथा होइन । भन्न त विश्वको सर्वाेत्तम लघुकथा प्रतियोगिता विजेता स्टेफान डुनिङले त यसलाई ‘एक पृष्ठको उपन्यास’सम्म पनि भनेका छन् । नेपाली साहित्यमा सबैभन्दा बढी लघुकथासङ्ग्रह दिने समीर भन्छन्,“जुन कथामा विचार, लय र सन्देश छैन त्यो चुट्किला हो, जुनमा छक्कलाग्दो अन्त्य वा अन्त्योत्र्कर्ष छैन, त्यो छोटो कथा मात्र हो, आजभोलि लघुकथाका नाममा छोटो कथाको बिगबिगी छ ।”
अन्य विधाजस्तै लघुकथा पनि सम्पूर्णता र विशिष्टतायुक्त स्वतन्त्र विधा हो । लघुकथा अस्त्रमा छुरा हो, बाहनमा मोटरसाइकल हो, शब्दमा चट्याङ हो, उपचारमा तीक्ष्ण सुई हो भने हतियारमा अणुबम हो । लघुकथाको संरचनामा प्रमुख पक्ष वैचारिक अन्तर्वस्तु हो, शाब्दिक सघनता हो, बौद्धिक नियोजन हो, मितव्ययी शब्द संयोजन हो तथा अनपेक्षित एवं विस्फोटक अन्त्योत्कर्ष हो । उनी व्यक्ति तथा समाजको छिद्रान्वषेण गरेर विकृति, विसङ्गति तथा द्वैधचरित्रप्रति तीक्ष्ण प्रहार गर्छन् । मन, वचन र कर्ममा देखिएको असन्तुलनलाई सटिक ढङ्गबाट उजागर र प्रहार गर्नु तथा मनोवैज्ञानिक उत्खनन गर्नु उनको मौलिक विशेषता हो । “मैले गजल, मुक्तक, नियात्रा जे लेखे पनि पाठकले मबाट लघुकथा नै चाहे, अब यो मेरो गोरेटो भइसकेको छ र म आफ्नै बाटो बनाउन चाहन्छु ”, उनले भने । उनी फाट्टफुट्ट लेखे पनि यसैमा चाहिँ विसं २०५३ देखि समर्पित हुन थालेका हुन् जो लघुकथा समाजका सचिव पनि भए चार वर्षसम्म । उनका अनुसार अहिले नेपालमा दशभन्दा बढी समर्पित लघुकथाकार छन् । बितेकामा गिरी, ब्राह्मण, सिंह तथा हालकामा कसजु, किशोर पहाडी, ध्रुव मधिकर्मी, श्रीओम श्रेष्ठ रोदन, कृष्ण शाह यात्री, सुमन सौरभ, पुष्करराज भट्ट चर्चित भएका छन् । विश्वमा खलिल जिब्रान( लेबनानी–अमेरिकी), अर्नेस्ट हेमिङ्वे(, अमेरिकी), रोनाल्ड वालेस (अमेरिकी),
कथानक, शिल्प, वैचारिक पक्ष, शैली, संवेदना, कलापक्ष र प्रस्तुतीकरणलाई सशक्त र तीक्ष्ण बनाउन लेखकीय रचनाकौशल अपेक्षित हुन्छ । घटनाक्रमको गुम्फन एवं तीव्रता अधिक हुने लघुकथा विधामा थौरै शब्द, थोरै स्थान र थोरै समयमा शिल्प र शैली, स्थापत्य र सन्देश, भाषा र भाव, कथ्य र कथन भंगिमाको सन्तुलित सामञ्जस्य मार्मिक रूपमा प्रस्तुत गर्न सक्नु लघुकथाकारको कौशलता हो । एउटा व्यक्ति र स्थितिलाई चिनाउन कथा र उपन्यासमा हजाराँै शब्द र सयौँ वाक्य प्रयोग गर्न सकिन्छ । लघुकथा विधामा त्यही व्यक्ति र स्थितिलाई थोरै शब्दले छर्लङ्ग चिनाउनुपर्ने हुन्छ । धेरै शब्दमा धेरै वा थोरै भन्न सक्नुभन्दा थोरै शब्दमा धेरै भन्न सक्नु कष्टसाध्य विषय हो । शिखरमा पुग्ने सबैभन्दा छोटो बाटो नै सबैभन्दा कठिन हुन्छ । समीरले कष्टसाध्य छोटो बाटाबाट नै शिखरमा पुग्ने लक्ष्य राखेका छन् ।
हाल ‘लघुकथाको सिद्धान्त’ लेख्दै लघुकथामा पनि चिकित्सक बन्न खोजिरहेका समीर भन्छन् –“लघुकथाको ज्यामितीय आकारमाथि फराकिलो र तल चुच्चो भएको त्रिभुजजस्तो हुनुपर्छ । लघुकथा स्थगन वा समाप्तिको विन्दु जति तीक्ष्ण हुन्छ, त्यो लघुकथा त्यति नै प्रभावकारी हुन्छ । बोधोपन हुनु, तीक्ष्ण विन्दुबाट विस्तारित हुनु, वर्णनात्मकशैली हुनु, रोचकीय ढङ्गबाट प्रवाह नहुनु, मूल रहस्यको सुरुमै उद्घाटन भएर कौतुहलको अभाव हुनु आदि लघुकथाका अवगुण हुन् । बनोट र बुनोटमा छरितोपन, सङ्क्षिप्त आकारको सुगठित, मुक्तकीय झट्का, उत्सुकताको प्रबलता, तीव्र अनुभूतिको चित्रण, विम्बात्मकता, सघन द्वन्द्वात्मकता, श्रुतिमधुर शब्दको प्रयोग, आकस्मिक र आकर्षक आरम्भ, सुसङ्गठित घटनाक्रम र बोधगम्य विकास तथा अप्रत्याशित एवं चातुर्यपूर्ण समापन आदि सफल र सार्थक लघुकथाका आधार हुन् । समाप्तिमा अर्थात् बैठानमा टुङ्गिएको लघुकथाभन्दा स्थगनमा टुङ्गिएको लघुकथा बढी प्रभावकारी हुन्छ ।”
यस्तो देख्न फुच्चे तर लेख्न कठिन ‘सर्ट सर्ट स्टोरी’बाट नै दीक्षितले भने झैँ अहिलेको व्यस्त समयमा लेखक र पाठकबीच प्रभावकारी संवाद हुन्छ भन्ने अनुभूति मिलेपछि यसैमा समर्पित समीरबाट अन्य विधामा लाग्नेले पनि सोच्नुपर्ने देखिएको छ, कोही ‘देवकोटा’ बन्छु भन्छन् भने चाहिँ अर्कै कुरा हो । लघुकथामा लाग्नेका लागि अब त ‘रामचन्द्र पद्मा लघुकथा सम्मान’पनि त स्थापना भइसकेको छ जसलाई मोहनराज शर्माले गत वर्ष थापिसकेका छन् ।
प्रस्तुत छः नेपाली लघुकथा क्षेत्रमा सशक्त र नेतृत्वदायी नाम समीरका केही लघुकथा ः
समाजको ऐना
‘राजनीति समाजको ऐना हो’–मालिकको खेत खनिरहेको रामअवतारले पसिना पुछ्दै ‘हो’ मा टाउको हल्लायो ।
‘साहित्य समाजको ऐना हो’–खेतमा बाउसे लगाइरहेको रामअवतारलाई अर्को हुलले पनि टाउको हल्लाउन विवश तुल्यायो ।
‘धर्म र संस्कृति समाजको ऐना हो’–अर्को समूहले पनि आली लगाइरहेको राम अवतारको ध्यानाकर्षण ग¥यो ।
‘चलचित्र र फेसन समाजको ऐना हो’–रसिला र भरिला युवाको कुरा सुनेर खेत खनिरहेको रामअवतारलाई आप्mनो –‘त्यो’ उमेरको मीठो सम्झना आयो ।
‘शिक्षा समाजको ऐना हो …’–रामअवतारले भारी कस्दै दर्जनौँका आआप्mना डम्पूmहरू सुनिरहृयो । दिनभर कामले लखतरान परेको ऊ र आन्द्रा चिथोरिरहेको उसको अभिन्न मित्र भोकलाई ग¥हौँ भारीले बिर्साइदिएको थियो ।
बाटामा आपूmजस्तै कमैया रामजवहरको घरमा पसेर जौको जाँड खाँदै उसले गफ हाँक्न थाल्यो–‘लौ हेर मेरा हातका ठेला र नीलाडामहरू …मेरो यो हात नै हाम्रो समाजको सक्कली ऐना हो ।’
चिडियाखाना
‘हेर त पुड्के ! त्यो बाँदर हो’–लाटाले आप्mनो छोरालाई चिडियाखानभित्रको बाँदर देखायो । शारीरिक रूपमा बाठो भए पनि गरिबीले अर्थात् उसकै भाषामा ‘कर्मले ठगिएर’ उसको नाम लाटो भएको हो । ‘के खाइरहेको छ बा ! त्यो बाँदरले ?’ ‘स्याउ, सुन्तला, अङ्गुर …’ लाटाले छोटो जवाफ दियो । अलिपर पुगेपछि पुड्केले खीर र मासुको थुप्रो देखाउँदै सोध्यो –‘बा ! त्यो बिरालाले के खाँदैछ ?’ यस पटक लाटोलाई निकै नरमाइलो लाग्यो । अघिल्लो बेलुकी लाटाले एउटा डल्लो ढिँडो तीन जना छोराछोरीलाई बाँडेर खुवाएको र आपूm बूढाबूढीले मकैको खोले खाएर सुतेको सम्भ्mयो । लाटाले बल्ल पृथ्वी घुमेको थाहा पायो । ‘बा ! हेर त त्यो कुकुरले मासु खाँदैछ …। त्यो स्यालले पनि मासु खाँदैछ …। त्यो चराले चना र चामल खाँदैछ …।’ पुड्केले घुटुक्क थुक निल्दै भन्यो – ‘बा ! मलाई पनि त्यहीँ राख है, म घर जान्न के !’ ‘चुप लाग् !’ लाटालाई आप्mनो पितृत्वप्रति पनि बिछट्टै घृणा लाग्यो र बेहोसीमै छोरोलाई लतार्दै चिडियाखानाबाट बाहिर निस्कियो ।
राशिफल
लक्षे बाहुन, नेवार माइला र पूर्वेली साहुको होटलमा भन्दा सान्नानीको तातो–चिसो चिया पसलमा बढी भिड हुने गर्छ । त्यहाँ आउने ग्राहक मात्र होइन गफ पनि बिहान÷दिउँसो÷बेलुका पृथक्–पृथक् हुन्छन् ।
त्यस बिहान चिया–गफको विषय थियो–राशिफल । मास्टरबाबुले सहरबाट ल्याएको पत्रिका समाएर सर्वप्रथम आफ्नो राशिफल पढे । त्यसपछि गाविस अध्यक्ष, हवल्दार, स्वास्थ्य–सहायक, रेन्जर, परिवार नियोजन अधिकृतको राइँलो छोरा, महिला विकास कार्यालयकी ३६ वर्षीया सुश्री प्रजावती आदिको राशिफल पढ्दै गए । राशिफल पढिरहेका मास्टरबाबु वाक्यअनुसार हाउभाउ गर्दै दङ्ग परेका थिए भने स्रोताहरू आप्mनो राशिफलका राम्रा पक्ष सुनेर मख्ख परेका थिए ।
‘…मेरो पनि राशिफल सुनाउनुहोस् न मास्टरसाहेब । अक्षर नचिने पनि कान त जिरेखुर्सानीभन्दा टाठा छन् नि हो ।’ गाउँको अत्यन्तै गरिब तथा परिवारहीन धने बूढो स्वास्थ्य–सहायकले प्mयाँकेको चुरोटको ठुटो तान्दै प्वाक्क परेर बस्यो । ‘ल सुन् धने’ मास्टरबाबु गलबन्दीको फेरो मिलाउँदै धनेको राशिफल पढ्न थाले–‘चन्द्रमाको अनुकूलताले गर्दा यो महिना अति उत्तम छ । नोकरी तथा राजनीतिमा सोचेभन्दा बढी सफलता मिल्नेछ । बौद्धिकस्तर बढ्ने तथा लेखनमार्गमा तीव्रता आउनेछ । परिवारजनबाट राम्रो सहयोग मिल्नाका साथै नवप्रेमिका मिलनको संयोग छ । व्यापारबाट मनग्गे फाइदा हुने योग छ । सञ्चित धन तथा गरगहना चोरिन सक्नेछ । महत्वपूर्ण भेटघाटका साथै विदेशयात्राको अवसर मिल्नेछ ।’
निषेधको राजनीति
सानो चिटिक्क परेको सुन्दर घर, घरको वरिपरि सप्तरङ्गी बगँैचा, चिसो झरना, अद्वितीय प्राकृतिक एवं गौरवशाली इतिहास …। अवर्णनीय परिवार थियो त्यो । एकले अर्कालाई सहयोग, सम्मान, माया, सहिष्णुता तथा एकताको थुँगाले बुनेको सहअस्तित्वको माला साँच्चै उदाहरणीय थियो , छिमेकीमध्ये अधिकांशले प्रशंसा गरेर थाक्दैनथे, त्यो प्राकृतिक सुखोपभोग गर्न आइरहन्थे, सहयोग गरेर जान्थे भने केही छिमेकी इष्र्या गर्थे, परिवारबीचको एकता खलबलाउन खोज्थे ।
चिसो हावाको बहाव एवं सङ्लो पानीको धमिलिकरण सँगै परिवारभित्र पनि कथाहरू फेरिंँदै गए, पात्रहरू बहुरुपी हुँदै गए, घरमा आगो लगाउन थाले, आपसमा तानातान र हानाहान गर्न थाले, सम्पत्तिको बाँडफाँटका लागि खुकुरी बोक्न थाले । अनि पारिवारिक मामिलामा छिमेकीलाई गुहार्न थाले र छिमेकीका अर्ती सुन्न बाध्य भए ।
… त्यो यो घरबाट निस्कनुपर्छ, त्यसलाई पाता ठोकेर सात डाँडा कटाउनुपर्छ, त्यसलाई एक कौडी पनि अंश दिनु हुँदैन, यो सम्पत्ति मेरो हो, तसर्थ सबैले मेरो आज्ञा शिरोपर गर्नुपर्छ …। सहअस्तित्व एवं वसुधैवकुटुम्बकम्को वातावरण धमिलिएर त्यहाँ निषेधको राजनीति सुरु भयो । अर्को पक्षको समाप्तिमा आफ्नो पक्षको उदय देख्ने सङ्कीर्ण भिडन्तले परिवारभित्रका सबै सदस्य थाके, गले र कमजोर भए ।
यही फुट र धमिलो पानीको फाइदा उठाएर मेलमिलाप गरिदिने निहँुमा सूचीप्वालवाट कमिला भएर छिरेका छिमेकीहरू सुन्दर बगैँचामा हात्ती भएर निस्किए तथा शेर बनेर गर्जिए र अहिले हस्तिनापुरको राजबाट चपरिमुनिको बासमा पुगेका ती पारिवारिक सदस्यहरू एक अर्कालाई गिज्याउँदै थपडी मारेर आत्मरति लिइरहेका छन्–बल्ल खायो त्यसले ।
तथास्तु
ईश्वरलाई आप्mनो सृष्टिप्रति वितृष्णा जाग्यो । कोही आलिसान महलमा सुखसयल भोगिरहेका छन् भने कोही सडकमा सुत्न बाध्य छन् । यो दुरवस्था देखेपछि ईश्वर नारदलाई साथमा लिएर दानकर्मका लागि पृथ्वीमा ओर्लिए ।
‘प्रभु ! मेरो पाँचतले घर छ, दसतले घर बनाउने इच्छा छ ।’–ईश्वरले यथेष्ट धनको राशि उसलाई छाडे ।
‘प्रभु ! मेरो मारुती कार पुरानो मोडेल भयो, प्राडो, पजेरो चढ्न पाऊँ ।’–ईश्वरले महँगो कार किनिदिए ।
‘प्रभु ! सहरमा मेरो जम्मा पाँच रोपनी जग्गा छ । बगैँचा, स्विमिङ पुल, खेल मैदानका लागि जग्गा पुगेन’–ईश्वरले प्रशस्त जग्गा किनिदिए ।
‘प्रभु ! मसँग सुन पाँच किलो मात्र छ, अनाथमाथि कृपा होस् ।’ –ईश्वरले एक पाथी असर्फी दान दिए ।
एवम् प्रकार दान दिँदै जाँदा ईश्वरले ल्याएको पैसा र सुनको थैली रित्तो भयो ।
त्यसपछि ईश्वर सुकुम्बासी टोलतर्पm प्रस्थान गरे । उनीहरूको कारुणिक स्थिति देखेर ईश्वरलाई नरमाइलो लाग्यो तर उनीसँग दान दिने वस्तु केही पनि बचेको थिएन । ईश्वर लाज मान्दै सुकुम्बासी सामु प्रकट भए । यी गरिबहरूले केही मागिहालेमा के दिने होला ? ईश्वरलाई सङ्कटकाल लाग्यो ।
‘प्रभु ! हामीमाथि दया होस् ।’
ईश्वरले विजय मुद्रामा जवाफ दिए – ‘तथास्तु’ !
(स्रोत : रुपायन साहित्यिक त्रैमासिकमा प्रकाशित)